Monday, February 23, 2015
म देशको पीडा भित्र
खोइ मेरो छोरो कहा“ गयो ?
पापी आई उसलाई भगाई लग्यो
जबरजस्ती तानेर राती वनतिर लैजादा“
गुहार पाइन नी घरैमा छिमेकी हुदा“
उसको बुबा पोहर साल अरवमा वित्यो
अहिले मलाई एक्लै छोडी छोरा बेप्ता पा¥यो
दिनहु“ पर्खिन्छु सुन्छु रेडियो खवर
पुछनु प¥यो मेरो भाग्यको सिन्दुर
चिरिन्छ मुटु छिया छिया म छु विव्हल
संझी बस्छु उसको देहलाई हर पल
अन्याय त मलाई मात्र भो है दैव
अरु त हा“सी खुशी नै छन् सदैव
दिनमा न रातमा निन्द्रा छैन खानु छैन
उसलाई अब मैले संसारमा कतै पाउने होइन
भाग्य पनि कति क्रुर मलाई जिउ“दै मारेर
के पाउ“छौं अत्याचारीहरु दाजु भाई मारेर
मैले एक्लै बा“च्नु के अर्थ छ र ?
बुभ्mने होइन हिस्रंकहरुले मानव अधिकार
संसार खायो कलिले नाश गाउ“mघर चिन्ता र त्राश
पा¥यो नि पापीले मलाई एक्लो जिउ“दो लाश १
२०६२ साल असार १
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment