Thursday, February 26, 2015
वर पिपल
के दिएन वर पिपलले
वनकी चरीलाई फल
गोठालेलाई शितल
बटुवालाई छहारी
भरियालाई चौतारी
बर्षौ बित्यो
बसन्तको पालुवा
पूmल पूmल्यो फल पाक्यो
पुराना पात झ¥यो
के दिएन बर पिपलले
बीउ उम्रियो
विरुवा हुर्कियो
असिना बर्षा घाम सह्यो
स्वागतमा उभिरह्यो
चौतारीमा माया–प्रिती लाइरह्यो
सय बर्ष पछि
पात झ¥यो हाँगा झ¥यो
नांगिदै गयो
अब वर पिपलले चौतारी
नपर्खने भयो !
२०६३ मंसीर
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment