Monday, February 23, 2015
प्राचीन शिल्पीको घर
शिल्पीहरुले सिर्जिएका घर
पहाडको शिखरमा अडिग
बुट्टा कुँदिएका आँखीझ्याल
पत्थरका पर्खाल
खुल्ला द्वार
कलाकारको धुरी खम्बा आत्मा हो
प्राचीन इतिहासको प्रतिनिधि
समय बित्छ स्वर्ण बन्छ
पर्यटकले चुम्छन्
यो संग्राहलय भैंm
कालीगढले चम्काएका कला
यसभित्र छन् ३ तला
छ दीप र चूला
यो स्मारक
पुरानो झन् स्वर्ण
अतितले वर्तमान सिकायो
पुरानो कला नै अविस्मरणीय
पुरानो साहित्य नै उत्कृष्ठ
पुरानो समय नै स्वर्णिम
पुरानो संस्कृति नै सजीव
आफ्नै पारा आफ्नै शैली
भत्किएको छैन,
आधुनिकताले रंगिएको छैन
वर्तमानलाई निर्देशन
पुरानो बलियो छ
सम्झना दोहोरिन्छ
सभ्यता त्यहाँ छ,
जहाँ साहित्य, संगीत, कला
द्वारबाटै दृष्टि गोचर छ ।
२०६०, बैशाख, २, करफोक इलाम महोत्सव, पाहुनाः माधव घिमिरे
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment