मायाले मन रोयो मनिता बिरामी हँुदा,
उनी हाँसिन् क्षणक्षणमा जाति हुँदै जाँदा ।।
पाक्यो अंबा लटम्मै अगाडि घर बगैंचामा
जुरेली भएर बस्थेंं अम्बाको डालीमा ।।
माइतीघर सम्झी नारीले अनुहार आँसुले रुझायो,
घर फिर्दा शरदको शीतले खुट्टा जम्मै भिजायो ।।
शनिबार पूmर्सदमा घुम्न गयौं परेवाघाट गण्डकी,
किनारमा नुहाउँदा पाएँ शालिग्राम कति हो कति ।।
रामपुर बाक्लो बस्ती मगर , मुश्लिम समाजको,
गर्मी भयो गृष्मको छाँया खोज्थें वर पिपलको ।।
माथि वरिपरि पहाडै पहाडमा सालघारी वन,
इलामकी किन्नरीको धानबारीमा निस्सासियो मन ।।
रामपुरको सौन्दर्यमा डुबेर म खेल्थें अक्षरसित,
प्यारी पोखिन्छन् मनको वह एकान्तमा पति सित ।।
उत्तरको बादल फाटे देखिन्छ हिमालको मुहार,
म जस्तै पढ्ने पढाउने मनिताको मनको रहर ।।
२०५७, भदौ, पाल्पा
No comments:
Post a Comment