Monday, February 23, 2015
गाउँ शहरको सिमाना
गाउँ पस्दा,
साथी संगी साथैमा
स्वतन्त्र मन चाहना
स्वतन्त्र हाँस्यो खेल्यो
उत्साह र उमंगको मूल
वर्षापछिको क्षण झैं
वसन्त बहार
सुख शान्ति विश्वास ।
शहर पस्दा,
पेट पोल्यो
सिस्नोले चिल्यो
हात मुख चलेन
जहाँ जाँदा पनि पेट सँगै
पेट खुम्चियो
अशान्ति, भोक, निन्द्रा ...
साथीले धोका
जीवन चलेन
विचलन ।
२०६१
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment