Thursday, February 26, 2015

इलामै जस्तो

ओखलढुगांको डाडा“हरु इलामै जस्तो
साउने भेलमा सुनकोशी अंजिं¨र जस्तो

पहाडमा ढुगांको ओखल ढुगांको लोहोरो
यहा“ भिर पाखा जताततै खोला र पहिरो

काव्यकुञ्ज ओखल ढुगां कविको जन्मभूमि
टार , बेंशी , वन , बाल्यकालको क्रिडाभूमि

बटुवालाई पानी मीठो पोकली झंर्नाको
स्वादिलो रै छ मकैको पिठो ओखल ढुगांको

ढाक्रे र नाम्लेको उकाली र ओरालीमा त“ाती
गाउ“ले स्वाभिमानलाई नलुकाउने उनको खुल्ला छाती

असारको पसिनाले माटो भिज्छ नंग्राले जोत्छ
ओठले होइन आ“खाको नानीले कथा व्यथा बोल्छ

भरियालाई बन्द विरोध केही थाहा छैन
ढुगां कुदने डकर्मीको आÏनै ढुंगे घर छैन

रातो सेतो कमेरो माटोले रगीएको पहाडे घर
शालिमको छाना मकै भर्ने माना शितल दिने वर

माना खाएर मुरी फलाउने हो यो अमृत असार
दिनभरि कोदाली खन्यो मानो खाई भुईमा लम्पसार

चुरिया पहाडको मकै बारी भित्र आमा रोप्छिन कोदो
केटा केटी खेल्छन् आ“गनमा दिन भरि हिलो

वारीपारी सानो सानो गाऊ“ वेशीमा किसानको रोपाई छ
ओखलढुगा“को सम्झनाले फेरी मनको ढोका ढकढक्याउ“छ

हेर त माझी दाईले तार्नै लाग्यो सुनकोशीमा ढुगां
नानीको आमा झैं प्यारो कर्मभूम ओखलढुगां

रमाइलो डाडा“को दृश्यहरु भू–स्वर्ग जस्तो
पहाडकी रानी ओखलढुगां नक“ुदिएको सुन जस्तो
ओखलढुगांको डाडा“हरु इलामै जस्तो        २०६४

No comments:

Post a Comment

 
 
Blogger Templates