Thursday, February 19, 2015
विदाई छ पाल्पा
तिम्रो प्रत्येक अगं अगंमा
तिम्रो वक्षस्थलमा कति हासियो
कति जिस्कियो कति खेलियो
तिम्रा नयनमा मेरा नयनहर भुलियो
तिम्रो जादुमय स्वागतमा
चार वसस्त हेमन्त विताइयो
मिलन र प्रेमको लागि गीत गाइयो
जिन्दगीको कर्म भूमिलाई स्र्पश गरियो
प्रकृतिको क्रिडाभूमिमा शयर गरियो
संझनाका कोशेलीहरु बोकी
विस्मय र बाधाहरु सबै छोडी
अव फर्के सदाको लागि स्वर्गभूमि इलाम
प्यारो पाखा पखेरो जन्मभूमि इलाम
याद त आउँछ तिम्रो पाल्पा
बिर्स मलाई विदाई छ पाल्पा ।
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment