२० दिनको साहसिक पर्वतीय चुनौती
पर्वतारोहण प्रशिक्षण र सुसंगठन
पहिलो दिन
७ फेब्रुअरी १९९३ (२०४९ माघ २५)
११५ साहसिक पर्वतारोहण तालिम पेट्रोल ५
हिमालय पर्वतारोहण संस्था (एचएमआई), दार्जिलिङ ।
ट्वाङ...
बिहानै ५ बजे क्यान्टिनमा कुकले बेड–टीको घन्टी ठोक्यो । होस्टलको आफ्नो कोठाबाट गिलास लिएर म चियाका लागि लाइन लागेँ । चिया पिएपछि हात–मुख–दा“तको सरसफाइ गरेँ । त्यसपछि न्यानो लुगा लगाएँ; बेड मिलाएँ । म जाडोमा पनि फुर्तिलै थिएँ । म एचएमआई होस्टलको रुम नम्बर १५ मा बस्थेँं । ढोकामा मेरो नाम, नम्बर र ठेगाना टा“सिएको थियो । म घुम्दै सूचनापाटीमा पुगेँ । सूचनापार्टीमा यस्तो लेखिएको थियो ः
बिहानको कार्यक्रम तालिका
५ बजे बेड–चिया
६ बजे बिहान–चिया
६ बजे मर्निङ वाक र दौड अभ्यास
५ः३० मा चियाकै लागि घन्टी बज्यो । त्यसबेला पूर्णरूपमा उज्यालो भइसकेको थिएन । होस्टलको बगैंचामा कल्चुडा, भ्याकुरलगायतका चराचुरुंगी चिरबिराउँदै थिए । जाडो असाध्यै लागिरहेछ । सिटीको संकेतअनुसार अघिल्लो दिनमात्रै होस्टलमा आएका प्रशिक्षार्थी सबै परेडका लागि मैदानमा दुई पंक्तिमा उभिनुपथ्र्यो । हामीले शारीरिक अभ्यास सैनिकले झैँ सुरु ग¥यौँ । भारतीय आर्मी मेजर कप्तान एस उपाध्यायले (एचएमआई उपप्रमुख) हाम्रो परेड निरीक्षण गरेपछि पर्वतारोहण फिल्ड प्रशिक्षक दोर्जे लाटु शेर्पास“ग बिहान पाँच किलोमिटर दूरीको (क्रसकन्ट्री रनिङ) दौडको तयारी र अभ्यास ग¥यौँ । हामी बिस्तारै चौरास्ता चोकतिर दौडन लाग्यौँ । यो अभ्यासमा प्रशिक्षकले दौडको गति र चाललाई फेर्दथ्यो–
“गोडा चाल– एक–दुई, एक–दुई...। उफ्रँदै दौड, हात हल्लाई दौड, बिस्तारै दौड, लामो श्वास तानेर दौड, लामो पाइला तानेर दौड...। वाकिङ इज गुड फर हेल्थ ।”
अंग्रेजी भाषामा प्रशिक्षण र आर्मी नियमका कारण म अचम्मित भएँ ।
चौरास्ताको उचाइ ७१६३ फिट रहेछ । चौरास्ता जाने सडक किनारलाई धुपी–सल्ला र कटुसले ढाकेका थिए । ४–५ फिट गोलाइ भएका रूखमा सुनाखरी र झ्याउ प्रशस्त छन् । त्यसबेला सूर्योदयको किरण कञ्चनजंघा हिमालमा छरिरहेको थियो । हिमशृंखलाको तल भने बादलका टुक्राटाक्री देखिन्थे । चौरास्ता चोकको खुला ठाउँमा उभियौँ । हामीलाई आनन्दानुभूति मिल्यो ।
“ऊ त्यो नरसिंह हिमाल, त्यो पानदिम, बीचको अग्लो कञ्चनजंघा पिक, कञ्चनजंघा विश्वको तेस्रो सर्वोच्च शिखर; यसको उचाइ ८५८६ मिटर छ । एचएमआई तालिमको आधारभूत र एड्भान्स कोर्सको पर्वतारोहण अभ्यास गर्न त्यो नरसिंह हिमाल जानुपर्छ; त्यहा“ एचएमआईको बेसक्याम्प छ ।”
यस्ता कुरा सुन्नेबित्तिकै मलाई कतिखेर त्यहाँ पुगूँझैँ लाग्यो । किनकि जतिसुकै जाडो भए पनि चौरास्ताबाट हिमाल स्वच्छ, सुन्दर र पवित्र देखिन्थ्यो । यी पर्वतहरू शृंगलिला श्रेणीमा पर्दा रहेछन् जुन हिमालले नेपाल र सिक्किमको सिमाना कायम गरेको छ ।
“यता माथि ऊ त्यो टाइगर हिल हो । अब ९ तारिख हामीले त्यहा“को पैदल–यात्रा गर्नेछौँ; त्यहा“बाट सूर्योदय र वन्यजन्तुको दृश्य हेर्नेछौँ र क्याम्पिङ अभ्यास गर्छौँ,” लाटुले जानकारी दिए ।
दार्जिलिङ बजारको दक्षिणी भाग तल बंगाल र सिक्किमको सिमानालाई रगिंट नदीले छुट्ट्याएको रहेछ । वरिपरि टकबर चिया–बगानले यो ठाउ“को प्राकृतिक सुन्दरता बढाएको रहेछ । करिब दुई सय वर्षअघि ब्रिटिस शासकले आफ्नो सौखका लागि यो बगान बनाएको इतिहास छ । यसअघि यसबारे म त्यति धेरै जानकार थिइनँ । यस्ता कुरा जान्न पाएर मलाई आज साह्रै खुसी लाग्यो ।
बिहान ६ बजेर १५ मिनेटमा क्यान्टिनमा पुगेर सबैले आलु चप र चपाती रोटी दुई÷दुइटाका साथमा चिया खायौँ । चम्चा, गिलासलगायतका सामान आफैँ राख्नुपथ्र्यो । भारतको विभिन्न राज्यका पर्वतारोहीसँग मिलेर एकै ठाउ“ तालिम गरेको यो मेरो पहिलो अवसर थियो । भाषा अनिवार्य रूपमा अंगे्रजी बोल्नुपथ्र्यो ।
बिहान ७ बजे भारतीय मिलिटरी फोर्सका पर्वतारोही प्रशिक्षक सुबेदार नेगी......ले हामीलाई मैदानमा भेला गराएर सरकारी र प्राइभेट (जम्सेदपुरका) विद्यार्थीहरूको समूह बनाए । म सरकारी कोटाबाट आएको थिए“ । यस प्रशिक्षणमा सहभागीलाई नौ÷नौ जनाको पाँच समूहमा विभाजन गरेर प्रत्येक समूहका प्रमुख छानियो । समूहका प्रमुखले नौ सदस्यको नाम र ठेगाना प्रशिक्षकको फाइलमा रेकर्ड गरायो । म पाँचौँ समूहमा थिए“– ११५ एडल्ट कोर्स ५ पेट्रोल । प्रशिक्षण कक्षाभित्र आआफ्नो फारम भर्नुप¥यो ।
मलाई फारम भर्दा डर लाग्यो । त्यो फारममा ‘साहसिक पर्वतारोहण तालिम अवधिमा अभ्यास गर्दागर्दै मृत्यु भए त्यस आकस्मिक घटनाका लागि एचएमआई जिम्मेवार हुनेछैन; विद्यार्थी आफैँ वा अभिभावकले नै त्यसको जिम्मेवारी लिनुपर्नेछ’ भनी लेखिएको थियो । त्यसमा मञ्जुरी जनाउनुपर्ने रहेछ । त्यसबेला म २५ वर्षको युवक र त्यसमा पनि बीए प्रथम वर्षमा अध्ययनरत थिए“ । म बुवाको सुझावको अवज्ञा गर्दै तालिममा सहभागी बन्न दार्जिलिङ पुगेको थिए“ । म तालिमका क्रममा ‘केही भइहालेँ भने के गर्नु’ भन्ने द्विविधामा परेँ ।
सभाकक्षमा प्रशिक्षकले साहसिक तालिमका विषयमा जानकारी गराए । पर्वतारोहण भनेको पर्वतको आरोहण गर्नु; चुलीहरूमा उक्लनु वा जोखिम मोलेर पहाड चढ्नु हो । पत्थर चढ्नु; हिमाच्छादित टाकुराहरू चढ्नु; हिम–चिप्लेटी गर्नु पर्वतारोहणका प्रकार हुन् । यो सस्ंथा रक्षा मन्त्रालयको मातहतमा चलेको छ । यसका चारवटा विभाग छन् ः औषधि चिकित्सा विभाग, औजार सामग्री विभाग, तालिम विभाग र प्रशासन विभाग । यस संस्थाका प्रमुख कर्नेल अजितकुमार दत्तले सबै विभागको निरीक्षण गर्छन् । दक्षिण ढोका र पूर्वी ढोका वरिपरि यस संस्थाको क्षेत्र पर्छ ।
इटलीका हिटलरले जुद्ध शमशेरलाई दुर्बिन कोसेली दिएका थिएछन् । पछि जुद्ध शमशेरका छोरा ..........शमशेरले १९६४ जुलाई ७ मा एचएमआईलाई त्यही दुर्बिन कोसेलीस्वरूप दिए । यस दुर्बिनको सहयोगले कञ्चनजंघा हिमालको आरोहण दृश्य देख्न सकिन्छ । यहा“ राम्रो पुस्तकालय र सुन्दर बगैंचा पनि छ । बगैंचाभित्र तेन्जिङ नोर्गेको तामाको सालिक छ । नजिकै लेबुङ रोडमा ‘तेन्जिङ ढुंगा’ र ‘गम्बु ढुंगा’ छन्; ती ढुंगा अभ्यासका लागि उपयोगी छन् ।
ठीक १ बजे लन्चका लागि घन्टी बज्यो । लन्चपछि एक घन्टा किनमेल गर्ने समय थियो । म राजबाडीतिर घुम्न हिँडेँ । आभा आर्ट ग्यालरीमा आकर्षक चित्रहरू हेरेँ । नारी वेदना त्यसमा पनि वृद्धाको अनुहारमा हर्षका रेखाहरू; आमा र शिशु, नारी अनुहारमा पसिनाका दाना, तल बद्र्धमान राजाको दरबार देखेँ । रेल स्टेसननजिकै धीरधाम मन्दिर अवलोकन गरेँ । यो मन्दिर १९३९ मा जुद्ध शमशेरले स्थापना गरेका रहेछन् । तलतिर टकबर चिया–बगान आकर्षक देखिन्थ्यो । म कृष्णभिल्ला डाली बस्ने बाजेबज्यूको घरमा पनि पुगेँ ।
एसपी दुर्णा कि द्रोण राईले सोधे, “तालिम कस्तो ह“ुदै छ ?”
मैले भनेँ, “मलाई राम्रो लाग्यो ।”
फर्कने बेला काकाले मेरो हातमा सय रुपियाँ थमाए ।
२ बजे हामी मैदानमा उभियौँ । त्यहा“ सबैको हाजिरी भयो ।
“प्रशिक्षार्थीहरू कक्षामा जाऊ,” प्रशिक्षकले आदेश दिए ।
कोठाभित्र भित्तामा पुराना प्रख्यात पर्वतारोहीहरूको ऐतिहासिक कागजपत्र, उनीहरूले प्रयोग गरेका सुइटर, टोपी, ‘स्नो–एक्स’ सजाइएका छन् । डा. उपाध्यायले प्राथमिक उपचार, औषधि, उचाइमा लाग्ने रोगबारे जानकारी दिए । उचाइमा पुगेपछि हिउ“ लाग्नु, फ्र्याक्चर, टाउको र पेट दुखाइ, पखाला, चिलाइ, रुघाखोकी, घा“टी दुख्ने, उल्टीजस्ता चिसोका कारण हुने समस्या आउने उनले बताए । लेक लाग्दा बिरामीलाई हजार फिट तल ओरालेर आराम गराउनु नै उपचारको उत्तम विधि भएको उनले जानकारी गराए ।
“अब शरीर जा“च गर्न पंक्तिबद्ध भएर बस ।”
डाक्टरले उचाइमा जान सक्ने क्षमता छ या छैन भन्ने जाँच्न थाले ।
भने, “अब यो ओछ्यानमा सुत ।”
उसले ब्लडप्रेसर, आँखा, पेट र छालाको जाँच ग¥यो । साथीहरूले औषधि पाए । म डराउँदै थिए“ । तर, डक्टरले भने, “यु ह्याभ नो प्रब्लम टु गोअप ।” ‘औषधि बोकेर हिमाल जान सक्छौ’ भन्ने सल्लाह पाएपछि म ढुक्क भए“ । डाक्टरले मलाई ग्यास्ट्रिक र खोकीको ११ वटा औषधि र स्वास्थ्य सामग्रीको पोका दिए । डाक्टरी जाँचमा पास नभएर कति त पर्वतारोहणमा जानै पाउ“दैनन् । गर्मी क्षेत्रबाट आएका चार जना उनीहरूमा ‘दुर्बलता’ देखिएपछि निराश भए ।
तालिममा दार्जिलिङ समूह र नेदरल्यान्ड समूहको चलचित्र र अर्को अंगे्रजी चलचित्र ‘एभरेस्ट अभियान’ हे¥यौँ । ती चलचित्र प्रथमपटक हेरेर आनन्दमात्र होइन तालिमका बारेमा धेरै जानकारी प्राप्त भयो । तर, आफैँले प्रयोगात्मक अभ्यास नगरेसम्म यस्ता घटना सपनाजस्तै हुने रहेछ । चुनौतीपूर्ण अभ्यासका लागि चलचित्र हेरेपछि मानसिक रूपमा हामी पूर्ण तयार भयौँ । यी चलचित्र हेर्न सभाकक्षमा कर्नेल, मेजर क्याप्टेन, सुवेदार, हवल्दार मेजर, मुख्य प्रशिक्षक, स्टाफ प्रशिक्षक, डाक्टरलगायत प्रशासकहरू उपस्थित थिए । कर्नेल दत्तले सहभागीलाई पालैपालो मञ्चमा बोलाई लुगा, जुत्ता, मोजा र शारीरिक तन्दुरुस्ती जा“चका साथै अन्तर्वार्ता लिए ।
मेरो हलुका खालको कंगारु जुत्ता देखेर उनले टिप्पणी गरे, “योर बुट इज नट गुड एन्ड बाई द हन्टर बुट ।”
ट्रेकिङका लागि उनले भारतीय कम्पनीको हरियो हन्टर बुट किन्न सल्लाह दिए मलाई । मलाई भने त्यो जुत्ता किन्न मन लागेन । जुत्ता किन्न मस“ग रकम पनि थिएन ।
बेलुका ७ बजे सैनिक नियमअनुसारै डिनर ग¥यौैँ । बेलुका ७ देखि ९ बजेसम्म लाइब्रेरी खुला हुन्थ्यो । मलाई लाइब्रेरी जान मन पथ्र्यो । लाइब्रेरी गएर मैले विभिन्न खाले किताब खोजेर पढ्न थालेँ । दार्जिलिङको जिल्ला पुस्तकालय क्यासल्टन होटलमा छ । त्यहा“ नया“ साथीसँग चिनापर्ची गरेँ । नया“ मित्रहरूलाई नेपालको बारेमा बताएँ । उक्त भेटले मलाई आनन्दानुभूति गरायो ।
एचएमआई भवन जवाहर पहाड वर्चहिल दार्जिलिङमा पर्छ । दार्जिलिङमा माघ महिनामा हिउ“ पर्नाले अत्यधिक जाडो हुन्छ । बिहान सामूहिक दौडमा म प्रथम भए“ । दिनभर फुर्सद हुँदैनथ्यो । बिहान ५ देखि बेलुका ९ बजेसम्म व्यस्त रहनुपथ्र्यो । भोलिको कामको तालिका साँझै सूचनापाटीमा टा“सिन्थ्यो । त्यस समय एड्भेन्चर कोर्स गर्न सरकारी उम्मेरद्वारले भारु २ सय, प्राइभेटलाई भारु ४ सय, बेसिक फी ६ सय र एड्भान्स कोर्स शुल्क एक हजार लाग्थ्यो । तालिममा नेपालबाट १, सिक्किमबाट–२, दार्जिलिङबाट ४, कोलकाताबाट २, राँचीबाट १६, पटनाबाट ५, जम्सेदपुरबाट १५ र महिला दुई जना सहभागी थिए । हामी सबै जना होस्टलमा बस्थ्यौँ । यो अनेक भाषाभाषी भेला भएको अवसर थियो ।
राति खर्चको विवरण लेखेर स्लिपिङ थैलोमा आनन्दस“ग सुतेँ । थैलोमा सुतेको यो मेरो पहिलो अनुभव हो ।
मेरो खर्च ः
१४।— मोजा १।— सुपारी ३०।— पशुपतिनगर—डाली भाडा १६।— पोलिथिन पेपर ५।— खाजा
४।— डाली—बजार भाडा ७०।— जुत्ता २।— पोलिथिन झोला ४।— बजार–ज्ःक्ष् भाडा
।— चक्लेट १०।— औषधि ३।— चिया
बास–घर निर्माणदेखि खाना पकाउने अभ्यास
८ फेब्रुअरी १९९३ (२०४९÷१०÷२६)
एड्भेन्चर तालिम, जवाहर पहाड (२१३५ मिटर)
सल्ला र गुराँसको बगैंचाभित्र सुनसान बिहानीपख एउटा लेकाली चरा सधैँ गीत गाउँछ । उही चराको चिरबिराहट रहेछ; म बिउ“झँदा । टर्च बालेर घडी हेरेँ; ३ बजेर ३० मिनेट गएको रहेछ । इनर सिलिङ र स्लिपिङ ब्यागभित्र एकछिन सुतेँ तर छटपटी भयो । तब उठेर सरसफाइ गरेँ । अनुशासनसम्बन्धी नियम पालना गर्दै चिया पिएर मेरो १५ नम्बर कोठामा आएर परेडको पोसाक लगाई साथीहरूस“ग ‘हेलो क्याजोल, पासाङ गुड मर्निङ !’ भन्दै मैदानमा गए“ ।
जाडोले सिउँसिउँ गर्दै दौडको अभ्यास एचएमआईदेखि चिडिखाना–चौरास्ता–सिगंमाडी–होस्टलसम्म पुग्थ्यौँ । मोटा साथीहरू प्रशिक्षकको आँखा छल्दै ठट्टा गर्थे । त्यस दिन दौडमा म प्रथम भए“ । दार्जिलिङको निमाले उछिन्ने प्रयास गरे पनि मलाई जित्न सकेन । पहिलो भएकोमा रमाउँदै मैले बिहानको खाजा खाएँ । एक कपमात्रै चिया पिउने नियम भए पनि मैले छिटछिटो तीन गिलास चिया पिएँ ।
“नेपालीले धेरै पिउ“छ,” जम्सेदपुरका सरद रमनीले हा“स्दै भन्यो ।
तुरुन्तै भेला हुन सिटी लाग्यो । सबै भेला भएपछि सभाकक्षमा प्रवेश ग¥यौँ । त्यहा“भित्र भूतपूर्व प्रिन्सिपलको चिनो संग्रह गरेर राखिएको रहेछ । कुर्सीमा मर्यादाक्रमअनुसार आर्मीको कमान्डरदेखि विद्यार्थी तहसम्म मिलेर बस्नुपर्ने । सबै चुपचापस“ग बसेपछि प्रमुख कर्नेल साहेब आए । त्यसबेला सबैले उठेर सम्मान गर्नुपर्ने रहेछ । यस्तो अतिथि सत्कार मैले पहिलो चोटि देखेँ ।
मञ्च झकिझकाउ छ । प्रशिक्षक लाटुले मञ्चमा कर्नेललाई निम्त्याए । र, उनले अंगे्रजीमा पर्वतारोहणका विषयमा जानकारी दिए । साहसिक पर्वतारोहण तालिम लिनुको उद्देश्य र औचित्यबारे उनले प्रस्ट पारे । पर्वतारोहणमा आइपर्ने चुनौती सामना गर्ने विषयमा सिकाए । यिनै विषयमा केन्द्रित भएर उनले आफ्नो धारणा सुनाए ।
यस अवसरमा हामीले प्रमुखद्वा.....रा लिखित किताब ‘हिमालको स्वभाव’ उपहार पायौँ ।
उनले सबैलाई व्यक्तिगत प्रश्न सोधे, “यो तालिमबाट तिमीले के शिक्षा पाउनेछौ ?”
मैले भनेँ, “यस तालिमले विश्वास बढाउँछ भन्ने अपेक्षा लिएको छु ।”
अंग्रेजीमा प्रश्न सोधेकाले मलाई बुझ्न गाह्रो प¥यो । यसबाट अंग्रेजी बोल्ने बानी बस्न थाल्यो ।
प्रशिक्षक दावा शेर्पाले ‘रक क्लाइम्बिङ’बारे जानकारी दिँदै पाँच मिनेटमात्रै चिया पिउने छुट्टी भएको बताए ।
एचएमआईको भण्डारकक्षबाट पंक्तिबद्ध भएर सुत्ने थैलोभित्र सिलिङ, सिरानी, खोल, पलङको खोल, स्टिल गिलास, चम्चा, ऊनी सुइटर, ज्याकेट, डाङ्ग्री लिएर सही गरंँ । तुरुन्त समूहमा भेला भयौँ । लाटु, दावा, नेगी र सहायकहरू सोनाम अनि शारदाबाट ढुंगा चढ्ने डोरी र त्यसबाट बनाइने गा“ठाहरू ‘फिसर नट, एट नट, बटरफलाई नट, टेप नट’ आदि डोरीको २१ गा“ठा बनाउने विधि उभिएर सिक्यौँ । प्रत्येकले छोटो सिलिङ (डोरी) २÷२ वटा, रिबलिङ, हार्नेट र क्यारेबिनर लियौँ ।
लेबुङ रोडमा ‘तेन्जिङ ढुंगा र गम्बु ढुंगा’ छन् । पर्यटकलाई रमाइलोका लागि गम्बु रकमा चढ्न शुल्क भारु २ लाग्थ्यो ।
खागीको पाइन्ट र कोट जोडिएको डाङ्ग्री लुगा र क्लाइबिङ पञ्जा सबैले लगायौँ । तेन्जिङ रक देख्नेबित्तिकै डर लाग्न थाल्यो । त्यस दिन पहिलोपटक सजिलो बाटोबाट ‘ढुंगा चढ्ने र झर्ने’ अभ्यास ग¥यौँ । मेरा लागि त्यो स्वाभाविकै थियो । मलाई यस्तो लाग्यो– बाल्यावस्थामा जस्तै खेल्ने खुसीको दिन आज फेरि आएछ ।
“कसले देखाउने साहस ? प्रयास गर; नडराओ केटाहरू ! ढुंगामा ओर्लंदा दुइटा डोरीले शरीर बाँध्न र क्यारेबिनमा डोरी मिलाएर फुकाउन जान्नुपर्छ । खुट्टाको चाल १–२÷१–२ गर्दै फाल हान्नु गाह्रो काम पनि हो । यतिबेला शरीरलाई सन्तुलनमा राख्न सक्नुपर्छ । पहिले डर भए पनि पछि रमाइलो हुन्छ ।”
भारतीय गोर्खा फौजको एक डफ्फाले ‘स्टोमक रेप्लिङ’ गर्न नसकेको देखेर त्यहीँ उभिएर म हाँसिरहेँ । मैले ओर्लन सजिलै सिकेँ तर उनीहरू डोरी मिलाउन नसकेर लडे । लाटुले मेरो उपनाम ‘मङ्की क्लाइम्बर’ राख्यो तापनि म निराश भइनँ; मैले हाँसेरै टारिदिएँ ।
ढुंगाको कसरतका कारण धेरै भोक लाग्यो । आफूखुसी बाहिर पसलमा किनेर खान अनुमति थिएन । अझ बिहानभन्दा दिनको तालिम गाह्रो हुन्थ्यो ।
बल्ल १२ बजेर ३० मिनेटमा ‘लन्च ब्रेक’ भयो । दौडेर होस्टल जानुपथ्र्यो । त्यसैले हामी थाक्यौँ । हतार–हतार खाना थाप्न भाँडा, चम्चा, गिलास लिई पंक्तिमा बसेर पोसिलो खाना खाएँ; तीनपटक थपेर खान पाइन्थ्यो । जसले छिटो खाना खायो उसले मात्र आराम गर्न पाउ“थ्यो नत्र अर्को काम सुरु हुन्थ्यो । समयको सदुपयोग गर्नुपर्छ भन्ने ज्ञान मैले यही तालिमबाट प्राप्त गरेँ ।
अपराह्न २ बजेर १५ मिनेटमा हामी एचएमआईनजिकैको जंगलमा आआफ्नो सिलिङ डोरी र तिर्पाल लिएर पुग्यौँ । त्यहाँ हिमाल आरोहण गर्दा आरोहीले कसरी चिया पकाउने ? पाक सामग्री नभए कसरी खाना पकाउने र सुरक्षित बास बनाउने भन्ने विषयमा अभ्यास ग¥यौँ । सिंगल पाल र डबल पालको घर बनाउने विधि सिक्यौँ ।
१. सुरक्षित समतल जमिन छान्नु, वरिपरि विषालु बिरुवा भए हटाउनुपर्छ ।
२. बास–घर हावा नचल्ने, पानीले नभिज्ने र आरामदायी हुनुपर्छ ।
३. पानी, असिना, वर्षात्बाट बच्न पोलिथिन कागज हुनुपर्छ ।
४. सूर्यको प्रकाश पर्ने ठाउँमा बास–घर बनाउनुपर्छ ।
५. प्राकृतिक स्वभावको मनलाग्दो बास–घर बनाउनुपर्छ ।
एक जनाको बास–घर बनाउने विधि ः
१. तिर्पालको बीचमा काठका दुइटा किला र बलो बनाउनुपर्छ ।
२. तिर्पालको चारै कुना डोरीले तन्काउनु र छड्के किलामा बाँध्नुपर्छ ।
३. किनार अझ मोटो डोरीले बाँध्नु र बलियो किला ठोक्नुपर्छ ।
४.बास–घर वरिपरि सुख्खा झाडी ल्याएर राख्नुपर्छ ।
५. छानामा प्लास्टिक पेपरले अलि टाढासम्म ढाक्नुपर्छ ।
६. जंगली जन्तु (सर्प, भालु, ब्वाँसो) आदिबाट बच्न बास–घर अग्लो ठाउँ वा रूखमा झुन्ड्याएर बनाउन सकिन्छ ।
स्टोभ र ढुंगा नभएको अवस्थामा खाना पकाउने विधि ः
सर्वप्रथमतः सम्पूर्ण सामान जम्मा गर्नुपर्छ ।
१. चुला ढुंगा वा काँचो काठको तीनवटा किला ठोकेर बीचमा मैनबत्ती बाल्ने
२. बलेको मैनबत्तीमा दाउराको टुक्रा थप्ने, मैनबत्ती आवश्यक भए थप्ने
३. सलाई, भाँडा, चामल, सब्जी तयार पार्ने
४. चिया पकाउने सामग्री जुटाउने
हामीमध्ये धेरै जनासँग खाना पकाउने ज्ञान रहेनछ । कोही पकाउनमा रमाइलो मान्ने पनि थिए । राँचीका मनोजको हातमा मैनबत्तीले पोलेर घाउ नै भयो । त्यहाँ खानेकुरा सामूहिक रूपमा पकाएर देखायौँ । हिमाली यात्रामा एक्लै खाना पकाउनुपर्छ ।
साँझ ५ बजे सबै जना सभाकक्षमा पुग्यौँ । ‘टाइगर हिल यात्रा’को तयारीका विषयमा पुरानो अनुभव हामीलाई प्रशिक्षक लाटुले सुनाए । रुकस्याकभित्र आफ्नो उचाइको आवश्यक सामानको व्यवस्थापन गर्ने, पट्ट्याउने, राख्ने, मिलाउने, रुकस्याक बोक्ने शैली, आरामदायी लामो पैदल यात्रा कसरी गर्ने, बाटो कसरी पत्ता लगाउने; हिँड्ने तरिका; लठ्ठी, सफल यात्रु बन्ने; बाटोमा काट्न नहुने रूख; जंगली जनावरसँगको सर्तकता; खाजा खाने ठाउँलगायतका विषयमा अंगे्रजी भाषामा प्रस्ट नमुना देखाउँदै लाटुले जानकारी गराए । सुनको गहना, रुपैयाँजस्ता मूल्यवान वस्तु बोक्न नहुने भन्दै उनले ती सामान एचएमआई भण्डार शाखामा जिम्मा लगाउन अनुरोध गरे ।
अर्को हलमा फेरि अनुशासित ढंगले बस्यौँ । पर्वतारोहण एडभेन्चर, बेसिक र एड्भान्स तालिमसम्बन्धी चलचित्र हेरेर यो तालिम कस्तो हुने रहेछ भनी थाहा पायौँ । मैले ‘सोलो नाइट’मा राति बास–घर (टेन्ट)मा सुतिरहेको सदस्यलाई अजिंगरले लखेटेर खान खोजेको देखेँ । त्यसबाट मलाई डर लाग्यो । हिमनदी, हिमआँधीहुरीबाट बच्ने तरिका; लेक लाग्नेबाट बचाउन उद्धार गरेको, हिमाल चढ्दा लडेर हाँड भाँचिएको बेला साथीहरूले नै प्राथमिक उपचार गरेको दृश्य देख्यौँ ।
खाना खाएपछि म लाइब्रेरी गएँ । मैले हिमालसम्बन्धी ज्ञानबद्र्धक चित्र खोजेँ; नोट गरेँ र ‘ट्रेकिङ इन नेपाल’ भन्ने किताब पढ्न निकालेँ जुन उपयोगी किताब हो ।
साथीहरूसँग भेला भएर दिनभर गरेका कामको समीक्षा ग¥यौँ । दार्जिलिङलाई ‘चट्ट्याङको भूमि’ पनि भनिँदोरहेछ; त्यो कुरा मैले किताबमा भेटेँ । अभ्यासले असम्भव भन्ने केही छैन भन्ने बोध भयो । मैले स्वरसम्राज्ञी अरुणा लामाको गीत गाउँथेँ–
एक्लै बस्दा सधैँ मलाई सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आँखाबाट आँसु त्यसै झरिदिन्छ ...।
टाइगर हिल पैदल–यात्रा, जंगल क्याम्प र क्याम्प फायर
९ फेब्रुअरी १९९३ (२०४९÷१०÷२७)
११५ एड्भेन्चर माउन्टेनियरिङ कोर्स
टाइगर हिल (२५८५ मिटर)
दार्जिलिङ जिल्लाको अग्लो पहाड अर्थात् आठौँ दर्शनीय स्थान ‘टाइगर हिल’को टे«किङ त्यस दिन बिहानै सुरु गर्नु थियो । बिहान ५ बजे मैले चिया पिएर कोठामा सामान मिलाएँ । अन्य साथी पनि घुम्न जान मजस्तै खुसी र जोसिलो भएर तयारीमा व्यस्त थिए । नयाँ ठाउँको यात्रा भन्नासाथ ममा खुसीको सीमा थिएन । नयाँ ज्ञान लिने मेरो जिज्ञासा रहन्थ्यो । समय, सामग्री, खाना र बासको कुनै चिन्ता थिएन । मैले रुकस्याक बोकेँ । हामीसँग ‘फिल्ड वर्क’मा जाने भरिया भारी बोकेर हिँड्न थाले ।
बिहान ६ बजे मैदानमा पंक्तिबद्ध भएर उभियौँ । प्रशिक्षकले हाम्रो रुकस्याक, स्लिपिङ ब्याग, सिलिङ, ग्राउन्ड सिट, मिस्टिन, वाटर ीगलास, स्पन, म्याट, ट्वाइलेट पेपर र मेरो खुकुरी, खाता, कलम, टर्च, लुगा, जुत्ता, विन स्वेटर, ज्याकेट, पञ्जा इत्यादि राख्ने तरिका ध्यानपूर्वक जाँच ग¥यो । बाटोको नक्सा, ठेगाना, अनुशासन, स्वयं सुरक्षा गर्नुपर्ने, जोरबंगला बजारमा मात्र किनमेल गर्न पाइनेलगायत विविध नियमलाई त्यहाँ व्याख्या गरेका थिए । यात्रामा एचएमआईका प्रिन्सिपलको पनि सहभागिता थियो ।
रविन, सोनाम र शारदाको नेतृत्वमा हामी चौरास्तातिर लाग्यौँ । प्रत्येक १० जनाको बीचमा एक जना प्रशिक्षकले जाँच गरिरहन्थ्यो । म अगाडि हिँडेँ । नयाँ कुरा राम्ररी देख्न, सोध्न, बुझ्न पाइन्छ र अन्य आकस्मिक झन्झट पनि बेहोर्न पर्दैन भन्ने लागेर म सबैभन्दा अघि थिएँ । पंक्तिको बीचमा गोर्खालीसँग हिँड्दा अनावश्यक कुरा गर्ने, झुक्याउने, निहुँ खोज्ने चरित्र देखिन्थ्यो । बंगालीहरू हिँड्न नसक्ने, पर्खनुपर्ने, पानी दिनुपर्ने, झोला बोक्न सहायता गर्नुपर्ने हुन्थ्यो । त्यसैले पछि हिँड्दा मौका गुम्थ्यो ।
प्रशिक्षक शारदा मार्गनिर्देशन गर्दै अघि लागिन् । मनस्ट्री, नयाँ ठाउँ, बौद्ध लामा, घोडा, फोटोग्राफर, युरोपेली पर्यटक, काग, कल्चुडा, भद्रायो, रूख–बिरुवा, पानीको मुहान, घुम्ती बाटा, आर्मी क्याम्प, शीतल हावा चल्ने स्थान, बिश्राम स्थल, पारिका बस्तीहरूका जानकारी लिँदै हिड्यौँ । मलाई खुब रमाइलो लाग्यो । हामी एचएमआईबाट चौरास्ता–फूलबारी–जलपहाड–आलुबारी–गुम्बा जोरबंगला हुँदै टाइगर हिलतिर उकालो लाग्यौँ । यो सानो कालोपत्रे गरेको बाटो थियो । बाटोमा पातलो बस्ती, ससाना घरहरू थिए । घरहरू फूल, रंग र चित्रले सजिएका थिए । डाँडातिर घाँस, सिरु पहेंलिएका, मालिंगो बाँसघारी, कतै उत्तिस, खराने, कटुस, सल्लाका जंगल थिए । अलि पर गोसाइँकुण्डजस्तै दुइटा पोखरी थिए । त्यहाँ संकलित पानी नै दार्जिलिङ बजारमा वितरण गरिँदोरहेछ ।
नरम घाँसे–चौरमा सबै भेला भयौँ र आराम ग¥यौँ । यहाँ साउन र वैशाखमा मालिंगो बाँसको तामा पलाउँदा भालु र पान्डा धेरै देख्न पाइने रहेछ । अन्य बेला यिनीहरू लुक्छन् रे ! त्यहाँ हिमालयन चितुवा, कालो भालु, रेड पान्डा, बनेल र कल्चुडा, चिलिमे, लाटोकोसेरो, भ्याकुरा र सुबी पाइँदोरहेछ । यस्ता वन्यजन्तुबाट सतर्क रहन प्रशिक्षकले सबैलाई सूचना दिए । यो वन्यजन्तु आरक्षण स्थल हो । यो क्षेत्रमा चिराइतो, चिङफिङ, बूढो ओखती, पाखनबेद जडिबुटी पाइन्छन् ।
प्राकृतिक रूपले सुन्दर दुई तलाउछेउ ‘चिया प्रतियोगिता’ गराउने निश्चित भयो । मीठो चिया पकाउने समूहलाई प्रथम पुरस्कारको व्यवस्था थियो ।
मेरो पेट्रोल ५ का नेता श्रीवास्तवलाई चिया–रंग, चिनी, गिलास, खुकुरी तयार गर्न लगाएँ । नीमालाई चुला बनाउन ढुंगा खोज्न लगाएँ; ६ जनालाई दाउरा खोज्न पठाएँ र मैले पोखरीबाट प्यान भाँडामा पानी ल्याएँ । हतार–हतार आगो बालेर चियाको भाँडा बसाएँ । सबै रमिता हेर्न व्यस्त भए तर म प्रथम हुन प्रयासरत थिएँ । हाम्रो चियाको बाफ निस्कन थाल्यो ।
“हाम्रो सुभाष छिटो छ; राम्रो ।”
पानीले गिलास सफा गरेर एक गिलास चिया मैले ११ बजेर ५० मिनेटमा ल्याब टेस्ट गर्न प्रिन्सिपल कहाँ पु¥याएँ । त्यसबेला अन्य समूह भने चिया पकाउन सुरु गर्दै थिए ।
“ओ सेट !”
