Monday, February 23, 2015
आशाको दीयो
भवँरा भई वगैंचामा घुम्दा
पूmलमा हाम्रो भेट भयो
तिम्रो नयनभित्र म खेल्दा
मनभित्र कत्रो भूकम्प गयो ।
जीवनभरि तिमीलाई पाउँदा
सुखको बहार आयो
प्रेम डाँडा दार्जिलिङ्गमा पुग्दा
स्वर्गको आभास भयो ।
पिर लाग्थ्यो कन्या हुँदा
तिम्रो खुशी मेरो गीत भयो
तिमीलाई सदा आफ्नै साथ पाउँदा
बगरमा पनि खुशीको बहार आयो
फेरि तिमीले चोरी चोरी हेर्दा
मुटुभित्र सुटुक्कै गोली लाग्यो
आफ्नै हो भनि नजिक आउँदा
सर्माएर मुस्काउँदै यता हे¥यो
तिमी आँखाको इशाराले बोल्दा
विश्वास र आशाको दियो सल्कियो
तिमी र म सँगसँगै हिड्दा
इष्र्यालुको आँखा जल्यो ।
२०६२ चैत्र १
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment