Thursday, February 19, 2015

जंगलको बाटो



नागवेलीझैं टाङटिङ खोला
दुई किनार लिएर बग्छ
वारीपारी वन म हेरिरहन्छु
साल, सिमल, लहरा, पूmल, खोला
धनेश, मैना, सुगा, सुबी
म वनचरीको गीत सुनिरहन्छु
किनारामा छालहरु
बगरको ढुंगामाथि चढेर
भूने, लठ्ठी बोकेको जलारी
उसको ओठमा मुसकान उड्यो
टाङटिङको सुसाईलाई सुनिरहन्छु
निलो दहको तरंगसँग खेलिरहन्छु
बगरमा एउटा बाटो रहेछ
यो को हिड्ने बाटो होला ?
बाटो छोड्नेहरु धेरै छन्
हिंस्रक हिड्ने बाटो ...
हत्तेरी,म फर्किन्छु ।
              २०४८, इलाम

No comments:

Post a Comment

 
 
Blogger Templates