समूह २ का साथीहरूले तयार भइसकेको चिया पोखाए, चिया पोखिँदा आगो निभ्यो । ‘नाच्न जान्दैन आँगन टेढो’ भनेजस्तै भयो । हामीले हाँसो रोक्न सकेनौँ !
“काम सानो छ; मान्छेको हल्ला बढी भएको हेर !”
अन्त्यमा पाँचौँ समूहले चिया पकाएर जाँच गर्ने स्थानमा पु¥याए । त्यसपछि यसको रिजल्ट सुनाइयो । मेरो समूहले ५ अंक प्राप्त गरेर हामी प्रथम भयौँ । खुसीले साथीहरू हल्ला गरिरहेका थिए ।
अन्य समूहले टिप्पणी गर्थे, “सुभाष भएकाले तिमीहरूले जित्यौ नत्र त खान्थिस् !”
“हेलो साथीहरू बगडा खाएर नगर झगडा,” कुन्दन ह्याल्मोले जहिल्यै हसाउँथ्यो ।
पुरस्कार जितेको खबर मलाई कतिखेर आमालाई सुनाऊँ–सुनाऊँ भन्ने लाग्यो ।
पहाडमा जंगलै–जंगल थियो । नौलो उकालो बाटोमा हामी उक्लिन थाल्यौँ । रुकस्याकको भारी गह्रौँ भयो । मबाहेक अन्यलाई हिँड्न गाह्रो थियो । बुट चिप्लेर लड्दै हिँडे । अर्घेलीको झाडी समाउँदै उक्लियौँ ।
साथीहरू आआफ्नै सुरमा भन्दै थिए, “क्या तुम्ने कभी एसी पहाड पर चला है ?”
“जी हाँ, एसी पहाड गया था काश्मीर मे ।”
टाइगर हिलमा यात्रुको लामो क्याराभान बन्यो; कोही तल गैह्रीमा उकालिँदै थिए । मध्याह्न १२ बजे सिन्चेल लेकको टुप्पोमा पुग्यौँ ।
“ओ ! क्वाइट अ वन्डरफुल प्लेस, इट इज कुल एन्ड विन्डी प्लेस ।”
यो पहाडलाई ‘तुषारोको पहाड’ वा ‘टाइगर हिल’ भनिन्छ । त्यहाँ जंगलको बीचमा विशाल चौर रहेछ । सिमपानीमा हिमाली बँदेलले खनेको खाल्डो रहेछ । त्यहाँ सहरमा जस्तो कुनै सुुविधा छैन । जीवनले प्रकृतिसँगै जुध्नुपर्ने । हाम्रा लागि त्यहाँको चिसो वातावरण चुनौतीपूर्ण भयो ।
भान्से र भरियाहरू गाडीबाट अघि नै टाइगर हिल क्याम्प पुगिसकेका रहेछन् । हामी पंक्तिबद्ध भएर उभियौँ र कपमा कफी लिएर पियौँ । त्यसबेला धेरै आनन्दको अनुभूति भयो ।
चारैतिर जंगल देखेर क्याजोल सोध्दै थियो, “आज किदर पर ठेरिंगे हम ?”
प्रशिक्षक दावा शेर्पाले सबैलाई जंगलभित्र बोलाए, “हलो एड्भेन्चर, कम हेयर टु मेक योर टेन्ट ।”
समूहले आआफ्नो क्याम्प बनाउनुपर्ने भयो । उत्तिस र मालिंगो बाँस काटेर थुप्रो लगायौँ । मिटरले नापेर क्याम्प बनाउन सुरु भयो । छानामा ग्राउन्ड सिट जोडेर सबैतिर ढाकियो । भुइँमा सल्लाको पात, नागबेली लहरा र सुख्खा झ्याउ जम्मा गरेर राखेपछि न्यानो घर बन्यो । यो घरको निर्माण साथी–साथीबीचको सहयोगी भावनाको परिणाम हो । अब हामीबीचको दूरी रहेन । हामीबीच विचार, भावना आदान–प्रदान भयो । आजका लागि अलग कोठा थिएन । सबैको एउटा साझा घर थियो ।
मैले सुनाएँ, “इट इज आवर नेचरल वाम नेस्ट फर टु नाइट ।”
दावा सरले भने, “गुड मिस्टर राई; नाउ यु गो फर कफी ।”
हामी कफी पिउन थाल्यौँ । प्रकृतिसँग रमाइलो गर्नु नै जीवनको आनन्ददायक पक्ष हो ।
“नाउ गो टु कलेक्ट फायर उड ।”
नाइट क्याम्पमा क्याम्प फायरका लागि दाउरा खोज्न जंगल पस्यौँ । सल्ला, उत्तिस, मालिंगोको सुकेको हाँगा भाँच्दै पासाङ सुसेल्दै थियो । मलाई गाउँघरको याद आयो । असले खोलामा भेडाबाख्रा, गाई चराउँदै सुँगुरको चारो डोकोमा खोज्दै बाल्यजीवन बितेकाले मलाई यो काम सामान्य थियो । साथीहरू कोही उत्सुक थिए त कोही भने थकित देखिन्थे । क्याम्प अगाडि दाउराको रास जम्मा भयो । २ बजेदेखि बादल लागेर जाडो बढिरहेको थियो; मौसम धुम्मिएको थियो ।
साँझ ५ः३० मा जाडोले काम्दै र भोकले आक्रान्त हुँदै मिस्टिन, गिलास, चम्चा लिएर खुला ठाउँको रात्रिभोजमा गयौँ । त्यहाँ बिजुली थिएन; मात्र थियो अगेना, मैनबत्ती र टुकी । रात बढ्दै गयो ।
क्याम्प फायर सुरु भयो । आफ्नै क्याम्प अगाडि आगो बालेर वरिपरि सबै आगो ताप्न थाले ।
जम्सेदपुरका रोजरले भने, “मैले आज नै हो आगो तापेको ! धुपजस्तै बास्ना आउँदोरहेछ !”
तिरिरी मुरली बज्यो वनैमा, वनैमा लौ माया नमारे
कस्तो यो सम्झना मेरो मनैमा, मनैमा लौ माया नमारे
पालैपालो हिन्दी, बंगाली, नेपाली गीत गाउने अनि थपडी लगाउने नियम बनाइयो । फोटो खिच्ने साथीहरूको पनि कमी थिएन । क्याम्प अगाडि हरियो सल्लाको आगो बल्न थाल्यो । ला ! हाँस्ने–कराउने ! जीवनमा बिर्सन नसक्ने कथा, घटना र ठट्टा सुनाउने काम भयो । यो रात अन्य रातभन्दा भिन्दै थियो । नौलो ठाउँमा जंगलभित्र बास बस्नुपर्दा थोरै त्रास भए पनि मुटु भने सानो थिएन । राति म छेउमा सुतेँ ।
लगातार कार्यक्रम भइरहने हुँदा पढ्ने, स्वतन्त्रतापूर्वक घुम्ने, खेल्ने, भेटघाट, चिठ्ठी पोस्ट गर्ने समय हुँदैनथ्यो । युवाशक्ति, जोश र जाँगरलाई भरमग्धुर उपयोग गर्न प्रयास ग¥यौँ । बानीमा एक्कासि परिवर्तन ल्याउन गाह्रो हुने रहेछ । क्याम्पमा बत्ती नभएकाले हतारै–हतारमा डायरी लेखेँ ।
सिन्चेल लेकमा पाकदेखि पासो प्रशिक्षणसम्म
१० फेब्रुअरी १९९३ (२०४९÷१०÷२८)
११५ एड्भेन्चर तालिम
सिन्चेल, उचाइ ८१६३ फिट
हिजोको कडा अभ्यासले थाकेका कारण आज बिहान ६ बजेमात्र म क्याम्पबाहिर निस्किन सकेँ । ओहो ! बाक्लो बादलले निस्पट्ट अन्धकार र बाहिर चौरमा सेतै बाक्लो तुसारो झरेको रहेछ । चिसोले शरीरमा स्पर्श ग¥यो । सरासर किचेन वार्डमा गएर पानी तताएर हात–मुख धोएँ । तीन कप चिया पिएँ । पञ्जा, गलबन्दी, ऊनीको टोपी, मोजा, ज्याकेट लगाएर आगो तापेँ । साथीहरू र प्रशिक्षक आगोमा झुम्मिएका थिए । प्रशिक्षक लाटुले फालिङमा बोलाएर प्रशिक्षार्थीका तालिमको क्रियाकलाप र कर्तव्यबारे जानकारी दिए ।
प्राचीन समयमा खाना कसरी पकाइन्थ्यो ? यात्रुले भाँडा नपाए पनि खाना पकाउन सक्छ । त्यहाँ बनकेराको ठूलो पात, निभाराका पातहरू थिए । त्यस पातमा प्याज, आलु काट्यौँ । यसमा बेसार, नुन, तेल, खुर्सानी, मसलाको पिठो मिसायौँ । यो मिश्रणलाई केराको हरियो पातले बेरेर बाक्लो बनायौँ र चोयाले कस्यौँ । यो डल्लालाई हिलो माटोले लिपेर आगोको भुंग्रोमा पकायौँ । अर्को हरियो भालु बाँसको ढुंग्रोभित्र चामल धोएर बिनापानी चामललाई राखेर हरियो केराको पातको बिर्को ढुंग्रोमा कस्यौँ । यो ढुंग्रोलाई पनि आगोमा पोल्यौँ । एक घन्टापछि जाँच्दा यो खाना प्रेसर कुकरमा पकाएको भन्दा राम्रो पायौँ । प्राकृतिक विधिबाट तयार गरिएको भात, तरकारी सबैले पहिलोपटक चाख्यौँ ।
“टाइगर हिलमा पिकनिक खाइयो है साथीहरू,” स्टेप्सले सबैलाई सुनाए ।
हिमाली एक्लो यात्रामा वन्यजन्तुबाट सुरक्षित रहन पासो लाभकारी हुन्छ । कमजोर बास–घरमा भालु, बँदेल, अजिंगर, चितुवा, ब्वाँसोले आक्रमण गर्न सक्छन् । बास–घर सुरक्षाका लागि पासो बनाउने विधि सिक्यौँ ।
बाँसको पासो ः काठको प्वालमा बाँसको पाँचवटा तिखो दाँत ठोकेको हतियारलाई दुइटा इटासँग बाँधिन्छ । यसलाई पाँच किलोको तौल बनाएर एक धागोले बाँधेर रूखको तेर्साे हाँगामा अडाउँदै तल ट्रिगरमा अल्झाउनुपर्छ । जहाँ जनावर हिँड्छ त्यस ठाउँमा दुइटा सिन्का गाँडेर दुइटा काठ तेर्साे बाँधेर ट्रिगर बनाइन्छ । क्याम्पनजिकै जंगली जनावर हिँड्दा उसले ट्रिगर टेक्नासाथ माथिको काँटीसहितको तौल झरेर जाकिन्छ ।
ट्र्यांगल ट्र्याप ः सल्लाको हाँगामा धागोले ढुंगालाई बाँधी भुइँमा छड्के ट्रिगर (चाबी) बनाई ट्रिगर चलाउने तेर्सोे छड्के सिन्को झारेर छोप्नुपर्छ । छोपिएको झ्यास छोए, त्यसमाथि हिँडे ढुंगा झरी हिंस्रक जीवमाथि प्रहार हुन्छ । यसरी वन्यजन्तुबाट आफू सुरक्षित हुन सकिन्छ ।
गुलेली र वाण ः बास–घर वरिपरि गुलेलीलाई भुइँमा राखी वाणहरूलाई ट्रिगरमा अल्झाएर वाणलाई लामा–लामा सिन्काले छोप्नुपर्छ र वरिपरि बार्नुपर्छ । घेरा बनाई वाण आउने ठाउँ खुला राख्नुपर्छ । खुला ठाउँको सिन्कालाई धक्का दिनेबित्तिकै आफैँतिर वाण आउँछ र जंगली पशु तर्सन्छ ।
सुर्के पासो ः आफ्नो सेल्टरनजिकैको रूखमा डोरीको एक छेउ बाँधेर डोरीको अर्को टुप्पा सुर्काउने प्वाल बनाएर ढुंगा वा कुनै वस्तुमाथि उठाएर छाडिदिनुपर्छ । जंगली पशु त्यहीँ बाटो हिँड्दा फस्दछ ।
दावा शेर्पाले अनुमति दिए, “नाउ इट इज ब्रेक फर टी एन्ड देन कम इन फालिङ ।”
पर्वतारोहीको निमित्त नक्सा अध्ययन महत्वपूर्ण विषय हो । ग्राम स्कुल, दार्जिलिङका प्रशिक्षक प्रतापसिंह राईसँग अर्को डाँडामा हामी भौगोलिक नक्सा पढ्न, कम्पास, नक्सा, कापीकलम लिएर गयौँ ।
नक्सालाई निम्नप्रकारले वर्गीकरण गरिन्छ ः १. स्केल म्याप २. एकेडेमिक म्याप ३. टोपोग्राफिक म्याप र ४. रोड म्याप ।
साहसिक पर्वतारोहीका लागि टोपोग्राफिक नक्सा अत्यावश्यक छ । नक्सा हामीलाई किन चाहिन्छ ? १. योजना बनाउन २. खतरामुक्त हुन । नक्सा अध्ययन कसरी गरिन्छ ? नक्सा अध्ययन गर्न तीन सामग्री चाहिन्छन् ः १. नक्सा २. कम्पास ३. प्रोटेक्टर ।
कम्पासद्वारा दिशा, डिग्री, ठाउँ पत्ता लगाइन्छ । प्रोटेक्टरले नक्साको ठाउँ, दूरी नापिन्छ । नक्साले ठाउँ निर्देशन गर्दछ । नक्साले होटल, मनस्ट्री, सिमाना, पार्क, बाटो, ताल इत्यादि बताउँछ । ठूलो क्षेत्रलाई सानो भागमा ल्याएर प्रस्टयाउँछ । हामीले त्यहाँको उचाइ प्रयोगात्मक अभ्यासबाट पत्ता लगायौं । यो मेरो लागि नयाँ बौद्धिक ज्ञान थियो । हामी ब्ल्याकबोर्ड, चक, डस्टर, नक्सा, कम्पास, प्रोटेक्टर बोकेर प्रशिक्षकसँग पुनः तल चिया पिउन ओर्लियौं । समय तीव्र गतिमा बितिरहेको पत्तै थिएन ।
आफैँ आफ्नो बास–घर बनाउनु, खाना पकाउनु कुनै पनि आरोहीका लागि आधारभूत क्रियाकलाप हुन् । आरोहीलाई यो सीपको खाँचो पर्छ ।
मध्याह्न १२ बजे लन्च खाइसकेपछि हाम्रो पाँच समूहलाई अलग–अलग सामूहिक दाल, चामल, तरकारी, मसला, तेल, भाँडावर्तन, दाउरा, सलाई दिए ।
“आजको रात तपाईंहरूले आफ्नो क्याम्पमा आफैं खाना पकाएर खानुपर्छ ।”
प्रशिक्षक शेर्पाले दाउरा खोज्न जंगल पु¥याए । लेकमा हामीले झिक्रा बटुल्यौँ । जंगलमा रमाइलो हुन्थ्यो ।
१ बजेर ४५ मिनेट जाँदा म र दावा टाइगर हिल गुम्बा हेर्न गयौँ । देवले मलाई क्यामेरा दिँदै भने, “सुभाष, प्लिज टेक माई वन स्न्याप हेयर ।” यहाँबाट सूर्योदय, कञ्चनजंघा र सगरमाथा देखिन्छन् ।
भुइँ कोट्ट्याएर चुलो बनायौँ । आगो सल्काउन गाह्रो भयो । जाडोमा भात, दाल, तरकारी, अलग–अलग पकाउन अल्छी लागेपछि सबैले सल्लाह गरेर खिंचडीमात्र पकायौँ । कसैले पनि खिंचडी पकाउने तरिका जानेका थिएनन् । राति ७ बजेमात्र खाना तयार भयो । खाना बढी भएकाले अर्को पेट्रोलका साथी अनि कुक दाजुहरूलाई खान बोलायौँ । जाडोमा खिंचडी नरुचाउने कोही भएन । हाँसखेल गर्दै खाना खायौं । सरसफाइ व्यवस्थापनमा मैले सहयोग गरेँ । हिउँको पानी छुन नसकिने गरी चिसो थियो । सबैले खाना खाइसकेपछि मैले आगो वरिपरि बसेर भारतीय जीवन–कथा सुनेँ । यो वातावरणले मेरो हिचकिचाहट भावना कम भएको थियो । भर्ना फिस भारु २ सयले यति धेरै ज्ञान पाएकोमा म निक्कै खुसी थिएँ । रातको ९ बजे म मेरो क्याम्पभित्र साथीहरूसँग सुत्न पसेँ ।
दार्जिलिङको सांस्कृतिक धरोहर
११ फेब्रुअरी १९९३ (२०४९÷१०÷२९)
एचएमआई, दार्जिलिङ
यस दिनको क्रियाकलापबारे लाटुले बताए, “आज हामी एचएमआई फर्कंदै छांँै ।”
बिहान ५ बजे चियाका लागि सिटी लाग्यो । तर, अघिल्लो दिनभर व्यस्त भएका कारण थकान लागेकाले चाँडै उठ्न मन लागेन । ६ बज्न लाग्दा उठेर स्लिपिङ ब्याग, ग्राउन्ड सिटलगायत अन्य सामान पट्ट्याएर भारी रुकस्याकमा तयार गरेँ । ‘बेड–टी’ पिउन भान्सामा गएँ । म यात्राको तयारीमा हुँदा राकेश प्रधान ट्वाइलेट गएको थियो ।
ऊ जंगलबाट चिच्यायो, “आइया ! आइया !! ।”
मैले सोधेंँ, “के भयो ?”
