Monday, February 23, 2015
लेखक
ऊ शब्दसँगै खेल्छ
एकान्तमा बोल्छ, बस्छ, बाँच्छ
ती शब्दहरु रंगीन हुन्छन्
सप्तरंगी इन्द्रेणीको रचना हुन्छ
यथार्थ शब्द,
चन्चल शब्द संग्रह
पानी बग्दा झर्ने
ऊ जताततै रमाउँछ
शब्दै शब्दको सुन्दर माला
ऊ त्यही भाव विभोर हुन्छ
ऊ कराउँछ
ऊ रिसाउँछ
ऊ सन्तोष मान्छ
चेतना जाग्छ ।
२०६० कार्तिक
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment