बग्दै बग्दै पानी पोखरीमा जम्छ
उड्दै उड्दै मन संसार नै घुम्छ
वसन्तमा फूल चट्टानमा पनि पूmल पूmल्छ
निष्ठूरी होइन तिम्रो याद त आउँछ
आज वसन्तमा चिवे चरा मेरो छेऊमा गाउ“छ
छोपिएको अपराध सपनामा आउँछ
आज किन क्षितिजको वादलभित्र हिमाल लुक्छ ?
एक्लै बस्दा उसको मात्र चित्र किन आउँछ ?
ऊ भित्र को बस्छ ? मलाई थाहा छैन
सत्य, मेरो मनमा अपराध छैन !
No comments:
Post a Comment