जब मेरो जन्मदिन आउँछ पारिलो घाम लाग्छ
बेंशी बगरमा बयेली खेल्दै मंसीर धान पाक्छ
गाउँलेहरु शिली गाउँछन् विनायो बजाउँछन्
३३ वसन्त आएछन् चाँप चिमाल हिमालभरि पूmलेछन्
समय पंक्षी हो उडेर जान्छ नौ डाँडा काटेर
थाहै नपाई यूवा भएँ बालक जीवन साटेर
तोरीबारीमा लुकामारी खेलेको खुशीको याद आउँछ
आमा पछ्याउँदै हिडेको पहाडमा मेरो मन धाउँछ ।
अतितका धेरै भुल्दै जान्छु नया“ अनुभव गर्दै जान्छु
हिजो आज आज भोली भन्दा भन्दै थाहै छैन म कसरी साटिएछु
वाल्यकालको सुख स्वतन्त्रतालाई गुमाउ“दा दुःख लाग्छ
समय खा“दै जा“दा जिम्मेवारी कर्तव्य वढदै जान्छ पिर लाग्छ ।
२०५७, चैते दशैं, पाल्पा बस्दा
No comments:
Post a Comment