Thursday, February 19, 2015

भाग्य



झिल्केले भाग्य सम्झेर रक्सी पिउँछ
पिठ्यूँ पिल्साउँदै बजार पु¥याएको दाउरा
आनो अमूल्य पसिना अरुलाई बेच्नु पर्दा ,
प्रतिभाशाली मान्छे पनि गरीब हुँदा
साहुको गोठाला बस्नु पर्दा,
झिल्केले भाग्य संझेर रक्सी पिउँछ
आफै घरमा लुगा बने पनि
पुरानो लुगा नै लगाउनु पर्दा,
खेल्ने पढ्ने चाहना भए पनि
डोको नाम्लो बोक्दै, भैंसी गोठाला जानु पर्दा,
झिल्केले भाग्य सम्झेर रक्सी पिउँछ ।

No comments:

Post a Comment

 
 
Blogger Templates