Wednesday, February 18, 2015

सेवा


लक्ष्य ंभेट्न जीवनभर श्रम गर्नु
सेवा कर्म गरी मरें भने
सन्तोष पाउँछ आत्माले
मानव सेवा, साहित्य सेवा अमूल्य छ
मलाई आनन्द पाउन
कोटि–कोटिको सम्पत्तिले हुन्न
सुख र सुविधाले पनि हुन्न ।
अभाव मेट्न जन्मेको हो म
यहि माटोमा जन्मेर
माटोको अन्न खाएर
जानु पर्ने माटैमा विलाएर
मानव सेवा गरेर ।

No comments:

Post a Comment

 
 
Blogger Templates