साँझ–विहानको प्राण धान्न, ए किसान दाई
यो भीर–पाखा कति खन्ने, जोत्ने ?
रहरले होइन बाध्यताहरुले विदेशिनु पर्ने
बाँच्नलाई गरिबले माटोमा पसिना चुहाउनु पर्ने
अहिले देशको निम्ति भोकै मर्न को सक्छ ?
सज्जन इमान्दारलाई दिनैमा लुट्न सक्छ
दुःख र कठिनाई कस्तो पो हुन्छ !
समयले ,
दुःखीलाई हाँस्नु
मर्नेलाई मर्नु पनि दिदैन रहेछ !
२०४७
No comments:
Post a Comment