मिरमिरेमा क्षितिज पर पर सर्दैछ
खुल्ला आकाश, हरियो बगैंचा, रुखका सिग्राहरु
चिसो पवनको झोक्का
स्यालहरु ढाडगुफातिर
कुकुर रातभरिको भूकाइपछि वृत्तकार सुताईमा
पँधेरीमा पंधेर्नीहरु भाँडा माझ्छन्
सुनसान पूmस्रा चिसेनी पाखा
तुषारा जम्छ छानामा
सुस्त बगिरहेको बिहानी
म हेर्छु लगाई हातको सिरानी
मौन रुख नग्न, डाला– हाँगाहरु
व्रत लिएको वृक्षमा
उल्लू सुस्केरा उराल्छ गंभीर उल्लू......
संवेदनशील वृक्ष ! वगैंचा बोल्दैन, मौनव्रती कोइली ! २०४९, फागुन, २६
No comments:
Post a Comment