पहाडकी रानी, हावा हिमाली, अनुहार लेकाली
पाखाभरि घरैघर चाँप धुप्पी डाँडै हरियाली
सेता बादलको घुम्टो देखिन्छ दुलही भैंm
पहिलो पटक डाँडामा पुग्दा मन उड्यो पुतली झैं
शिशिर जावस् वसन्त आवोस हरियाली सदाबहार
चाँदी झैं हिमालको गजूर बोकेका दार्जिलिङ्ग बजार
फर्की आउँछन् फेरि यहाँ यात्री हजार हजार
पराई होइन् आफ्नै जस्तो लाग्छ ती गोर्खे मुहार
पूmल पूmलाउन, ललितकला, सजाउन सबैको शौख छ
श्रम र सिर्जनामा लागेका गोर्खालीको आफ्नै इतिहास छ
प्रकृतिको अनुपम सौन्दर्यलाई बोकेर यात्री फर्किन्छ
अतिथिहरु त्यहाँ पुग्दा पहाडकी रानी भनेर लोभिन्छन् ।
वादल भई उडी फेरि आऊँ भन्छन् ।
२०४७, श्रीपञ्चमी
No comments:
Post a Comment