Monday, February 9, 2015

अतितमा मेरो खुशी

हिउँ पथ्र्यो तुम्लिगंमा
म काम्थें लेकाली यात्रामा
कोइली हुन्छे मौनब्रती हिउँदमा
म रमाउँथे अतितमा ।

जोगमाईमा बाढी आउँथ्यो
गैरी खेत रोप्नु थियो
आमाको मायाले गीत गाउ“थें गोठमा
म रमाउँथें अतितमा ।

बाबरी पूmल्थ्यो शरद्मा
धान पाक्थ्यो खेतमा
नानी बोक्थें काँधमा
म रमाउँथे अतितमा ।

शरद्को सेतो हिमचुलीमा
सुनाखरी पूmल्ने वन वृक्षमा
लुकामारी खेल्थें खरवारीमा
म रमाउ“थें अतितमा ।

No comments:

Post a Comment

 
 
Blogger Templates