Thursday, February 19, 2015

जागरण



           
पूर्व अन्तुडाँडामा देखियो भूmल्के घाम
व्यूँझ इलाम व्यूँझ
तिम्रो पसिना इलामको ‘अ’ बन्दैछ
व्यूँझ किसान व्यूँझ
डाँडाभरि चियाका मुना पलाइसक्यो
चियाबारीको हरियो डाँडा पाखा घुम्न
व्यूँझ माटो व्यूँझ
नेपालीले पहाडकी रानी इलाम हेर्न आए
व्यूँझ धर्ती व्यूँझ
दुलर्भ भ्याकुरा, ओट, सुनगोहोरो, पानी कुकुर हेर्न पाइन्छ ।
व्यूँझ सन्तान व्यूँझ
गुराँस, चाँप, चिमाल र हिमाल हेर्दा
व्यूँझ यात्री व्यूँझ
खोला, पोखरी, मेला मन्दिर हेर्न
व्यूँझ न भाई व्यूँझ
भाषा, सँस्कृति, पेशा, खोज्न
व्यूँझ बहिनी व्यूँझ
हराई सक्यो हात्ती गैंडा
उठ नेपाली उठ
धर्ती भित्र हराई सक्यो बाली बीउ
बचाउ सन्तान बचाउ,
लोप भइसक्यो सभ्यता संस्कृति
बचाउ नेपाली बचाउ ।
२०४९–१–१

No comments:

Post a Comment

 
 
Blogger Templates