Monday, February 9, 2015

चोट


मन पनि थकित भइसक्यो
घरमा अशान्ति पैmलिरह्यो
दुःख र पीडा सामना गर्नु प¥या
हृदयको एकान्त कुनामा चोट रहिरह्यो
पूmलको जिन्दगीमा पनि मनोवेदना
कस्तो दुःखी जीवन
भावीले लेखेको लेखान्त
यस्तै नै रहेछ
दुष्टहरु हाँसी रह्यो
भाग्यको हार भयो
श्वास रहुञ्जेल बाँच्नै पर्ने रै छ
नचाहँदै चिन्ता पीर पर्ने रै छ
यो संसारलाई हेर्न नपरेको भए हुन्थ्यो
न त शत्रु हाँस्ने न त मित्र रुने थियो
यस्तै टालो लाउँछु, दुःखै टार्छु
जस्तो पर्छ, यस्तै गर्छु
मन हुन्छ, धन हुदैन
मानिस के सोच्छ ?
यथार्थ के पो भइदिन्छ ।
यो कलिमा म यस्तै नै छु ।

सुभाष राई

No comments:

Post a Comment

 
 
Blogger Templates