Wednesday, February 18, 2015

विदाई


सखीसँगै
बस्दा, डुल्दा, पढ्दा
मीठा थिए दिन, क्षण
पाइलाले पीडा छाम्छ
बाटोभरि कुहिरो
लठ्ठी छैन,
छुट्न मन छैन
नछुटी पनि भएको छैन
विदाई व्यथा बन्दोरहेछ
छिटो छुट्न साह्रै गाह्रो
सम्झना टुट्न साह्रो
क्या तितो विदाई !
              २०४७ फागुन ११

No comments:

Post a Comment

 
 
Blogger Templates