Monday, February 23, 2015
सौन्दर्य
यसको चाहनाले मानव भयो प्यासी
यसको खोजीले ऊ भयो जीवन दासी
यो नकचरो हो,
यसको नग्न रुपले सबैलाई पापी बनायो
अपराध, हिंसा, द्वन्द, ठगी, चोरी बढायो
यो दुष्ट हो,
यसको साथी प्रेम
युवालाई उत्तेजित पार्ने, लोभ्याउने
अर्काको खुशी र स्वतन्त्रतालाई लुट्ने
जीवन क्षणभर छ ।
हेलेनको सौन्दर्य व्यर्थ
ट्रोय युद्ध र विनाश साक्षी छ ।
०५८, पाल्पा
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment