Thursday, February 19, 2015

हिमाल यात्रा


अनकन्टार वन चौरी चर्ने भीर–पाखा हिडियो
खोल्साखोल्सीको कलकलले मन खुशीले भरियो
हिउँमा झरप झरप हिंड्दा खुट्टा पनि लाटियो
कैले उषाकिरण कैले वादल वर्षा सहियो
कतै नाक ठोकिने उकालो देउराली
कतै खुट्टा चिप्लिदै झर्ने घुमाउरो ओराली
आइया ! थकाई मेटाउने हिउँको चौतारी
मीठो स्वरमा गाउँदैछ तल वेंशीको न्याउली
हामी कति माथि आयौं ?
गाउँघर छोडी एक्लै भयौं
जति चढ्यो उति सुख, शान्त र स्वर्गमा पुग्यौं ।
हिमाल हेर्दै सुखमा साथीलाई तिमीले भूल्यौ कि ?
हिजो रात म नहुँदा शारदा तिमीले मलाई शंका ग¥यौ की ?
हाम्रो जीवनयात्रा तिमीले डायरीमा रातभरि लेख्यौ कि ?
टाढा कतै नजाऊ है हिमालमा हराउन बेर छैन
अब त हामी लक्ष्यमा पुग्न दूर छैन
यहाँ एकान्त छ, शान्त छ, कठाङ्ग्रिने जाडो छ
उकालो – ओरालो जीवनको यहाँ दुईटा बाटो छ
आरोहीको आँखालाई उच्च हिमाली दृष्टिको भोज छ
मेरो हृदय यस्तो एकान्तमा शान्ति खोज गर्छ
यात्रामा सहयोग, साहस र विश्वास चाहिन्छ
हिमाल जाँदा हिमाली आनन्द पाइन्छ
जीवनपूर्णताको लागि अनेकौं अनुभव चाहिन्छ ।

No comments:

Post a Comment

 
 
Blogger Templates