Thursday, February 26, 2015
तिम्रो लागि
माया विना म बा“च्न सक्दिन
कति लाग्छ माया भन्न सक्दिन
दोवाटोमा पर्खि बस्छु मुटु छोपेर
मेरो आ“खैमा आई आफै हेर
तिम्रो अदृश्यमा रात रुन्छ
संझनाले मेरो निन्द्रा खान्छ
सपनीमा त साथैमा आ“उछौं
बिहान नजिकैमा लाज मान्छौं
नजिक हु“दा परेलीले बोलाउ“छौं
एकान्तमा तिम्रँे यादले पोल्छ
यो गीतले मनको कथा बोल्छ
किन होला तिम्रो मात्रै माया लाग्छ
हजारमा अहिले त तिम्रै भर लाग्छ
जून तारा देखे पनि तिम्रै याद आउ“छ
वगैंच झंरना देख्दा तिम्रै माया लाग्छ
माया मीठो बात मीठो मेरी मायालुको
शितल सुन्दर जीवन मायालुको
अमूल्य माया अमूल्य जीवन प्रितीको
मोती होइन ठूलो माया संसारको
नियम यो प्राणीहरु लाउ“छन् प्रित
माया लाउने संसारको नै रीत
मेरो माया तिमीलाई नदिई कहा“ राखु“ ?
हाम्रो माया बा“चिञ्जेल बा“डी राखु“
आरु फूल्दा तिम्रो माया संभmन्छु
नहु“दा तिमी आधा रातमा झस्कन्छु
बाडुली लाग्छ एक्लै बस्दा मलाई
नरुवाउ है माया टाढा बसी मलाई
नरुवाउ माया झुक्काएर मलाई
विश्वास छ सर्मपण छ मायालाई
बचाउनु छ यो हाम्रो अमूल्य प्रितीलाई
सर्मपण गर्छु यो जीवन तिम्रो लागि
यी अमर शव्दहरु पनि तिम्रो लागि ।
२०६४ र १२ इलाम
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment