Thursday, February 19, 2015

कीर्तिपुर



प्राचीन कमला कृति मन्दिरमा
नेपाली प्रस्तर कालकी देवी
कलात्मक घर पोखरी
ऐतिहासिक नगरी
परिश्रमी नेवार किन्नरी
व्यस्त जीवन रुचाउँछन् भई उद्यमी
छ उनीमा श्रद्धा भक्ति
उपत्यकाभित्र
डाँडा–थुम्का उठेको
तल सम्म फाँट पैmलिएको
सर्वत्र घरैघर
बस्छन् बासिन्दा अनेक थर
पारीपट्टी शिवपुरी
माथि चम्पादेवी
यो कान्तिपुरी
कोही पढ्छन्
कोही खेती, कोही उद्यमी
व्यस्त जीवन–यो उद्यमी
विश्वविद्यालय छ
अन्धविश्वास छ


No comments:

Post a Comment

 
 
Blogger Templates