वसन्तको बैंशलाई पातले पनि सुहाउँछ हाँगाले पनि ।
यी मेरा पाइलाहरुले पखेरालाई
पार गर्दा पार गर्दा
अनन्त पूर्वमा पाएँ–ताप्लेजु ।
जीवन एक
पहाड र बेंशीहरु
अग्लिदै र होचिदै बढिरहने यात्रा
यी मेरा पाइलाहरुले विकट बेंशीलाई
पार गर्दा पार गर्दा
अनन्त स्थानमा पाएँ–हिमाली गाउँघर ।।
जीवनका असंख्य घुम्तीहरु
नदी झैं अविरल घुम्दै बगिरहने
यी मेरा पाइलाहरुले विकट घुम्तिलाई
पार गर्दा पार गर्दा
अनन्त दुरीमा पाएँ–कुम्भकर्ण र कञ्चनजंघाको ताज ।।।
२०४७ फागुन , थेचम्वु
No comments:
Post a Comment