Friday, March 27, 2015
आनन्द
कल्पना भावनामा डुव्दा
रचना श्रृर्जनामा भुल्दा
लाग्छ आनन्द
पूर्वमा घाम झुल्किदा
पूर्वमा जून चम्किदा
लाग्छ आनन्द
शर्दमा फूल फूल्दा
वसन्तमा पालुवा आउ“दा
लाग्छ आनन्द
आमा बाबास“गै घुम्दा
वगैंचामा शयर गर्दा
लाग्छ आनन्द
वालक्रिडा हेर्दा
शान्तिको संगीत सुन्दा
लाग्छ आनन्द
जल जमिन जंगल हेर्दा
हिमाल झरना छेऊ पुग्दा
लाग्छ आनन्द
यो जीवनलाई पाउ“दा
त्यो जीवनसंगीलाई पाउ“दा
लाग्छ आनन्द ।
२०६५र३र२९ भानु जयन्ती
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment