Monday, February 23, 2015

तिमीले भने जस्तो म छैन

मलाई कसैले खाना खुवाउनु परेको छैन मलाई कसैले अह्राएकमो पनि छैन मलाई चिन्ता छैन दुःख पनि छैन म मोटाएको पनि छैन म दुब्लो छु रे ! म खान नपाएको छु रे ! म जे छु ठीकै छु म तिम्रो लागि कच्चा छु तिमीले भने जस्तो म छैन अर्काको मैले इष्र्या गर्ने पनि होइन अर्काको खोसेर खाने पनि होइन कसैको धम्कीबाट डराउने पनि होइन म निहुँ खोज्दै हिड्ने पनि होइन उसले भन्थे म दुब्लो छु रे म मुटु विनाको छु रे म जे छु ठिकै छु तिम्रो कुरा ठीकै हो म सुन्दै छु अरुले मलाई मोटो होस् भन्ने चाहन्छन् अरुले म जड्याँहा होस् भन्ने चाहन्छन् कसैले चाहे जस्तो म हुन सक्दिन किनकी म भ्रष्टले हिडाएको बाटोमा हिड्दिन २०६३÷०२÷३१

No comments:

Post a Comment

 
 
Blogger Templates