Thursday, February 19, 2015

पर्वतमा पासाङ्ग

गौरव त्यहाँ छ
सर्वोच्च शिखर सगरमाथा माथि
पहिलो महिला विश्वको छाना माथि
पासाङ हल्मु शेर्पाले गजूरबाट गंगन छोइन
विश्वको छानाबाट आकाशको जून–तारा छोइन्
नारी जीवनलाई शक्तिमा बदलिन्
जोश, जाँगर देखाइन्
उत्साहलाई अद्मी साहसको उदाहरण दिइन्
देशले माग्दा समयले खोज्दा
प्राणदान राष्ट्रको लागि जीवन अर्पण गरिन्
जीवनभरको लक्ष्यलाई चुम्बन गरिन्
लक्ष्य भेटेर बाँच्न चाहिनन्
तेन्जिङ्ग, आप्पा, एडमण्ड, अमेरिकनले टेकेको पाइला
माथि पाइला टेकिन् उनी धर्ती माथि गईन्
हिउँको सागरमा नयाँ जीवन पाइन्
मानव इतिहासको खाली पानाहरुमा
नेपाली नारी शेर्पाको इतिहास जन्माइन्

No comments:

Post a Comment

 
 
Blogger Templates