“भीरमा चिप्लेर लडंँे । त्यहाँ निगालोले मेरो हात काट्यो,” उसले भन्यो ।
बिहानै हात रगताम्य भएको देखेर मैले तुरुन्तै कालोपाती माडेर लगाई पट्टी बाँधिदिएँ ।
“जाऊ, लाटु सरले फस्ट एड प्लास्टर गरिदिनुहुन्छ ।”
हातमुख सफा गरेर एकैपटक ब्रेकफास्ट लिन रुकस्याक पिठ्युँमा बोकेर हिँडेँ । साथीहरू पनि तयार हुँदै थिए । चौरमा पंक्तिबद्ध भएर खाजा खायौँ । गिलास र मिस्टिनमा अरू खाजा थप्यौँ । बल्ल शरीरमा जोश पलायो । इलामको अन्तु र सिद्धिथुम्काबाट सूर्योदय देखिएझैँ टाइगर हिलबाट पनि झुल्केघाम दर्शन गर्न सकिन्छ । तर, मौसम प्रतिकूल थियो । हिमाल पनि देखिएन; बादलले छोपिरह्यो । यो पहाड चिनी छरेझैँ सेताम्मे तुसारोले ढाकेको थियो ।
फालिङमा उभिँदा मन खुसी थियो । चार दिनसम्म एकान्त पहाडमा बसेर त्यस ठाउँलाई छाड्दै सहरतिर ओर्लन पाउने रमाइलो क्षण आयोे । दावा शेर्पाको नेतृत्वमा पेट्रोल १ देखि मार्चपास सुरु भयो । आज तालिम केन्द्र फर्कने अर्को नयाँ र कठिन बाटो थियो— टाइगर हिल–जोरबंगला–जलपहाड आर्मी क्याम्प–एचएमआई ।
लामो पंक्तिलाई माथिबाट हेर्दा रमाइलो देखिन्थ्यो । अघि रहेका साथीहरूले पनि पछिका सहभागीलाई हेर्थे । डाँडाबाट दार्जिलिङ, चिया बगान, बस्ती, बजार अवलोकन गर्दैै झर्दा प्राकृतिक सौन्दर्य, स्थानीय सांस्कृतिक तथा सामाजिक जनजीवनबारे धेरै ज्ञान प्राप्त गरेँ । यो मेरो लागि विशेष अवसर थियो । जोरबंगला बजारमा पछाडि रहेका साथीरूलाई आधा घन्टा पर्खियौँ । त्यहाँ सबै जना भेला भएर सैनिक अड्डा, जलपहाड डाँडाको सल्लाघारीभित्र उकालो बाटोतिर पाइला चाल्यौँ । त्यहाँ साना घुम्तीहरू थुप्रै थिए । माथि पुगेपछि हामी बिसाउन लाग्दा तलका साथीहरू बाटोमा अलमलिरहेका थिए ।
“हेल्लो ! एता है,” हामीले बोलायौँ ।
उकालोमा चर्को घामका कारण पसिनाले निथ्रुक्क भएँ । पाइन्ट लगाएकाले हिँड्न पनि समस्या भयो ।
प्रशिक्षक दोर्जेले मेरो स्थिति देखेर दया ग¥यो, “सुभाष, गर्मी भयो ? लौ ! मेरो हाफ पाइन्ट लगाएर हिँड, बिचरा !”
“थ्याङ्क यु सर,” मैले आभार व्यक्त गरेँ ।
थुम्कामा हामीले स्कुलको अवलोकन ग¥यौँ । क्यान्टिनमा खाजा किनी खाँदै आराम ग¥यौँ । त्यसबेला १० बजेको थियो ।
वारिपारिको दृश्यलाई अघाउन्जेल हेर्दै हामी चौास्ता बजार पुग्यौँ । रुकस्याक चौतारामा बिसायौँ । चौरास्ता चोकमा घोडा चढेर घुम्न पाइन्छ । विदेशी पर्यटकका लागि यो लोभलाग्दो स्थान हो । युरोपेली, अमेरिकी र एसियाली राष्ट्रका पर्यटकको घुइँचो नै लाग्छ त्यहाँ । दार्जिलिङको भेषभूषा, हिमालय शृंखला, हस्तकला आदिको तस्बिर खिच्न व्यस्त हुन्छन् पदयात्रीहरू ।
चौरास्ताको जेबी थापा पार्कमा प्रताप शमशेर जबराको सालिक छ । आदिकवि भानुभक्त आचार्यको सालिकको ऐतिहासिक झलक अध्ययन गर्न सकिन्छ । उक्त सालिक ईएफ थोमसनले सन् १९४९ मा बनाएका रहेछन् । ब्रिटिसकालीन शैलीका भवन र कलाको अध्ययन गर्न सकिन्छ । आधुनिक फेसनको नजर गर्न सकिन्छ । दार्जिलिङको स्मरणीय स्थान हो— चौरास्ता वा चारैतिर जाने बाटोको केन्द्र । नेपालीभाषी बाहुल्य हुनाले कुनै नेपाली पर्यटकलाई त्यहाँ पुख्र्यौली भूमि हो भन्ने अनुभूति हुन्छ । सडकको छेउमा चर्च, पुराना घर, पर्खाल, महांकाल मन्दिर इत्यादिको निर्माण शैलीले ऐतिहासिक झलक दिन्छ । घरका झ्याल–ढोकामा कुँदिएका बुट्टाहरू सुन्दर छन् । छेउमा स्टार होटल, पर्यटन कार्यालय, क्युरियो पसल, अक्सफोर्ड पुस्तक पसल, दास फोटो स्टुडियो, तबेला छन् । बजारमा रमिता गर्दा रमाइलो लाग्छ । नयाँ वस्तु तथा स्थानीय जनजीवनको ज्ञान प्राप्त हुन्छ ।
रुकस्याक सडकपेटीमा राखेर हन्डर बुट किन्न बजार गयौँ । तर, मसँग जुत्ता किन्न पैसा पुगेन । मैले एक जोर राम्रो पञ्जा किन्न क्याजोललाई १० रुपियाँ सापटी मागेँ । १० रुपियाँ लिनु ठूलो ऋणजस्तो अनुभूति भयो ।
प्रशिक्षकले सोधे, “सबै किनमेल भयो ? अब जाऊँ ।”
चौरास्तामा सबै जम्मा भएर आआफ्नो रुकस्याक बोक्यौँ । म, दावा, पासाङ, दत्त, साहसँग एचएमआईतिर हिँड्यौँ । पासाङको घर आलुबारी बस्तीमा रहेछ । उसले स्थानीय भएकाले भानुभवन, चर्च, महांकाल बाबाको मन्दिर, गोर्खा हिल काउन्सिल अफिस, गभर्नर हाउस देखायो । त्यहाँ भोटे बस्ती जाने, लेबुङ जाने, चिडियाखाना र बजार जाने बाटो छ ।
एक साताको बाहिरी यात्रापछि होस्टल आइपुग्दा सुविधायुक्त कोठा, बेड, धारा, किचेन, फूलबारी देखेर खुसी लाग्यो । म १५ नम्बरको कोठामा पसेर रुकस्याक खोली सामान मिलाउँदै थिएँ; डे ब्रेकफास्टको घन्टी लाग्यो । म तुरुन्तै किचेनमा पुगंँे ।
“ए ! भाइ आइपुग्यो ? कस्तो भयो त यात्रा ?”
“हजुर ! साह्रै सुन्दर रहेछ टाइगर हिल । आम्मामा ! जाडोले झन्डै मा¥यो नि !”
त्यस दिन अफिसमा सुबेन गुरुङ सरलाई भेट्न गएँ ।
“सर नमस्कार, जीवनमा बिर्सिनसक्नुको रमाइलो यात्रा भयो सर,” मैले यात्राको रमाइलोको वर्णन सुनाएँ ।
“बिरामी त भएनौ ?,” उनले सोधे ।
“भइनँ सर,” मैले जवाफ फर्काएँ, “टी कम्पिटिसनमा फस्र्ट भएँ सर ।”
“गुड,” उसले हौसला थप्दै भन्यो, “म धेरै खुसी छु सर ।”
अलिक बेरपछि बलबहादुर गुरुङ, जीवन राई, निरम राई दाजुहरूसँग भेट गरेँ । एक्सपिडिसनमा जान क्लाइम्बिङ सुइटर सुबेन सरसँग मागेँ ।
३ बज्यो । समयनिष्ठ बन्नुपथ्र्यो । खाकी कपडाको डाङ्ग्री लगायौँ । तब अब्स्टिकल कठिन कोर्सको अभ्यास गर्न नजिकैको बगैंचातर्फ गयौँ । त्यस ठाउँमा सय मिटर दूरीभित्र विभिन्न आइटम छन्— हेभिङ, बाँदरझैँ चढ्ने, बाँदर हिँडाइ, डोरीमा झुन्डिएर खाडल पार गर्ने, भुइँमा हातले टेकेर घिस्रने, बाँसको टाँडमुनि गुड्ने, खुट्टाको चाल मिलाएर उफ्रने, नौ फिटको खाडलमा फाल हान्ने, चार इन्चको काठमा दौडने, आठ फिटको बार नाघ्ने, बांगोटिंगो काठमाथि दौडने । यो कठिन अभ्यास पालैपालो गर्नुपथ्र्यो । जसले थोरै समयमा पार गथ्र्यो उही प्रथम हुन्थ्यो ।
“रेडी ! यु गो,” प्रशिक्षकले भन्यो ।
बिस्तारै होसियारीपूर्वक मुस्किलले मैले सबै आइटम पार गरेँ । घुँडा, कुहिनो पिल्सियो । “आज जीउ साह्रै दुख्ला !” मनमनै सम्झिएँ ।
मेरो घर इलाम पठाउनका लागि चिठी लेखेर ४ बजेर ४५ मिनेटमा मैले टिकटका लागि २ रुपियाँ जीवन राईलाई दिँदै हुलाकमा पोस्ट गरिदिन अनुरोध गरेँ । चिठी लेखूँ भन्दाभन्दै पनि फुर्सद मिलेको थिएन । एडभेन्चर माउन्टेनियरिङ कोर्स दार्जिलिङबाट घरमा चिठी पठाएँ ।
तेन्जिङ संग्रहालय
दार्जिलिङ
२०४९ माघ २९ गते
पूजनीय बुवाआमा
साष्टांग प्रणाम ।
भाइहरू बसन, पुरण, पुकार र बहिनी शोभामा दाजुको माया र सम्झना छ । मेरो तालिमको आज पाँच दिन बित्यो । अस्ति दार्जिलिङ आउनेबित्तिकै चिठी लेखुँला भन्ने लागेको थियो । तर, यहाँ एकदमै व्यस्त हुनुपर्ने रहेछ । मेरो चिन्ता नगर्नुहोला । आजसम्म म आरामै छु । यहाँ डालीको कान्छीमुमा र दुर्णा काकाले पनि खर्च दिनुभएको छ ।
आजसम्म मैले बिहानको दौडमा जितिरहेको छु । अस्ति टाइगर हिल गएँ । त्यहाँको प्रतियोगितामा पनि प्रथम पुरस्कार जितेँ । दार्जिलिङको रहनसहन, हिन्दी, बंगाली, अंगे्रजी भाषा बुझ्न पाएँ । मलाई यो तालिम लिन पाउँदा खुसी लागिरहेको छ । घरजस्तो सजिलो त परदेशमा हुँदैन । सिपाहीको जस्तो जीवन भोग्दै छु । बिहान ५ देखि बेलुका ९ बजेसम्म रुटिनअनुसार हिमालसम्बन्धी ज्ञान लिनुपर्ने रहेछ । नेपालबाट तालिम लिन आउने म दोस्रो व्यक्ति रहेछु । मभन्दा अघि फु दोर्जे शेर्पाले यो तालिम लिएको थियो ।
अब हामी पर्वतारोही प्रशिक्षकहरूसँग भोलि सिक्किमको हिमाल चढ्ने अभ्यास गर्न जाँदै छौँ । यो तालिमको अन्त्यमा म राम्रो सर्टिफिकेट लिएर आउनेछु भन्ने विश्वास छ । म फागुन १५ गते घर आइपुग्नेछु । मेरा सबै अनुभव त्यसबेला बताउँला । यतिन्जेल सबै ठीक छ । अहिले बिदा चाहन्छु ।
तपाईंहरूको छोरा
सुभाष
लाइब्रेरी आज ६ बजे नै खुल्यो । लाइब्रेरीमा गएँ; त्यहाँको सुरम्य वातावरण, पुस्तकालय अफिसरको मृदुभाषी र सहयोगी भावना, विविध पुस्तक हेरेर म प्रभावित भएँ । दार्जिलिङको सबैभन्दा पहिलो अंगे्रजी खबर कागज ‘द दार्जिलिङ न्युज’ सन् १८९३ मा प्रकाशित भएको थियो । पहिलो नेपाली ......‘गोर्खे खबर कागज’ सन् १९०१ मा प्रकाशित भएको थियो । पहिलो नेपाली पत्रिका ‘चन्द्रिका’ रहेछ; यसका सम्पादक डा. पारसमणि प्रधान थिएछन् । उनी इलाम आएका थिए । यहाँ पढ्न पाइने अन्य दैनिक पत्रिकामा सुनचरी, हिमालयन न्युज छन् ।
यहाँ हिमालयबारे महँगा र दुर्लभ पुस्तकहरूको संग्रह रहेछ । मैले ‘ट्रेकिङ इन नेपाल’ पुस्तक पढ्न पाएँ । त्यसमा सचित्र वर्णन र सुझाव पाएँ र आफ्नै नोटमा टिपेँ । राति डिनर खाएर अब्स्टिकल अभ्यासले थकित भएका कारण ८ बजे डायरी लेखेपछि सुतेँ । तालिममा कसले मलाई जित्ला भन्ने सोचंँे । यो जमातमा इमानदार र विश्वसनीय साथी भेट्न सकिनँ । कसैसँग गफ गर्न मन लागेन । साथीहरू अरूको कुरा काट्ने; ठट्टा गर्ने; खिसीटिउरी गर्ने र हेला गर्ने स्वभावका मात्र थिए ।
रिम्बिक बजार घुमेर श्रीखोलाको बास
१२ फेब्रुअरी १९९३ (२०४९÷१०÷३०)
११५ एडल्ट समूह
एड्भेन्चर माउन्टनेरिङ तालिम, श्रीखोला
बिहान ५ बजे बेड टीको घन्टी लाग्यो । स्लिपिङ ब्यागको चेन खोलेर म जुरुक्क उठें । तर घाँटी दुखिरहेको थियो । तुरुन्तै बाथरुमबाट भान्छामा गई तातो नुनपानीले घाँटी सफा गरें; पानी पिएँ । ‘म ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो’ भनेझैँ सन्दकपुर एक्सपिडिसनमा जाने दिन पौष्टिक खाना खान नै नसक्ने गरी बिरामी भएँ । म आफ्नो कोठा नम्बर १५ मा फुर्तिका साथ ट्रेकिङ लगेज तयार गर्न थालेँ ।
“सावधान ! आआफ्ना मूल्यवान्् वस्तु (सुनको गहना, रुपैयाँ, घडी, अनावश्यक लुगा, किताबलगायतका) सामग्रीको सूची बनाई स्टोर अफिसरलाई जिम्मा लगाउनू, ट्रेकिङबाट फर्केपछि एचएमआईले ग्यारेन्टीका साथ सामानहरू फिर्ता दिनेछ,” निर्देशन आयो ।
मैले क्यामेरा, ट्रेकिङ गाइड बुक, सिरानी, गुरुङ सरलाई बुझाएँ र ऊनीको सुइटर र थप पञ्जा मागेँ ।
“लैजाऊ,” अनुमति पाएँ ।
मैले नाम दर्ता गरेँ ।
“ट्रेकिङमा होसियार रहनू; खतरा हुन्छ हिमाली यात्रा,” गुरुङ सरले माया गर्दै सल्लाह दिए ।
यो नै मेरो पहिलो लामो पैदल यात्रा थियो । मसँग सामान व्यवस्थापन गर्ने अनुभव थिएन । त्यसैले एक्लै झन्झट लाग्यो । मेरा सामान १० दिनको फिल्ड भिजिटमा आवश्यक पर्ने सबै पट्ट्याएँ; खुला ठाउँमा राखेँ । सामानलाई दुई भागमा बाँड्ने योजना बनाएँ ः १. रुकस्याक २. हेन्ड ब्याग÷पर्स । स्लिपिङ ब्याग, इनर, ग्राउन्ड सिट, बेड सिट, सिलिङ, पोलिथिन सिट, स्विटर, ज्याकेट, ट्राउजर, मोजा, पञ्जा, गलबन्दी, भेस्ट, टावेल, टोपीलाई रुकस्याकमा; मेट्रेसलाई बेरेर रुकस्याकमाथि; वाटरबोटललाई रुकस्याकको बायाँ साइडमा; चम्चा, गिलास, टवाइलेट पेपर, मिस्टिन बक्स दायाँ साइडको रुकस्याक ब्यागमा; किताब, कापी र खुकुरीलाई चोर गोजीमा लगाएँ । टुथ ब्रस, पेस्ट, ऐना, काइँयो, जिब्री, डट, सिटी, नाम–नम्बर प्लेट, नङ काट्ने नैनी, औषधि (पखाला, घाँटी दुख्ने, मासी, ज्वरो, पाचक, कोल्ड क्रिम, लिपगार्ड आदि), सुपारी, चकलेट, छुर्पी, भुजा, फोटो, परिचयपत्र, घडी, कम्पासलाई हेन्ड ब्यागमा राखेँ ।
“आज रिम्बिक बजारमा हाम्रो खाना छैन; एकैचोटि श्रीखोलामा मात्र चिया र खाना छ । यो लन्च ब्रेकको समय हामीले रिम्बिकमा दिन्छौँ । सबैले आआफ्नो खाना बोक्नू,” प्रशिक्षकले भने ।
बिहानको ६ बज्यो । खाजाको घन्टी लाग्यो । दिनको खानामा आज सबैलाई पुरी, तरकारी, चटनी, अन्डा, आलु दिइएको थियो । हतार–हतार खाजा खाएर कोठामा सामान मिलाउन गएँ । सबै जना आत्तिए; हल्लाखल्ला भइरहेको थियो । फालिङको सिटी बज्यो ।
“छिटो गर । बस आयो; बसमा लगेज राख,” निर्देशन भयो ।
रिम्बिक बजारसम्म बस यात्रा गर्नुपर्ने भएकाले हलुका लुगा लगाएर हामी लगेज बोक्दै होस्टलबाहिर निस्क्यौँ । बाहिर पानी परिरहेको थियो । जाडोले लुकलुक काम्दै हामीले रुकस्याक बसको छतमा चढायौँ ।
“पासाङ, यो मेरो पनि तान त,” मैले भनेँ ।
उनले भने, “ठेल न !”
सन्दकपुर, फालौट, सामरदिन भेलीमा खाने–पिउने खाद्यवस्तु र अन्य सामग्री भान्छाघरबाट बोकेर बस र ल्यान्डरोबरमा लोड ग¥यौँ । सम्पूर्ण काम सकिएपछि ४ र ५ नम्बर पेट्रोलको बस अघि लाग्यो । यात्राका लागि बिदाइ गर्न कर्नेल अजित दत्त हाजिर थिए । यात्रामा ४५ जना प्रशिक्षार्थी, ६ प्रशिक्षक, १२ भान्छे तथा भरिया थिए । बसभित्र सहज यात्रा र अनुशासित बसाइ छ÷छैन भनेर प्रिन्सिपलले अवलोकन गरे ।
दार्जिलिङ चोकबजार २१३४ मिटर उचाइमा छ । रेलवे स्टेसन ६८१२ फिट उच्च स्थानमा छ । दार्जिलिङमा रेल ल्याउने व्यक्ति फ्र्यांकलिन प्रिस्टेज हुन् । सन् १८१४ मा पहिलोपटक रेल गुडेको हो । दार्जिलिङ हिमालय रेलवेलाई ‘आइरन लेडी’ पनि भनिन्छ । आधा घन्टापछि बस घुम २२४७ मिटर (७,४०७ फिट) रेलवे स्टेसन जहाँ एसियाको दोस्रो सर्वोच्च स्थानमा घुमेर सुकियापोखरीतिर लाग्योँै । घुममा अहिले रेल संग्रहालय छ । सुकिया बजार २१९४ मिटर (७४०० फिट)मा एक घन्टा किनमेल र घुमफिर ग¥यौँ ।
यही अवसरमा म सेवानिवृत्त बंगाल पुलिस रतनबहादुर राई (देपा)को घर गएँ । पुलिस राम दाजु पनि बिहारबाट घर आएका रहेछन् । भाउजूले नास्ता खान अनुरोध गरिन् । देपाले ५० रुपियाँ खर्च दिए । भैया देपा नेपाल जाने तयारीमा रहेको हुनाले मेरो खबर बुवाआमालाई पु¥याउन आग्रह गर्दै म बिदा भएँ । घरमा मौखिक खबर पठाउन पाएकोमा म त्यसबेला धरै खुसी थिएँ ।
नेपाल–भारत सिमाना २१३४ मिटर उचाइमा रहेको मानेभञ्ज्याङमा ३० मिनट रमिता हे¥यौँ । नेपालजस्तै लाग्थ्यो सबै वातावरण । हाम्रो बस अघि बढ्यो । कहिले तुम्लिङको लेक त कहिले बाँसबोटे बेंसीतिर दौडन्थ्यो । मेरो घरछेउको जस्तै बोटबिरुवा, गाउँघर, वातावरण, बाँसबोटे बस्तीमा रहेछ । त्यहाँको वातावरणले घरको तिर्सना केही मेटियो । खरुकी घाँस, उत्तिस, बाँसको झ्याङ, रुपी, जुरेली चराहरू रहेछन् । यी ठाउँहरू इलामको सुन्तले, भित्री, गोदकजस्तै लाग्यो ।
बस फनक्क घुम्यो, २२८६ मिटर उचाइको रिम्बिक बजारमा । दार्जिलिङभन्दा उच्च ठाउँ रहेछ त्यो । काठका ससाना घरमा शेर्पाका चिया–खाजा पसलहरू थिए । हाम्रो रुकस्याक बसबाट भुइँमा झ¥यो । कुकहरू सरासर श्रीखोला गए । त्यहाँ हामीले लन्च खायौँ । जाडो धेरै भएकाले चिया किनेर खायौँ । कुनै साथीले लन्च नखाएर मकै, मःमः, समोसा खाए । रिम्बिक पहाडमा हरियो घाँसेचौर, सल्लाको जंगल र उकालो पैदल बाटो देखियो । रविन, सोनाम, शारदासँग हामी श्रीखोलातर्फ लाग्यौँ । मेरो रुकस्याक २८ किलो तौलको थियो । २ बजे हामी बस्तीमा प्रवेश ग¥यौँ । धेरै आनन्द लाग्यो । अलैंची बारी हे¥यौँ । गाउँलेले बारी जोतेर मकै छर्न तयारी गरेका रहेछन् । बादल लागेको थिएन । पर्वतारोहण र ट्रेकिङसम्बन्धी कुरा ग¥यौँ । उकालो–ओरालो हिँड्दा–हिँड्दै साँझ पर्न लाग्यो । उत्तिसघारी आयो । श्रीखोला सुसाउँदै थियो । त्यहीँ बगरमा कुकहरूले खाना तयार गर्दै रहेछन् ।
प्रशिक्षक लाटुले अगाडि आएर भने, “ए ! बोइज, मेक योर सेल्टर एराउन्ड द रिभर ब्याङ्क ।”
सबै जना क्याम्प बनाउन व्यस्त थिए । मलाई भने सामूहिक क्याम्पमा बस्न मन लागेन । केटाहरू छुच्चा स्वभावका थिए । मैले एक्लै हेमोक बनाएँ । लाटु सरले मेरो हेमोक जाँचेर ‘बलियो बनाऊ’ भने । हेमोक भनेको रूखमा तिर्पाललाई डोरीले चारै कुनामा बाँधेर कोक्रोजस्तै सुत्ने ओछ्यान बनाउनु हो । हेमोकमा रहेपछि जंगली जनावरबाट बच्न सकिन्छ । झरीबाट बच्नका लागि हेमोकलाई पोलिथिन पेपरले ढाकेँ । ढुंगा माथिबाट प्रवेश गर्न सकिने मेरो हेमोक एक रातलाई सजिलो थियो । एक्लै स्वतन्त्र बस्ने इच्छा हेमोकमा पूरा हुन्छ । दैनिक कडा अभ्यास; लामो दूरीको हिँडाइ; त्यसमाथि खोकी लागेकाले पेटको छाला र घाँटी दुखिरहेको थियो । त्यहाँ बिजुली बत्ती थिएन । नुनपानीले घाँटी कुल्ला गरें । बाटोमा भेटेका वाटरबोटल, चम्चा लन्चका बेला लाटु सरलाई दिएँ । आज म दुःखी थिएँ । खानापछि सुतेँ । निकै बेर निद्रा परेन । खोलाको आवाजले अनौठो महसुस भइरह्यो रातभर ।
श्रीखोला–रामम टे«किङ
१३ फेब्रुअरी १९९३ (२०४९÷११÷०१)
रामम (२५६० मिटर)
रातभर खोकी लाग्यो । हेमोकको स्लिपिङ ब्यागभित्र पनि बाक्लो लुगा, टोपी, गलबन्दि लगाएर सुतेको थिएँ । बिहान चाँडै निद्राले छाड्यो । बिहानको चियाको घन्टी लागेपछि मात्र बाहिर हेरेँ; खोलाको चिसो हावाले मेरो चेहरामा स्पर्श ग¥यो । कुकहरू अगेना वरिपरि बसिरहेका थिए । खोकीले गर्दा चिया पिउन मन लागेन । आज रामम पुग्नु छ । मेरो ओछ्यान रूखमा हल्लिरहेको थियो । हेमोकबाट बाहिर निस्केर मैले सामान पट्ट्याउन थालेँ । एक जना जोगी बास उठेर बिहान कतै हिँड्न लागेझैँ ‘हिँड जोगी जहाँ जाला उही खाला’जस्तै लाग्यो । सामानहरू एकै झोलामा अटाउन गाह्रो हुन्छ; यसका लागि अनुभव चाहिन्छ ।
“खाजाको सिटी बजा,” हेड कुकले अरायो ।
मैले साथीहरूसँग जरुवापानीको सानो तिरतिरे धारामा दाँत ब्रस गरें । टावलमा हातमुख पुछ्दै चिया–खाजामा पुगेँ ।
“गुड मर्निङ सर ।”
“आज कोही बिरामी छ ? राम्रैसँग सुत्यो ? आज हामी अलिक माथि रामम हटसम्म पुग्छौँ, बाटो उकालो छ; आरामसँग हिँड ।”
त्यतिबेला हामी आआफ्नो रुकस्याक बोकेर फालिङमा उभिएर सुन्दै थियौँ ।
“मुभ,” भन्ने निर्देशन आउनासाथ म समूहका साथीहरूलाई उछिनेर दावा शेर्पाको पछिपछि लागेँ । खोलापारिको बाटो पहाडको कन्दरामा टाँसिएको थियो । कहिले छहरामाथि कच्ची काठे पुलमा हिँड्थ्यौँ; कहिले घाँस र सल्लाघारीमा हल्ला गर्दै उकालिन्थ्यौँ । बाटोमा एक÷दुई घरमात्र भेटिन्थे । शेर्पा गाउँबस्तीका कुकुरले कान खाने गरी भुकेर टोक्नै खोज्थ्यो ।
नानी बोकेका बालबालिका टुलुटुलु हेर्थे । उनीहरू तिब्बती भाषामा के बोल्थे ? बुझिँदैनथ्यो । उनीहरूको घरमा ध्वजा फरफराएका हुन्थे; धुपीको रूख देखिन्थ्यो । शेर्पा महिला आफ्नो सांस्कृतिक पोसाक, माला आदि लगाएर बारीमा काम गर्दै थिए । लेकाली मालिंगो बाँसको घाँस बोक्ने डोको कलात्मक थियो ।
दिनमा मलाई खोकी आराम हुँदै गयो । औषधि पनि खाएँ । मन प्रफुल्ल हुँदै गयो । बारीको रमाइलो गर्खा, डिलमा सल्लाको रूखले भरिएको; तल गैरीमा पानी पँधेरो; अलैंची बारी हेरिरहुँजस्तो । उकालो भने खाल्डाखुल्डी र घुमाउरो बाटोमात्रै । वर्षात्को भेलले लेकको कमलो माटो बगाई खाल्डो परेको; रूखका जरामुनि पुगेको बाटो । ऊन्यूँले भरिएको डाँडा र पाखाभित्ता हरियो थियो । उकालोमा कति ठेस लाग्यो । सहरिया साथीहरू पसिनै–पसिना भएर पाइला चाल्न नकसी रुकस्याकसँग बाटोमै जताततै ‘हे भगवान !’ भन्दै पल्टिँदै थिए ।
“कति टाढा छ होस्टल ?”
“अब नजिकै छ” ।
अगाडि अनकन्टार सल्लाघारी थियो । तलैबाट एचएमआई होस्टलको छाना थोरै देखियो । हामी त्यो देखेर उत्साहका साथ गफ गर्दै थियौँ ।
“अब त धेरै छैन । हिजोजति हिँड्न परेन; आज जम्मा पाँच घन्टा त हिँड्यौँ । ३ बज्न लाग्यो ।”
“कति रमाइलो ठाउँमा रहेछ होस्टल त !”
तीर्थालुलाई तीर्थव्रतको प्यास लागेजस्तै हामी भोक र आरामको आसामा हिँड्दै थियौँ । कसैलाई तीर्थयात्रा गएजस्तो पनि लाग्यो होला । बल्लतल्ल २५६० मिटरको उचाइमा रहेको होस्टलमा आफ्नो भारी बिसाउन पायौँ । भोक र तिर्खाले आक्रान्त बनायो । केही साथी त आउँदै नै थिए । खाना तयार भइसकेछ । सूचना पाउनेबितिक्कै खाना खायौं अनि मात्र वरपर हे¥यौँ । त्यसबेला १ बजेको थियो ।
यो यात्रा अनौठो थियो– जंगलै–जंगलको यात्रा । न हाते रेडियो छ न त समाचार नै । मैले सयौँ महत्वपूर्ण काम छाडेर आएको समय थियो । डाँडाभरि सल्लाको वनभन्दा अरू केही देखिँदैनथ्यो । टाढासम्म कुहिरो थियो । त्यही बेला १२ वटा चौरीले नुन, चामल, चिनी बोकेर ल्यायो । घाँटीमा मालाजस्तो झुन्डिएका घन्टी ट्वाङ–ट्वाङ बजिरहेको थियो । कुनै सेतो, कुनै कालो, लामा–लामा रौं र सिङ भएका याक । बौद्धचित्रले भरिएको गद्दी थियो । वनभित्र कुकुर भुकेको आवाज पनि सुनिन्थ्यो । घुम्ने ठाउँ कतै थिएन । हामी त्यसमै रमायौँ ।
यसबेला होस्टलमा आराम लिने मौका पायौँ । कोही आगो ताप्ने; कोही सुत्ने; कोही गफ गर्ने अनि कोही तास खेल्ने भए । शारदा मिस गफ सुन्न आइन् । उनीसँग गफ गर्दा मलाई लाज लाग्थ्यो । ३ बजे खानाको घन्टी लाग्यो ।
“के लेखेको राईजी ?”
मैले भनेँ, “केही होइन ।”
वास्तवमा मलाई नियात्रा, कथा, कविता लेख्न मन लागिरहन्थ्यो । मनमा भावना र कल्पनाको चित्र खेलिरहन्थ्यो । हल्ला भए पनि झरनाको पानी झरिरहेझैं कल्पना कुदिरहन्थ्यो । नेपाली साथीहरूले भने मेरो कलमकापी खोस्थे, लुकाइदिन्थे । उनीहरू मलाई पनि सँगै ठट्टा गरोस् भन्ने चाहन्थे । म भने भिन्न स्वभावको थिएँ । उनीहरू परिपक्व थिएनन् । मध्यरातसम्म हँसाएँ साथीहरूलाई । कुनै यात्रा दुःखद् हुन्छन् भने कुनै सुखद । यात्राले प्रशस्त मनोरञ्जन दिन्छ । यात्रा अवसर पनि हो जहाँ नयाँ ज्ञान र अनुभव प्राप्त गर्न सकिन्छ । हजारौं पुस्तक पढेर प्राप्त गरेको ज्ञानभन्दा देखेर÷छोएर भोगेर पाएको ज्ञान स्मरणीय हुन्छ ।
रामम–मलेको हिउँ–यात्रा
१४ फेब्रुअरी १९९३ (२०४९÷११÷२)
मले, दार्जिलिङ
सधैँझँै रामम बसाइ सफा बिहानीबाट आरम्भ भयो । भाले बासेको सुनेँ । बिहानको ५ बजेर ३० मिनेटमा चियाको सिटी बज्यो । हिमाली पैदलयात्रा, दौड, हेभिङ, रुघाखोकीले पेटको छाला दुख्यो । मैले चिया पिइनँ । ४५ जनामध्ये पाँच जनामात्र चिया पिउन गए । कोठामा बिस्तारै कुराकानी बढ्दै गयो । म उठेर बाथरुम गएँ । ओछ्यान पट्टयाएँ र लगेज तयार गरें । नयाँ–नयाँ ठाउँ पुग्ने मेरो रहर थियो । त्यसबेला खाजाको सिटी बज्यो । नीमा अझै उठेन । उसले रातभर बान्ता गर्दा सुत्ने थैली फोहर भएको थियो ।
रविन सरले बोलाए, “उठ नीमा ।”
“निमा बिरामी छ सर ।”
कुक र भरियाहरू मले यात्राको तयारीमा लागे । सबैले नीमालाई मद्दत गरे; औषधि, पानी दिए । नीमाको मेट्रेस मैले बोकें । रातभर हाँस्दै, नाच्दै, उफ्रँदै वाहियात काम हुँदै थियो । उनले सुत्न डिस्टर्ब गरे । ‘किन रोयौ मंगले आफ्नै ढंग’ले भनेझैं आफ्नै कारण ऊ बिरामी भयो । साथीहरूले उनको आलोचना पनि गरे । सहानुभूति पनि देखाए । स्थिति अन्योलपूर्ण बन्यो ।
“हिँड्न नसक्ने भए एचएमआई नै फर्क,” प्रशिक्षकले भने, “प्रत्येक समूहलाई दुइटा पाइनापल जुस छन् । चकलेट र काजु प्रत्येकलाई दुई सय ग्राम छ । आआफ्नो सामान बोक । आज हामी ३१०० मिटरभन्दा उचाइमा रहेको मले क्याम्प पुग्छौँ; हिँड ।”
उचाइमा विशेष र हेरचाह हुँदोरहेछ भन्ने सोच्दै हामी खुसीका साथ दावा शेर्पासँग उकालियौँ । बाटामा वनैवन थियो ।
“बाटो अप्ठेरो छ; होसियार भएर हिँड । अब याक पाइन्छ । याकलाई जिस्क्याउनुहुँदैन है !”
सुनसान वन । गुराँस, अर्घेलीको झाडी रहेछ । भुइँमा नागबेलीका कारण हरियो गलैंचाझैँ देखिने रमणीय डाँडा देखिन्थ्यो । फागुनको महिना गुराँस फुल्न सुरु थियो । यो गुराँसे वनको माली कोही थिएन । ऋतु परिवर्तनले मानिसलाई उत्साह र उमंग बढाउँछ । मलाई यहाँको नागबेली, गुराँस, हरिया चौरभरि खेल्ने भेंडाका पाठाहरू र चौंरीका बच्चाले हृदयभित्र न्यानो अनुभूति हुन्थ्यो । मास्तिर नांगा डाँडाहरू देखिन्थे । जति उकालो हिँड्यो शरीर उत्ति चिसोले कठ्यांग्रिन थाल्यो । बिस्तारै हिँड्न मलाई मन लागेन । म र सोनाम सर सबैलाई उछिनेर अगाडि गयौँ । हाम्रो गफ पनि मिल्थ्यो । हिजोभन्दा आज बाटो अप्ठेरो थियो ।
“पहिरोले बाटो भत्किएछ,” उनले भने, “खुट्टा चिप्लिएर कहाँ को लड्ने हो कुन्नि !”
डाँडामा आइपुग्दा सूर्योदयको किरण वनमा देखिएपछि प्रकृतिप्रेमी साथीहरू मख्ख परे । उनीहरू फोटो खिच्न व्यस्त भए । मसँग रिल किन्ने पैसा नभएकाले मैले भने क्यामेरा दार्जिलिङमै छाडेको थिएँ । त्यहाँको चौतारामा एकैछिन आराम गरेर त्यो भञ्ज्याङ पार गर्दै उकालियौँ । जंगलको बाटो उत्तिकै थियो । काँधमा भारीको बोझ हुन थाल्यो । सोनाम सर र म अगाडि नै थियौँ; अरू पछिपछि आउँदै थिए । सबैभन्दा अगाडि हिँड्न लाभदायक हुने रहेछ । प्रशिक्षकले बाटो, पानी, मन्दिर, चौतारा, पशुपंक्षी, विरुवा, नयाँ ज्ञान विचार, तरिका, विविध कथा, अनुभव, जानकारी दिँदै लैजाने; आफ्नो हिच्किचाउने स्वभाव पनि हट्ने हुन्छ । अर्काको कुरा काट्ने, आलोचना, प्याच्च भन्ने सहेलीबाट बच्न पाइने; यात्रामा स्वतन्त्रता, बाटोमा खाजा खान पनि पहिले पुग्नेलाई राम्रो हुन्छ । पछिका धेरै साथीले त खाजा खानै नपाउने अवस्था हुन्थ्यो ।
त्यस दिन ११ बजेदेखि मौसम बदलियो । पानी पर्लाजस्तो भयो । कुहिरोले वनै ढाक्यो । अब को कहाँ आउँदै छ भन्ने पनि देखिन छाड्यो । वनमा अनेकौं बाटा भेटिए । अनुभवीले मात्र बाटो चिन्न सक्ने भए । यो अनकन्टार जंगल त्यसमाथि बाक्लो भुइँकुहिरोले म निसासिएँ । भुइँभरि सुख्खा पातको थुप्रो छ । त्यहीमाथि म आफ्नो कोमल पाइला बिस्तारै सार्दै छु । तल बाटोबाट मधुरो आवाज आयो ।
“हेलो ! कता हो ?”
“यता आउनोस् ।”
बाटोमा हामी उभियौँ । उकालोमा अरू साथी पनि रोकिए ।
“पर्ख ।”
धेरै बेर भइसक्यो; कहीँ केही देखिँदैन । हिँडेको–हिँड्यै भयौँ । सरले हामीलाई कहाँ लैजाँदै होलान् ! मलाई त शंका पनि लाग्थ्यो । यतिबेला आपत् आइप¥यो भने कसले उद्धार गर्ला ? बाटोमा झगडा भयो भने के होला ?
हामी बंगाल सिंहलीला राष्ट्रिय निकुञ्ज क्षेत्रमा आइपुगेछौँ । यहाँ अघिल्लो एडभेन्चर अस्टे«लियाली समूहले ‘सोलो नाइट क्याम्प’ राखेको थियो । यहाँ हिउँ जमेको हुनाले हाम्रो ‘सोलो नाइट क्याम्प’ क्यान्सिल भयो । त्यहीँ ठाउँमा रुकस्याक भित्तामा अड्याएर पसिना पुछ्दै भुइँमा स्वतन्त्रसँग थ्याच्च बस्यौं । तिर्खा लाग्यो ।
“सुभाष, लौ जुस ।”
“वाह ! कति राम्रो एप्पल जुस र बट्टा ।”
“ला ! खुट्टा गाडियो ।”
हिउँको उकालो बाटोमा हिँड्न गाह्रो हुने रहेछ । चिनी पोखिएझैँ हिउँ बाटोभरि थियो । अगाडि हिँड्ने साथीको पाइला खोज्दै टेक्दा हिँडाइ सहज हुने रहेछ । लौरोले हिँड्नलाई अझ सहज बनायो ।
“को होला यो हिउँमा खाली खुट्टा हिँड्न सक्ने ?”
“शेर्पा भरिया ।”
“ला ! पंकज लड्यो ।”
“उठ–उठ ।”
मैले लौरोको टुप्पा दिएँ र जोडले तानेँ ।
“ओ सेट ! क्या खत्तम बाटो । धन्यवाद सुभाष ।”
मैले भनेँ, “चिप्लिन त यहाँ आएको नि !”
१५ वटा याक, चौंरीको पछि दुई जना गोठाला हातमा चाबुक खेलाउँदै बोल्दै थिए । अलैंचीको भारी बोकेर चौंरी भीरको बाटो सजिलै हिँड्न सक्दा रहेछन् ।
“यो अलैंची कहाँ बेच्नुहुन्छ दाजु ?”
गोठालाले कालाको छालाले बनेको पुरानो टोपी छुँदै भन्यो, “सिक्किममा ।”
टोपी हेर्दै मैले सोधेँ, “यो टोपी के–बाट बनेको हो ?”
हाँस्दै भन्यो उसले, “काला ।”
“कहाँ भेटियो त काला ?,” सोधेँ ।
उसले भन्यो, “जंगलमा मा¥यौँ ।”
मैले गोजीबाट महँगो चकलेट र काजु निकालेँ अनि त्यो चुस्दै हिँडेँ । बाटामा चौंरीको चरन हे¥यौँ । बथानमा चौंरी भीरपाखातिर सेर्पेनीले चराउँदै रहिछन् । ती महिला हातमा लौरी लिएर शर्म मान्दै घोप्टिइन् । उसलाई कसैले पनि जिस्क्याएको भने थिएन । हामी माथि घुम्तीमा पुग्दा बल्ल उनले टाउको उठाइन् ।
त्यसबेला हामी मले आइपुगेका रहेछौँ । यतिबेला समय १२ बजेर १५ मिनेट भएको थियो । पूरा चार घन्टाको पैदल यात्रा । रामबाङको एचएमआई होस्टलभन्दा मलेको होस्टल राम्रो थियो । यो घरमा बैठक कोठा, सुत्ने कोठा, निजी कोठाहरू रगंरोगन गरी सजाइएका थिए । यो घरको हेरविचार गर्ने शेर्पा परिवार रहेछ । ढोकामा तिब्बती थाङ्का चित्रको पर्दा थियो । पर्वतारोहीले हिउँ चिनीजस्तो भए ‘स्नो’ र सिसाजस्तो भए ‘आइस’ भन्दा रहेछन् । हामीले आइसलाई रम्बाले फुटाएरै हे¥यौँ, धेरैपटकको प्रहारले मात्र फुट्यो र चिराचिरा परेर छरियो ।
वरिपरि हिउँ जमेर सिसाझैँ थियो । कोठामा भारी बिसाएपछि बिस्तारै जाडोले सताउन थाल्यो । हातमा पञ्जा, ऊनीको टोपी, सुइटर, ज्याकेट, मफलरले अनुहार ढाकेका छौँ । न्यानो कपडा लगाएका छौँ । प्रायः सबै आच्छुछु भन्दै उभिए । लाटु शेर्पाले फालिङमा हामीलाई भोलिको कार्यक्रमबारे जानकारी गराए, “सम्पूर्ण प्रशिक्षार्थीहरू, भोलि हामी ३६०० मिटरको फलौट (फलेलुङ) जान्छौँ । बिहान ७ बजे ब्रेकफास्टअघि नै आआफ्नो सामान तयार गर्नू । बाटोमा पाइने हिमाली नौला वस्तुसँग आनन्द लिँदै अनुशासित भएर हिँड्नेछौँ ।”
“लौ ! जाऊ अहिले ।”
जाडोले कक्रिँदै १२ ः ४५ मा तातो खाना हतार–हतार खान थाल्यौँ । खाना थालमा राख्नासाथ सेलाउँथ्यो । अति चिसो पानी भएकाले मुख पखाल्न सकिएन । दिनमा क्याम्प अगाडि क्याम्प फायर गरेँ । सबै आगो वरिपरि सेकिन थाले र आगोको आनन्द लिन थाले । उकालो बाटोमा हिँड्दाको थकाइ, टाउको दुखाइले कोही सुते । मैले समय कहिल्यै खेर फालिनँ । मलाई आफ्नो क्याम्पसको पढाइ छुटिरहेकोमा चिन्ता थियो ।
म कोठाभित्र डायरी लेख्न थालेँ । लेख्दा मलाई आनन्द लाग्छ । दैनिकी लेख्न बस्दा मलाई शारदाले कहिले झ्यालबाट त कहिले ढोकाबाट लुकेर हेर्थिन् । पछि त उनी मेरो नजिकै आएर हेर्न थालिन् । म झसंग भएँ; रातोपिरो भएँ; लजाएँ । शारदाको निलो जिन्स पाइन्ट, रातो सुइटर, हल्का ट्रेकिङ बुट, छोटो कपाल आधुनिकताको लक्षण देखिन्थ्यो उनमा । अरूसँग सहज रूपमा बोल्ने उनी मसँग भने लजाइन् । यसले मलाई यात्रामा रमाइलो अनुभूति गरायो ।
३ बजे सिटी बज्यो । चिया र भुटेको मकै लिएर खाजा खाँदै आगो वरिपरि सबै जना बस्यौँ । आगो ताप्ने बानी नपरेका साथीहरूलाई धूवाँले पिरोल्थ्यो । अनेक भाषाभाषीको कुरा सुन्दा मलाई बडो रमाइलो लाग्थ्यो । प्रशिक्षकहरू पनि आगो ताप्दै थिए ।
फिल्ड डाइरेक्टर लाटुले आफ्नो अनुभव सुनाए, “मैले सगरमाथा दुईपटक आरोहण गरेँ । चीनतर्फको बाटो सजिलो छ । एभरेस्ट एक्सपिडिसनमा टिमले आफ्ना क्याम्पहरू बनाउनुपर्छ । शेर्पाहरूले बाटो बनाउँछन् र क्लाइम्बरहरू डोरीको मद्दतले हिमाल चढ्छन् । एभरेस्टको ८००० मिटरदेखि उभो तुफान आउँछ । कतै आइस वाल हुन्छ । कतै ग्लासियर त कतै स्नो एभलेन्स । ज्यान जोगाउन मुस्किल पर्छ । शिखरमा पुग्दा साह्रै आनन्द आउँछ नि !”
एक जनाले सोधे, “भारतको सर्वोच्च शिखर कुन हो ?”
“नंगा पर्वत (८१२६ मिटर, काश्मीर) ।”
हिमाल यात्राको वर्णनले त्यसबारे हामी कल्पिन थाल्यौँ । भविष्यमा सगरमाथा पुगिएला ।
चिसो पनि यति अचाकली कि आगोतिर तातो पछाडि हिउँ टाँसिएजस्तो हुन्थ्यो ।
म कोठाभित्र ‘ट्रेकिङ इन नेपाल’मा उच्च आठवटा हिमालको बारेमा पढ्न थालेँ । महत्वपूर्ण बुँदा डायरीमा टिपेँ । उचाइमा लाग्ने बिरामी (पेट दुख्ने, पखाला लाग्ने, थकाइ, टाउको दुख्ने, लेक लाग्ने, चिलाउने, खुट्टा दुख्ने, चोट लाग्ने) समस्याको प्राथमिक उपचार औषधि, चिसो उपचार औषधिहरू कोल्ड क्रिम, लिपगार्ड, भिक्स, एन्टिबायोटिक, टिटानस, बेन्डेज पट्टी, बन्धन, रुवा प्रत्येक आरोहीले बोक्नुपर्छ । ३००० देखि ४००० मिटरमा लेक लाग्दा १००० मिटर तल तुरुन्तै बिरामीलाई झारेर आराम गराउँदा स्वतः कम हुन्छ ।
उच्च पदयात्राका लागि आवश्यक सामग्री ः
तीन हजार मिटरभन्दा तल माथि
१) वाकिङ सु चाहिन्छ चाहिन्छ
२) हल्का क्लाइम्बिङ बुट चाहिन्छ चाहिँदैन
३) हिमाली बुट चाहिँदैन चाहिन्छ
४) सानो झोला चाहिन्छ चाहिन्छ
५) हिमाल आरोहण पाइन्ट चाहिन्छ चाहिन्छ
६) ऊनी सर्ट चाहिन्छ चाहिन्छ
७) सुइटर चाहिन्छ चाहिन्छ
८) हाफ सर्ट चाहिन्छ चाहिन्छ
९) ऊनी टोपी चाहिन्छ चाहिन्छ
१०) भेस्ट (भित्री) चाहिन्छ चाहिन्छ
११) अन्डर पाइन्ट चाहिन्छ चाहिन्छ
१२) अन्डर वेयर चाहिन्छ चाहिन्छ
मोजा, स्लिपिङ ब्याग, रन गियर, पञ्जा, ऊनी टोपी, स्प्याट, मेट्रेज, घाम चश्मा, ब्याट्री, हेडल्याम्प बत्ती (टर्च), क्यान्टिन, थर्मस, फोल्डिङ छाता, चक्कु, खुकुरी, लाइटर, बाटोको नक्सा र कम्पास, नुहाउने सामग्री, लेख्ने सामग्री, औषधि (पखाला लाग्दा खाने, चिसोबाट बचाउने, घाम क्रिम, ब्यान्डेज) टेन्ट बनाउने, पकाउने सामग्री, आरोहणमा चाहिने सामान हुन् । पदयात्रामा हुन सक्ने बिरामीमा भुँडी दुख्ने, थकाइ लाग्ने, खुट्टा दुख्ने, किरा, सर्प, कमिला, झुसुले किराले चिल्ने, चिलाउने, जनावरले टोक्ने, ठेस लाग्ने, आँखा बिजाउने–दुख्ने, छाला चिलाउने, छालामा फोका आउने, लेक लाग्ने, रुघाखोकी, टाउको दुख्ने, अमन हुने आदि छन् । सामान्यतः ३००० मिटरभन्दा माथिको उचाइमा स्वास्थ्यमा समस्या आउँछ । लेक लाग्ने डरलाग्दो बिरामी हो; यसबाट मृत्यु पनि हुन सक्छ । कहिलेकाहीं औषधिले पनि काम गर्दैन । तसर्थ, उपचारका निम्ति तुरुन्तै १००० मिटरभन्दा तल बिरामीलाई झारेर आराम गर्न दिनुपर्छ । बिस्तारै बिरामीको अवस्था ठीक हुन्छ ।
अध्ययन र दैनिकी लेखनसँगै त्यस रात मैले कविता पनि लेख्न भ्याएँ ।
घुम्टो ओढेकी दुलहीझैँ दार्जिलिङ तिमी पहाडकी रानी
हिमालको काखमा चिटिक्क दार्जिलिङ तिमी पहाडकी रानी
डाँडाभरि पाखाभरि चाँप–गुराँस मझेरीमा फुल्दा
कञ्चनजंघाको ताज लगाएकी दार्जिलिङ तिमी स्वर्गकी रानी
प्रकृतिको यौवनलाई हर मौसम घुमबाट हेर्दा
सर्वांङ्ग रूप–राशीले स्वागत गर्छौ तिमी रूपकी रानी
उषाको घाम हेर्न टाइगर हिलमा म फेरि आउँला
लजाई बादलभित्र लुक्छौ दार्जिलिङ मेरी सुखकी रानी
पराइ होइन आफ्नैजस्तो लाग्छ सारा गोर्खालीलाई
कलाको मितेरी लाउँछौ दार्जिलिङ मेरी दिलकी रानी
मालीले ध्यानपूर्वक सजाएर होला दार्जिलिङ तिमीलाई
मेरो हृदयभित्र छौ दार्जिलिङ मेरी मनकी रानी ।
आज मलाई दिनभरै खुसी लागेन । बोल्न पनि मन लागेन । एक त थकाइ अर्को मूर्ख केटाहरू भेला हुने ठाउँ रहेछ हिमाल आरोहण । बलको घमण्ड गर्ने साथीहरू धेरै थिए; प्रशिक्षकलाई नै हम्मेहम्मे पार्थे । झर्को लाग्दो र ठूलो स्वरमा बोलेर बढी बाठो र नेतृत्व गर्न खोज्ने प्रयास गर्थे उनीहरू । कमजोर व्यक्ति अगाडि स¥यो भने हिर्काउने, गाली गर्नेलगायतका दुव्र्यवहार गर्थे ।
“सर, यो बाटो होइन यताको बाटो भएर जानुपर्छ,” पासाङले ठूलो स्वरमा भन्यो ।
“हामी जाने बाटो चैँ यो हो । त्यो बाटोले त रक्सी घर पुगिन्छ । तिमी बाठो नहोऊ,” प्रशिक्षकले भन्यो, “तिमी अलि बढी हुँदै छौ । मैले तिमीलाई हिँडाउने कि तिमीले मलाई ? सिक्ने मान्छे भएर बढी कुरा नगर ।”
यो ठाउँ ताप्लेजुङको पाथिभरा शिखरजत्ति नै कठिन रहेछ ।
फालौट पहाड
१५ फेब्रुअरी १९९३ (२०४९÷११÷३)
११५ एड्भेन्चर तालिम
फालौट ३६०० मिटर
क्याम्पमा स्लिपिङ ब्यागबाट टाउको र हातको घडी निकालेँ । बिहानको ५ बज्न लागेछ । मलेमा हिउँको चिसोले सतायो । वरिपरि पत्थरझैँ हिउँ जमेको थियो । चिसोले सेक्यो । उठ्न मनै लागेन । तर, ट्वाइलेट जानैप¥यो । हिउँले मुटु कमायो । हतार–हतार लुगाभित्र पसें । लुगा नै हिउँजस्तै भइसकेछ । त्यो परिस्थितिसँग जुध्नुको अर्को विकल्प थिएन । सबै जना सुतिरहेकै थिए । निद्रा लागेन; मनमा कल्पना उठ्न थाल्यो । ५ बजेर ३० मिनेटमा बेड टीको सिटी लाग्यो । अरू हल्ला गर्दै थिए । म चिसोले उठ्न नै सकिनँ ।
६ बजे साहस गरेरै जुरुक्क उठँे । कपडा मिलाएँ, ब्रस–पेस्ट लिएर बाहिर गएँ । ठिक्क ६ ः ३० मा तातो खाजाको दोस्रो सिटी बज्यो । गिलास, चम्चा, भाँडा बोकेर क्यान्टिनमा लन्च खान गएँ । तातोले जोश बढायो । मैले बाक्लो स्विटर र पेन्ट लगाएको थिएँ । साथीहरू सबै लगेज तयार गर्न व्यस्त भए । मैले सामान छुट्यो कि भनेर जाँच गरें । हिजो एक्लै सुतेकाले आनन्दसँग रात बिताएँ । कोठा सफा गरेँ ।
साथीहरू ठट्टा गर्दै थिए, “छोटे भाइ, बडे भाइ चलो ।”
बिहानैदेखि बादल लागेकाले टाढा केही देखिँदैनथ्यो । हामीसँग रेडियो पनि थिएन । जति थियो त्यो हामीमात्रै थियौं, मात्र एउटा संसार । हिँड्ने बेला भयो । सिटी बज्यो । ‘फालिङ’– दावा शेर्पाको अगाडि रुकस्याक बोकेर सबै पंक्तिमा उभिए ।
लौरो टेक्दै दावाले भने, “सन्दकपुरमा राति व्यापक हिमपात भयो । फालौट ३६०० मिटर र सन्दकपुर ३६३६ मिटर उचाइमा छ । त्यता जान सकिँदैन । आज बस्ने होस्टल फालौट पहाडमा छ र हिजोजति टाढा दूरीमा छैन । मेरो आदेशमा सबै जना हिँड्नुपर्छ; नत्र बाटोको समस्या पर्छ ।”
हुन पनि अनेक बाटा हुन्छन्; प्रशिक्षकलाई नपछ्याए अलपत्र परिने रहेछ । हिउँले पुरिएर बाटो देखिँदैन । तापनि हामी उकालो लाग्यौँ । हाम्रो लामो पंक्ति हिउँमाथि एउटा क्याराभान बन्यो । धेरै माथि नेपाल–भारत सिमानामा एउटा डढेको–भत्केको भवन थियो । गोर्खाल्यान्ड आन्दोलनमा एचएमआई होस्टल जलेको रहेछ । भवनको कालो पर्खाल, प्रवेशद्वारहरू देखिए, कंकालजस्तै डरलाग्दो थियो । भग्नावशेष बनिसकेको भवन हे¥यौँ । त्यहाँ दोबाटो रहेछ— देब्रे बाटो सन्दकपुर–दार्जिलिङ जान्छ । सन्दकपुर पहाडलाई ‘विष भञ्ज्याङ’ पनि भनिँदोरहेछ । र, दाहिने बाटो फलौट पहाड जान्छ ।
“दायाँ बाटो हिँड,” प्रशिक्षकले भने ।
म र दावा सर सँगै हिँड्यौँ । बाटो उकालो थियो । साथीहरू तल आउँदै थिए । एक्लो ठाउँमा पदयात्रीहरूका पंक्ति लामो क्याराभानजस्तै देखिन्थ्यो । खाजा खाने ठाउँ पनि थिएन । कतैकतै मान्छे भेटिन्थे । बिहानको ८ः३० बजेको थियो होला; हामीले लामो यात्रा तय ग¥यौँ ।
“सुभाष, अब तिमी अगाडि सरासर यो बाटो नछाडी हिँड । म बिस्तारै आउँला,” दावाले भने ।
“ओके सर,” मैले निर्देशन पालना गरेँ ।
हिउँ नै हिउँ थुप्रिएका बाटाहरू ! बाटो चिन्न पनि गाह्रो थियो । हिमाली झ्याउ पलाएका रूखहरू, कतै थोरै झाडी र नागबेली लहराले ढाकेका नांगा डाँडाहरू । मास्तिर डाँडामा बादल–घाम लुकामारी गर्दै थिए । केही समयपछि बाक्लो कुहिरोभित्र पस्यौँ । केही देखिएन । “बाटो कुन होला ? किन रिसाएको होला यो बादल ?,” म आफैँ बोल्दै हिँडेँ । अगाडिका पाँच जनामात्र एक राम्रो सामूिहक भएर हिँड्यौँ । हामीलाई कुकुरले पछ्याइरहेको थियो । हामीले बाटो भुल्दा त्यो कुकुर रोकिन्थ्यो; अगाडि बढ्दैनथ्यो । कुकुर हाम्रो पथप्रर्दशकजस्तै बन्यो । हामीले कुकुरलाई पछ्यायौँ ।
अब त थकाइ पनि लाग्यो । बसौँ भने भुइँ चिसो छ । बिस्तारै र लगातार उभिँदै हिँड्नु लामो बाटोमा उपयुक्त हुने रहेछ । भोक पनि लाग्यो । खानेकुरा हामीसँग केही छैन । हामी क्याम्प पुग्न नै जोसियौँ । पछाडिका साथी पर्खौँ त कहाँ हो कहाँ ! बादल फाटेपछि फालौट क्याम्प भएको डाँडा देखियो ।
“त्यो डाँडा पुग्न अब कति समय लाग्छ दाजु ?,” मैले बटुवालाई सोधेँ ।
बटुवाले भन्यो, “ऊ त्यही त हो” ।
बल्लतल्ल बिहान १० ः १० मा जाँदा विशाल डाँडामा पुग्यौँ । ओहो ! होस्टल–घर त ठूलो रहेछ ।
“लौ चिया ।”
“थप खाने ?”
“किन नखाने ?”
“सबै आएपछि लन्च खाने ।”
“ओहो ! कत्रो याक !”
यस्तै संवाद चल्यो होस्टलमा ।
डाँडाभरि याक र चौंरीहरू स्वतन्त्र चरिरहेका; डाँडापाखा हेर्दा रमाइलो देखिन्थ्यो । उचाइका प्रतीक चौंरी । तल्तिर सल्लेरी वन, खराने, मालिंगो, ढ्यांग्रे सल्लाको जंगल । जंगलमा सुगन्ध छर्ने उच्च हिमाली फूलहरू । सेतो–कालो याकको घाँटीमा घन्टी बजिरहेको एउटा नौलो संसार । स्थानीय राई, गुरुङ समुदायका भिन्नै पहिरन र परिवेश । तल घुम्ती उकालोमा जोसेफ र माम्पी घुँडामा हात राखेर उकालो चढ्दै रहेछन् । हामी हाँस्यौँ ।
“कुन ठाउँ हो यो ? सिक्किम होइन ? कि बंगाल हो ? “कता पर्छ नेपाल ?,” मैले सोधेँ, “म नेपालबाटै आएको । यहाँबाट गोसा हिमाल कति टाढा छ ?”
होस्टलका मान्छेले भन्यो, “१२ किलोमिटर ।”
फेरि सोधेँ, “यहाँ के बाली हुन्छ ?”
“अलैंची खेती ।”
सबै जना आएपछि एक–एकवटा ओछ्यान पायौँ । झोला खोलेर मैले ओछ्यान मिलाएँ । आजको बसाइ विगतको भन्दा व्यवस्थित हुने भयो । खुसियालीमा हल्ला भयो ।
“कस्तो हल्ला हो, बगडा नपचेर खाली झगडा,” सोनामले व्यंग्य ग¥यो ।
दिनको बगडा खानाको सिटी लाग्यो । प्राकृतिक दृश्यमा रमाउँदै खाना खायौं । मलाई आज सधैँभन्दा बढी रमाइलो लागिरहेछ । मलाई पहाडको शिखरमा जान मन लागेको थियो; यो ठाउँ मैले सपनामा चढेको चुलीझैं लाग्यो । कसैले चौरमा व्यक्तिगत क्याम्प बनाए । पाल टाँगेर कुक र भरियाहरू चौरमै बसे । घाम पारिलो लागिरहेको समयमा सबै काममा व्यस्त भए । साथीहरू जाडो र बतासले होस्टलभित्र आगो ताप्ने अनि लुकेर तास खेल्न थाले । मैले कुकलाई किचेनमा र सरहरूलाई पाल बनाउन सघाएँ । चिया र तातोपानी थप्दै पिएँ । सुपारी बाँडेर खायौँ । होस्टल इन्चार्ज बान्तवा दाजुलाई त्यहाँको जनजीवनबारे सोधें । राई जातिका विषयमा किताबहरू सिक्किममा प्रकाशित भएको रहेछ । बहुमूल्य रुबी पत्थर पनि कतैकतै पाइने रहेछ । चौंरीको पुच्छर ‘चमर’ धेरै मूल्य पर्ने रहेछ ।
मैले दिउँसो किताब पढेँ र डायरी लेखेँ । १ बजेदेखि मौसम खराब भयो । त्यहाँ बादल लाग्यो; केही देखिएन; झरी पर्लाजस्तो भयो । चुचुरोमा पुगेर फोटो खिच्ने मेरो रहर पनि पूरा भयो । जयबहादुर राई (पुसै)ले ईएफआर पल्टनबाट ल्याइदिएको लामो कान छोप्ने टोपी लगाएँ । ३ बजे ओछ्यानमै चिया र बिस्कुट आयो । जाडो बढिरहेको थियो । बाहिर निस्कन सक्ने सम्भावना कम भयो । यति धेरै जाडोको महसुस मैले जीवनमा पहिलोपटक गरेँ । स्थानीयवासीमात्रै काम गर्न सक्थे ।
साँझ ५ः३० मा खानाको सिटी बज्यो । मुस्किलले ४५ जनाले खाना खाएछौँ । ममा पढ्ने, गफ सुन्ने–गर्ने, लेख्ने जाँगर भएन । निद्रा नलाग्लाजस्तै भयो । हातखुट्टा कठ्यांग्रिएको थियो । हाम्रो रेखदेख गर्न प्रशिक्षक आए । हामीले आज रात जाडो खप्न नसक्ने कुरा सुनायौं । बाहिर घर उडाउने आँधी चल्दै थियो । मलाई त विपत् नै आइपर्लाजस्तो लाग्न थाल्यो । अधिकांश साथी मौन भए । उनीहरू हिउँदको हिमाली मौसमबाट डराएका थिए । सबै छक्क प¥यौं ! के होला ? बेलुका ७ बजे हामीलाई कुकहरूले कफी दिए । भोलि उचाइमा पुग्ने कार्यक्रम थियो; त्यो कसरी सम्भव होला ?
