Wednesday, February 18, 2015

खोला जस्तै जीवन


म हेर्छु– सौन्दर्य तमोर खोलाको
पत्थरमा झर्ना झर्छ छङछङ, कलकल गर्दै
तल बग्छे कञ्चन जल स्वतन्त्र
पहाडको वनभित्र लुकामारी गर्दै
बेंशीमा निश्चल स्वभावमा
स्वतन्त्र, मीठो गीत गाउँदै–सुसाउँदै
अविरल निलो तमोर
सलल...!
बैंशको बेला
तमोर खोला ...!
बग्दै–बग्दै जान्छ
पानी माथि मेरो डुंगा बग्छ ।

२०४७


No comments:

Post a Comment

 
 
Blogger Templates