अव साथी ,
यहाँ संझनाको झिनो अंश मात्र बाँकी छ ।
बादलले तिम्रो स्मृतिलाई छोपी दिएछ
टाढाबाट तिम्रो जीवन हेर्ने
त्यो दीप शिखा क्षिण हुँदै जादा“
शान्त सरोवरमा बादलका धब्बा आए
क्षितिज धमिलो हुँदै गयो
म टाढा भएँ टाढा ... टाढा ...
अस्ताउँन थालें ।
मातपूर्ण निद्राले समात्न थाल्यो ।
No comments:
Post a Comment