Monday, February 23, 2015

हामी त खोइ कस्तो मान्छे ?

अर्काले दुःख पाउँदा आपूm हा“स्ने मान्छे अर्काले श्रम गरी धन कमाउँदा डाह गर्ने मान्छे अर्काको कुरा बोकी हिड्ने सुन्ने–डुल्ने मान्छे आफ्नो खानु छैन अर्काको चासो गर्ने मान्छे हामी त खै कस्तो मान्छे ? आफ्नो माना खानु छ अर्काको काखी च्याप्ने मान्छे आफ्नो स्वास्नी हुँदा हुँदै अर्काको राम्रो देख्ने मान्छे आफ्नो नदेख्ने अरुको मात्रै राम्रो धन देख्ने मान्छे घरको साँढे बाहिरको बिरालो बन्ने मान्छे हामी त खै कस्तो मान्छे ? आफ्नो घर नबनाउने अर्काको पनि भत्काउने मान्छे आफ्नो चलाउन नजान्ने अर्काको खर्च गर्ने मान्छे अर्काको लाभमा चोर बन्ने मान्छे अर्काको प्रगतिमा बाधा हाल्ने मान्छे हामी त खै कस्तो मान्छे ? २०६३

No comments:

Post a Comment

 
 
Blogger Templates