जब रातले मलाई चियाउँछ
रोदनले हृदयलाई टुक्र्याउँछ
आँशुले पीडालाई पखाल्न सकिन
आकांक्षा तिमीलाई भन्न सकिन
चोटले पूmल टिप्न सकिन
कैयौं यात्राहरुले आशा पलायो
मेरो नयनले जीवनको प्यास जगायो
वन पाखा बीच मेरो घर छ
छातीभित्र दुःखको गीत छ
वरिपरि मृग चर्छ घाँसको मुनामा
मनको गीत गाउँछे चरी वनमा
पूmल पूmल्छ भवँरा घुम्छ लतिकामा
छाती दुख्छ म रुन्छु बसेर पिंडीमा
२०४७–९–२३
No comments:
Post a Comment