Monday, February 23, 2015

स्रष्टा

तिम्रो प्रतिभाको सम्मानमा तिमी हिड्ने बाटोमा पूmलहरु ओच्छ्याएको छु तिमी आउने प्रतिक्षामा नयनहरु डुलाएको छु मोति टिप्न सागरमा जून–तारा खसाएको छु अँध्यारोलाई चिर्न आज दीप भेट्टाएको छु सिर्जनाको लागि कलम उपहार दिएको छु तिम्रो सरस सुन्दर सिर्जनालाई स्वीकारेको छु तिम्रो कल्पना, भावना, चिन्तनलाई स्वागत गर्छु तिमी कतै अल्पे पनि । तिम्रो पाईलाहरु युग–युग नमेटियोस् अब तिम्रो सुनाम, सुकृति अमर बनोस् समाजले तिम्रै बाटो खोजिरहोस् तिम्रो लागि चाँप पैयूँ पूmलेका छन् तिमीलाई भेट्न रहरहरु पलाएका छन् सुन्दर, सत्य, कोमल हृदय लिएर स्वतन्त्र शुशिल चेहरा लिएर, अंजुलीभरि सयपत्रीको गुच्छा लिएर तिम्रो स्वागतमा उभिएको छु– प्रकृतिको छटाले सजिएको पावनभूमिमा तिम्रो सिर्जनाको स्वागतमा स्रष्टाको गौरवमय सम्मानमा ।

No comments:

Post a Comment

 
 
Blogger Templates