Thursday, February 19, 2015
आमा बुवाको अर्ति
विना श्रम विद्या आर्जन गर्नं गाह्रो
झैं रुखो वारीमा बिउ उम्रन साह्रो
राम्रो विचार लेखेर राख्नु
अनुभवहरु भाई बैनीलाई भन्दै गर्नु
भावी सन्तानलाई इतिहास लेखि राख्नु
ज्ञान बा“डी जीवनभर हा“सेर वाच्नु
आफूलाई संझी अरुलाई धोका नदिनु
आफूले नकमाएको धन नचोर्नु
श्रृजना रच्नु साहित्य पढ्नु
चित्र बनाउनु लोक गीत गाउनु
समय पवित्र तर दुष्ट पनि छ
समय आउ“छ जान्छ बगिरहन्छ
नमात्तिनु , नविराउनु , नडराउनु
समयमा सुत्नु समयमा उठ्नु
गरे छरे रोपे फल पाइन्छ
मारे पाप पाले पुण्य पाइन्छ
जोशमा होश चाहिन्छ
सेवा गरे मेवा पाइन्छ
नबिर्स ढिकी जा“तो गरी खुवाएको भात
नबिर्स अनिकालमा बीउ जोगाएको बात ।
पढ्नु र जीवन परिवर्तन गर्नु
भोका र रोगीलाई बु¤नु
नो कर्तव्यलाई नविर्सनुआ
संस्कृति र इतिहास जोगाउनु
नो असल कर्म चिनाउनुआ
मानव सेवामा लाग्नु
संसार घुमेर ज्ञान खोज्नु
सज्जन वालक वृद्ध्वृद्धालाई हेर्नु
कमिला मौरी झैं श्रम गर्नु
फूलको रस , वासना झैं बन्नु
लटरम्म फलको हागा“ झैं बन्नु ।
२०५७ पाल्पा
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment