Friday, March 27, 2015
अब मेरा कविता
ओ हिसां
अव मेरा कविताहरुको हत्या नगर
मेरा अक्षरहरुको रक्तपात नगर
फेरी शव्दहरु युद्धमोर्चामा उत्रने छैनन्
बम र बारुद बन्ने छैनन्
बिगतमा
मेरा कविता
तिम्रा हत्केलाहरु सग“ डराउ“थे
अब यो भन्दा बढी
घृणा त्रास र धम्की नदिनु
दूरभावना , इश्र्या वैमनष्यता नल्याउनु
मेरा अक्षरहरुलाई
अझ टुहुरा नबनाउनु
द्वन्द विस्थापित नगर्नु
मावनताको पराकाष्ठा
शरणार्थी नबनाउनु
जुलुस र कालो झण्डा नहल्लाउनु
कोपिलाहरु अकालै चुँडिदा
सगरमाथाले हेरि रहयो
केवल हेरिरहयो
नदी पनि अविरल बगिरहयो
केवल बगिरहयो
माटो कसम खाएर भन
अव तिमीले
मेरा कविताहरुलाई नर्तसाउनु
मानसिक पीडाको वादलले
फेरी आकाश नढाकोस्
यहाँ
नारी अश्रुधारा नबगोस्
क्रोध नहोस्
हृृदय नफाटोस्
मेरा कविताहरु नच्यातिउन्
कविताहरु नाङ्गै छन् र हुन्छन् नै
तर
मेरा कविताको ओठमा
सारा नेपालीको मुस्कान छ ।
भर्खर बिहानी हुँदैछ
अब मेरा शव्द पनि बन्न सक्छ हतियार
होशियार
नत्र ,
मेरा कविता गोमन भई उठनेछन्
तिम्रो तिरस्कारमा ।
मेरा कविता मेरो लागि होइन
तिम्रो आनन्दको लागि
त्यसैले
तिमी भमरा भएर
रस लिन आउनु
सहमतिमा आउनु
नयाँ संसार श्रृर्जना गर्ने
कविताहरु अनमोल छन्
जीवनहरु अमूल्य छन्
बालकहरु ईश्वर समान छन्
हिनताबोधलाई जीवनशक्तिमा बदलौं
काव्य मेरो कर्म भूमि
यो उर्वरभूमि होस न कि बञ्जरभूमि
मैले छामे
कमजोर हुन्छन् जिन्दगी
कतै कठोर हुन्छन् जिन्दगी
बतासले फलेदोको फूल उडाई लग्यो
अब मेरा कविताहरु नाङ्गै छन्
हिसां बन्द गर
मेरा कविताहरुको हत्या नगर ।
२०६५ कवि गोष्ठी इलाम एफ . एम
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment