घरको झझल्को आउँछ टाढा कोठामा
विचारहरु खेल्छन् बेलुका एकान्त मनमा ।
इच्छा
कविहरु सधैं स्वतन्त्रता खोज्छन्
कविहरु सधैं श्रम र सिर्जना गर्छन्
न्याउली
वृक्षमा मेरो वियोग मात्र गाउछे न्याउली
भोलि विछोडको संझना लिएर जाउली ।
साँझ
दुई पंक्षीहरु उडे साँझ आफ्नो वासतिर
सूर्यमुखी पूmल फक्र्यो पश्चिम डाँडातिर
डाँडा डाँडाको फेदीमा गण्डकी शालीग्राम बगेको सौन्दर्य राम्रो पाल्पाको,
बगर, बेंसी खेतबारी धाउने मगर केटीहरु चोली लगाउँछन् ढाकाको ।।
२०५८–११–१५ पाल्पा रामपुर
भाइटिका
दाज्यूभाईहरु गर्छन् सेलरोटी र देउसीको बात
टीका र सयपत्रीको माला लिएकी बैनीको हात ।
सम्झना
सपना भएर आईरहनु
विपना भएर सम्झिरहनु ।
मानिस
विना आशा गरी बाँच्ने मानिस छैन
विश्वास गरी पर्खी बस्ने समय छैन ।
प्रेम
मलाई देख्दा तिम्लाई कस्तो लाग्छ,
तिमीलाई आँखैमा राखुँ जस्तो लाग्छ ।
जन्मभूमिको संझना
पोहरसाल ज्ञानीहरु भ्ोला भई विद्यालयमा रौप्यौं शितल दिने वर
मेची काली जहा“ गए नि आउ“दै गर्नु जन्म स्थान घर १
२०६४र४र२
No comments:
Post a Comment