Friday, March 27, 2015

लोकगीत

ंकेटा: सुसाउन थाल्यो साउनको मेलम्ची खोला सुटुक्कै भन्देऊ तिमीले माया कसलाई लाउने होला केटी– ढुङ्गामा बसी जलारी दाईले जाल बुन्दै होला नजिस्काऊ दाजुु ख्याल – ख्यालैमा झेल पर्ला केटा:– पारी भीर पाखामा गाई बाख्रा चरेको क्या राम्रो बैनीको कपालमा फूल फूलेको केटी– चटनी मिठो सिपाघाटको माछा मीठो मेलम्चीको राम्रो मान्छे होला भनेको त दाज्यू के इत्रेको ? केटा: दुवाचौर डााडामा हावा चल्ने वरपीपल चौतारी इत्रेको मात्र हैन बनाउाछु साँच्चै यतै ससुराली केटी– खोलामा पसि जलारी दाई जालै पो हान्यौ कि ? यौवनको बेला तिमीले मलाई आाखा पो लायौ कि ? केटा:– मेलम्चीमा भेटेको राती तिम्रो सम्झनाले सतायो बेसरी मलाई हेरि जान्छौ टाढा तिम्रो माया विसूा कसरी ? २०५३

No comments:

Post a Comment

 
 
Blogger Templates