Monday, February 23, 2015
स्मृतिमा हराउँन लागेका तरंग
आमाले ढिकी जाँतो गरी खुवाएको भात
स्कूल जाँदा आमाले धोइ दिएको मेरो हात
पापाले मकैको बीउ, धानको बीउ, छर्ने दिएको ज्ञान
नपढ्ने भए विहे गरी दिउँला भन्दै जिस्काएको दिन
घरबारी कोठेबारी जम्मै फोबाले जोडेको धन
खेती गर्ने जोश छैन जाँगर छैन मेरो बेची खाने मन
छिमेकीले बाटो, चौतारी, धारा धर्मशाला, बनाए
आदर्श र नैतिक, कुरा आज, जताततै गनाए ।
०५८–११–१७, पाल्पा
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment