Monday, February 23, 2015

तिमी र म बिच फरक

म त्यति कठोर हुन सक्दिन तिमी यति कडा छौ जस्तै पत्थर म छु नरम झैं सिमल भूवा तिमी निकाल्छौ नर्क धम्क्याउने ध्वनि, गर्जन, वायु, ध्वाँ, आगो म छु तरल बगिरहने तिमी बन्छौ शिशिर झैं कठोर मेरो छ केवल सामाजिक विचार तिमीलाई पुज्छन् सबैले तिम्रै छ राज सर्वत्र ! चिन्दैनौ तिमीले मलाई घमण्डले लखेट्छौ अरुलाई इन्द्रेणीको सप्तरंग मसँग होला तिमीले छोए मात्र शान्ती उड्ला ! २०५८, पाल्पा, चैत्र

No comments:

Post a Comment

 
 
Blogger Templates