Thursday, February 19, 2015

शुभकामना तिमीलाई



नयाँ वर्ष,
तिमी झर्नाको निर्मल गीत बनेर आऊ
तिमी बर्षा बनेर किसानको बारीमा जाऊ
शुभकामना तिमीलाई !

नया“ बर्ष ,
तिमी भ्रष्ट , राष्ट्रका शत्रु नाश गर्ने शक्ति भएर आऊ
तिमी नेपालीको स्वतन्त्रता सुख बोकेर आऊ
शुभकामना तिमीलाई ११

नया“ बर्ष ,
तिमी बैज्ञानिक , विद्धान , दार्शनिको कोख भएर आऊ
तिमी शान्त नेपालमा सयौं फूलहरुको माला भएर आऊ
शुभकामना तिमीलाई

नयाँ बर्ष ,
तिमी हिंसा, आतंक, आँशु, अनिकाल छोडेर आऊ
तिमी मानव–मानवबीच पवित्र प्रेम ल्याएर आऊ
शुभकामना तिमीलाई !!!
                     २०४८, चैत्र, स्नातक, प्रथम

No comments:

Post a Comment

 
 
Blogger Templates