Monday, February 23, 2015

शब्द शक्ति

कहिले शब्द खुशी भएर कहिले शब्द प्रतिज्ञा भएर, कहिले शब्द गाली, पासो भएर, कहिले शब्द स्नेह साली भएर, ओठहरुमा जन्मिन्छिन् । कहिले शब्द सडक नालीहरुमा कहिले शब्द युद्धका मोर्चामा कहिले शब्द बासी शवहरुमा कहिले शब्द नारी वेदनामा उठ्छन्, बस्छन्, उठ्छन् । जब शब्द जाग्छ शब्द उड्छ शब्दले उषा डाक्छ क्रान्ति डाक्छ न यो थाक्छ ०५८, पाल्पा

No comments:

Post a Comment

 
 
Blogger Templates