Monday, February 23, 2015
पाल्पाली लोक जीवन
बाँसको झाङ्ग छेउमा
रातो माटो र गोबरले लिपेको घर छ
बाख्राको खोर छेउमा
पाल्पाली मृदुल भवः लोकगीत गाउँछ
खेल्दै मेवाको बोटमा
उसलाई आफ्नो घर प्यारो लाग्छ
आँगनको बकैना रुखमा
ऊ हेछ
वसन्ती चरा आउँछ, नाच्छ, गाउँछ
दिनमा सिरिरि वायू चल्छ
पातहरु काप्छन्
प्रकृति क्रिडा
जीवन र समयको लुकामारी
वालकको सुरिलो लोकभाका पाल्पाली ।
२०५९, रामपुर
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment