Monday, March 30, 2015

सावधान



अब अचम्मको दिन आउँदैछ
डरलाग्दो क्षण अघि बढ्दैछ
मैले ज्ञान पाएँ कानले सुने
बाँच्ने र बचाउने भाव नहुने
भयावह आवाज शुरु हुँदैछ
अस्त्रको प्रताप फैलिदैैछ
अकल्पनीय दृष्य देखिएला
लज्जीत जीवन भोगिएला
विनासले सृष्टिलाई चिर्ला !

No comments:

Post a Comment

 
 
Blogger Templates