Friday, March 27, 2015

घाम डुबे पछि



रक्सी धोकी राती घर आउ
भात होइन भोलि देखि दुगां खाउ

श्रीमतिको पर्स खोज्ने तिम्रो दाउ
घर विर्सी खेल्छौं तासको दाउ

के खादैं होला घरमा बच्चा माउ
वालुवाको पनि सुनकै जस्तो बढ्यो भाउ

नालीवाट उठी भट्टीमा नै जाउ
घाम डुवे पछिको पिसाच भो नाउ ।

No comments:

Post a Comment

 
 
Blogger Templates