एचएमआईबाट हिँडेपछि दिनदिनै उच्च स्थानतिर लागेका छौँ । नयाँ क्रियाकलाप, हिउँ र वातावरणसँग जुध्नुबाहेक केही विकल्प थिएन । पानीको मुख्य स्रोत नै हिउँ रहेछ । हिउँ हेर्दा सुन्दर देखिए पनि वास्तवमा हिउँको जीवन जोखिम र चुनौतीपूर्ण हुने रहेछ ।
दिनहरू बित्दै छन् । गोप्रे सल्लाका बोटहरू सयौँ वर्षअघिको हिमपातको चोट बोकेर बताससँगै सुसाउँछन् । यात्रुका लागि यो पनि रमाइलो क्षण, अनुपम प्राकृतिक सौन्दर्यको छाया बन्दछ । आँखालाई दिनभरको भोज बन्छ । अविस्मरणीय झझल्को बन्छ । जब एक्लो भइन्छ तब मन शान्त हुन्छ । मधुर आनन्दको स्पर्श हुन्छ । आज बंगाली साथीहरूले हिउँको डल्ला बनाउँदै बंैसका आनन्द–उत्सव नै मनाए । उनीहरू हिउँसँग खेले । यहाँबाट फर्केपछि उनीहरू उद्योग–व्यापारको कुन दुनियाँमा भुलिने हुन् ।
आँखाले भौतिक वस्तुहरू रुचिकर छ÷छैन भन्ने छुट्ट्याउँछ । कहिले आँखाले नराम्रो वस्तुलाई पनि चिन्दैन तर यहाँ त नराम्रो वस्तु पनि थिएन । हिमाली यात्राले जीवनलाई नयाँ अनुभव, ज्ञान, आनन्द दिने रहेछ । आजै चांैंरी, घोडा, भोटे कुकुर सफा हिउँमा खेलेको जीवनमा पहिलोपटक देखेँ । चिलिमे चरा गीत गाउँथ्यो । भ्याकुर र कल्चुडा बिहानै बास्दा रहेछन् । म यहाँसम्म कुशलतापूर्वक आउन सकेँ । मलाई हिमाली यात्रा गर्ने अझै साहस र उत्साह थियो; यो मेरो जीवनको सफलता पनि हो । विगतमा भोगेका तीता क्षणलाई आज जितेजस्तो महसुस भयो । पहाड चढ्ने मेरो मृगतृष्णा मेटाउँदै थिएँ । यहाँबाट अरू हिमशृंखलाका दृश्यलाई आँखाभरि हेर्न पाएर म सन्तुष्ट भएँ । दुःख बिर्सिएँ; पीरहरू बिलायो ।
फालौट पिकमा जीवन–मरणको संघर्ष
१६ फेब्रुअरी १९९३ (२०४९÷११÷४)
एड्भेन्चर तालिम
सामरदिन उपत्यका
रातभर हिउँ प¥यो । रात बिताउन समस्या भयो । राति म धेरैपटक बिउँझिएँ । बिहान ५ बजे साथीहरू दिसापिसाबका लागि बाहिर निस्किए; म पनि निस्किएँ । उज्यालो थोरै छिरेको थियो । अझै हिउँ झर्दै थियो । जताततै हिउँ नै हिउँ । मैले निकै बेर हिउँ हेरिरहें । मुटु काम्न थाल्यो । स्लिपिङ ब्यागभित्र नसुती भएन । मोटो स्विटर, टोपी, पञ्जा, पाइन्ट, मोजा, दोचा, गलबन्दी लगाएको छु ।
“यो हिउँमा किन आएको ?,” सुत्दै गरेको पंकजले कुनाबाट भन्यो ।
६ बजे बिहान चियाकोे सिटी बज्यो । चिया ओछ्यानमै आयो तापनि थोरैले मात्र खान सके । जताततै कुहिरोले ढाकेको थियो । नियम त पालन गर्नैपथ्र्यो । भरिया जनकलाल पोखरेलसँग म पानीको भाँडो, ब्रस, साबुन, ह्यान्ड ब्रस बोकेर निस्कें । हामी परको कुवामा गयौं । हिउँले पुरिएका कुवा सफा गरेर मुस्किलले मुख धोएँ । खाजाकोे सिटी ७ बजे नै बज्यो । मैले सामान मिलाएँ ।
“पिक जान तयार होऊ,” प्रशिक्षकले भन्यो ।
दोर्जे–लाटुको नेतृत्वमा ८ बजे फालौट पिक (३६०० मिटर उचाइ) अभियानमा जान थोरैमात्र तयार भयौँ । धेरै जना त असमर्थ नै भए । उनीहरूलाई क्याम्पभित्रै गाह्रो भइरहेको थियो । बाहिर हिमपात हुनुका साथै हुरी चलिरहेको थियो । रोकिने छाँट थिएन । भित्र न्यानो कपडा त्यसपछि डाङ्ग्री र बाहिर वर्षादी र पोलिथिन कागजले शरीर ढाकेर ४५ मध्ये २७ जना क्याम्पबाहिर निस्कियौँ । बाहिर खराब मौसमका कारण केही सुनिँदैनथ्यो । देख्न पनि कठिन थियो । हिउँले ढाकेको उकालो बाटो वास्तवमै कठिन थियो । ६ जना अगाडि बढ्न सकेनन् र फर्किए । मास्तिर पुगेपछि मेरो चाहिँ जुत्ता चिप्लियो । आफैँ उठ्न प्रयास गरेँ । बादल र वर्षात्का कारण साथीहरूले मेरो अवस्थाको पत्तै पाएनन् । सबै सरासर अगाडि गए । उठेर सबै सामान मिलाउँदा उनीहरू कहाँ पुगे भन्ने मलाई थाहा भएन । म आपत्मा परेँ । फर्कन पनि ठाउँ पत्ता लगाउन नसक्ने भएँ । प्रशिक्षक र अरू शिखरमा पुगेपछि मेरो खोजी भएछ ।
“ओ ! सुभाष वाज स्ट्रङ बोई हु वाज कमिङ विद अस । वेट हेयर, आई सेल लुक फर हिम,” प्रशिक्षकले भनेछ ।
जीवन–मरणको संघर्ष २० मिनेट चल्यो ।
“आई एम लसिङ सर ।”
म चिच्याउँदै थिएँ । सिटी बजाउँदै थिएँ ।
“हेलो कमअप ।”
मैले सरलाई भेटेँ र पछ्याउँदै गएँ । त्यहाँ हिउँको कलात्मक आकृति हे¥यौँ । पग्लेको हिउँको प्राकृतिक कला, रूखमा अल्झेको, काँडामा थुप्रिएको, भीरबाट पोखिँदै गएको हिउँ देख्यौँ । नेपाल–भारतको सीमास्तम्भमा उभिएर फोटो खिच्यौँ । वरपर केही देखिँदैनथ्यो । यो ठाउँबाट नेपाल, भुटान, सिक्किम, कञ्चनजंघा हिमाल; गोसा, सन्दकपुर देखिँदोरहेछ । हिमालमा मानिस हराउने कारण र सतर्क हुनुपर्ने विषयमा मन्तव्य सुन्यौँ ।
“अल्टिमिटर बोक्नुपर्छ; यसले उचाइ नाप्न सकिन्छ ।”
“हाम्रो अभियान समाप्त भयो,” लाटुले बताए ।
यहाँ बसि¬¬रहन नसक्ने अवस्था भएको हुँदा त्यही दिन हामी सामरदिनतर्फ झ¥यौँ । हिउँमा चिप्लेर कसैले घडी फुटाए, कसैको जुत्ता फाट्यो, चुथ्रोकाँडामा अल्झेर लुगा र झोला च्यातियो । लौरोको सहायताले ओर्लनुपथ्र्यो । साथीहरूलाई पर्खँदै झर्नुपथ्र्यो । उनीहरूमा हिँड्ने आदत थिएन । यो नयाँ र रमाइलो कुरा थियो । ११ बजेतिर बिस्तारै वर्षात् रोकिँदै गयो । त्यसपछि न्यानो ठाउँ भेटियो । बाटोमा आराम ग¥यौँ । तीनपटक आराम गरेपछि १ बजे गोर्खे पुग्यौँ । त्यहाँ सरकारी होस्टल भए पनि वारिपारिको रमाइलो वन, बस्ती, खेती, खोला, डाँडा हेर्र्दै न्यानो सामरदिन उपत्यकाको सल्लाको जंगलमा पुगेर बास–घर बनाएर बस्यौँ । सल्लाको किला, छाना र नागबेलीको लहरा छापेर, सुख्खा पात खोजेर १० जनाको आआफ्नो क्याम्प बनायौँ । कुकहरूले अघि नै क्याम्पमा पुगेर चिया र खाना तयार गरेका रहेछन् ।
सामरदिनमा सानो बजार लाग्दोरहेछ । लज पनि पाइन्थ्यो । सुन्दर वन क्षेत्र पाइने । सिक्किम वन्यजन्तु आरक्षण क्षेत्रसँग जोडिएको रहेछ यो वन । यस क्षेत्रमा यातायात सुविधा थिएन । टारबारी थियो । शेर्पा र तामाङ समुदाय फागुन महिनामा जोतेका बारीमा डल्ला फुटाउने, खन्ने काम गर्दै थिए । मलाई घरको याद आयो । शेर्पा महिला डोकोभरि सोथर जंगलबाट बोकेर ल्याई भण्डारण गर्दा रहेछन् । ध्वजा गाडेका तामाङको रातो कमेरोले पोतेका घरहरू फाट्टफुट्ट देखिए । गाउँमा कुकुर भुकेको सुनिन्थ्यो । स्याल कराएको सुनेँ । त्यहाँ बिजुली बत्तीको सुविधा पुगेको रहेछ ।
२ः३० मा ओछ्यान मिलाएर म आनन्दले यो डायरी लेख्न थालंँे । १० जना साथी भागेर बजार घुम्न गएछन् । ३ बजे क्याम्प फायरमा आगो वरिपरि बसेर खाजा खायौँ । प्रशिक्षकको तालिम अनुभव; हिमालबारे रोचक जानकारी पायौँं । गफ गर्दा–गर्दै चांैरी, गाई, गोरु, बाख्राको हुल घन्टी बजाउँदै मूलबाटोमा हिँड्यो । हामी सल्लाघारी फेदमा थियौँ । अन्य पाँचवटा क्याम्पमा म घुम्थेँ । उनीहरू पनि म बसेको क्याम्प हेर्न आएका हुन्थे । भोक खुब लाग्यो । समय बितेको पत्तो हुँदैनथ्यो ।
साँझ ७ बजे सिटी बज्यो । डिनरका लागि हामी उफ्री–उफ्री गयौँ । हिउँबाट न्यानो ठाउँमा आएको हुनाले खानामा आनन्द भयो । खानापछि पाँच जना नेपाली युवा एकै डल्ला परेर सुत्यौँ ।
गोर्खे खोला तर्ने साहसिक अभ्यास
१७ फेब्रुअरी १९९३ (२०४९÷११÷५)
एड्भेन्चर तालिम
सामरदिन, बंगाल
राति गड्याङगुडुङ गर्दै पानी प¥यो । त्यस रात अघिल्लो रातजस्तै सुत्न सकिनँ । आज त झन् स्याउलाको छानो, जुन–तारा देखिने गोठ । बिजोग भयौं । राति सर्ने कुरा पनि थिएन । रातभर भिजेर काम्दै रात काट्यौँ । घरमा आमा पनि सुर्ताए होलान् । हामी ४५ जना त्यस्तो स्याउले गोठमा रातभरिको भीषण वर्षात्मा भिज्दा कुनै प्रशिक्षक हेर्न आएनन् । छानाबाट पानी चुहिएर पहाडको पानीको भल गोठैतिर पसेपछि कसरी बिताउनु रात ! हामीले लगाएका लुगासमेत भिजे । बिहान ४ बजेतिर पानी पर्न रोकियो र ५ बजे हामीलाई हे¥यो अरे । ६ बज्दा हाम्रो लागि चिया आयो । बिहानको जाडोले हामी काप्दै थियौँ; बोली प्रस्ट थिएन । चिया पिएपछि फेरि क्याम्पमा सामान टक्टकायौँ । ७ बजे गहुँको खीर, रोटी र चिया दिए । बल्ल शरीर तात्यो ।
घाम अझै देखापरेन । काम्दै म र साथीहरू हेराहेर ग¥यौँ । झन्डै ५० मिनेटपछि प्रशिक्षक दोर्जे शेर्पाले नजिकैको मिडिल स्कुलमा बस्ने व्यवस्था मिलाए । हामी सबै मैदानमा पंक्तिमा उभियौँ ।
“हिजो राति भिज्नेहरूले हात उठाऊ,” उनले आदेश दिए ।
आधाभन्दा बढीले हात उठाएपछि पाल सार्ने आदेश आयो । यसबेला चौरमा घाम लागिसकेको थियो । सबैले जंगलबाट क्याम्प उठाएर सामरदिनको विशाल चौरमा पु¥यायौँ । घाम ताप्यौँ । पानी परेपछिको सफा वातावरण आनन्दमय थियो । मलाई नेपालबाट त्यो ठाउँमा पुग्दा आनन्दानुभूति मिल्यो । म मास्तिरको हिउँ हेर्थेँ; फालौटको हिउँ घामले टल्कियो । हामी पाल पनि बनाउँदै थियौँ । स्कुलको धारामा मैले कपडा र कपाल धोएँ ।
१२ बज्यो । भोक र थकाइ लाग्यो । बैंसले मात्तिएर इत्रिने, बाख्राको पुच्छरझैं चल्ने केटाहरू पनि निकै थाके । कोही चौरमा बसेर गफ गरिरहेका पनि छन् । गलैंचाझैँ हरियो चौरभरिको झिलिमिली हेर्ने सामरदिन उपत्यकाको राता गाला भएका ग्रामीण बालबालिका, आमा–बाबा नजिकै आए । उनीहरूलाई अचम्म लागेछ । रमिता हेर्न उनीहरू भेला भएका थिए ।
“झरीले हामीलाई बिजोग बनायो,” मैले भनेँ ।
“हो र ! कहाँदेखि आउनुभएको ?,” उनीहरूले सोधे ।
“म नेपालबाट आएको,” भनेँ ।
“आबुई !,” आश्चर्य जनाए ।
मेरो हँसिलो अनुहार उनीहरूले मन पराएछन् । उनीहरू खुलेर बोले । आँखामा आगाको झिल्का उड्दै थियो भोकले । खानापछि आराम ग¥यौँ । छिटो खाना खानेले धेरै आराम गर्न पाइने रहेछ । त्यसैले हामी कुद्थ्यौँ ।
सिटी बज्यो । पंक्तिमा सबै ४५ जना उभियौँ ।
“अब हामी गोर्खे खोला जान्छौँ । त्यो खोला सिक्किम र बंगालको सिमाना हो । यहाँ नदी पार गर्ने अभ्यास गर्छाैँ । सबैले दुइटा डोरी बोक्नुपर्छ । हामी भोलि बिहानै सिक्किमको थर्पु यात्रामा जानेछौँ,” प्रशिक्षकबाट जानकारी भयो ।
जंगलै–जंगल भएर गोर्खे खोला पुग्यौँ । पहाडको खोला भएकाले खोलाको पानी झरना परेका कुनाकप्चामा ठोकिँदै झरेको आवाज सुनिन्थ्यो । खोलामा सफा पानी बगिरहेको थियो । अभ्यास गर्ने ठाउँ अप्ठेरो थियो । घाम देखिँदैनथ्यो । प्रायः सबैले प्रशिक्षकलाई सहयोग गरे ।
“यो रूखमा म चढ्छु,” मैले भनेँ ।
रूखमा डोरी बलियोसँग बाँधियो ।
“फेरि बाँध,” प्रशिक्षकले भने ।
“ल भयो ।”
पाँच जनाले खोलापारि डोरी तानेर तल ४५ डिग्रीमा पु¥याए र तन्काए ।
“यो ढुंगालाई यो डोरीले बाँध,” प्रशिक्षकको आदेश आयो ।
अब खोलामाथि भिरालो पारेर डोरीलाई तयार गरियो ।
“क्लब रोप ठीक छ,” प्रशिक्षकले जाँचे, “ओके ।”
प्रशिक्षक डोरीमा झुन्डिएरै अग्लो रूखमा चढेर आफ्नो शरीरको हार्नेस डोरीमा अड्काई दुवै हातमा क्लाइम्बिङ पञ्जा लगाएर डोरी र हातको सहयोगले खुट्टा तल सीधा राखेर सरासर खोलावारिबाट पारि झरे । हामी छक्क प¥यौँ । हेर्दा आनन्द पनि लाग्यो । त्यसका साथै डर पनि लाग्यो तर नियमअनुसार प्रत्येकले यो साहसिक अभ्यास गर्नैपथ्र्यो ।
जे पर्ला त्यही टर्ला भन्ने सोचे म रिभर क्रसका लागि तयार हुन थालेंँ । हार्नेस लगाएँ । दुइटा छोटो रोपलाई क्रस पारेर शरीर अगाडि–पछाडिबाट हार्नेसमा बाँधेँ । बाँध्ने ठाउँमा एट नट थियो । एट नटमा क्यारेबिनर ठूलो डोरीमा अडाउन सकिन्थ्यो । हातमा क्लाइम्बिङ पञ्जा लगाएँ । दुवै जना प्रशिक्षकले मलाई डोरीमा मेरो क्यारेबिन जोडेर हातको बिलेइङ खुट्टाको पोजिसनमा राखिदिए । मैले हातलाई बिस्तारै खुला बनाएँ । शरीर डोरीमा चिप्लन थाल्यो । म सर्दै–सदै सरर खोलापारि तीन मिनेटमै पुगेछु । खोला कत्रो थियो भन्ने थाहै भएन । साथीहरूले ताली बजाए । म रमाएँ ।
“गुड, वा ! वा !!,” साथीहरूले भने ।
क्रमशः साथीहरूको पालो आयो । पंकज डराएर खोलामाथि अडियो । “आऊ, आऊ,” हाँस्दै हामी करायौँ ।
कोही हल्लिँदै झर्र्थे; हामीलाई हाँस्नुको दोहोलो हुन्थ्यो । खोला किनारमा सानो पसल थियो । हामीले चकलेट, छुर्पी, चुइगम किनेर खायौँ । ४५ जनाले अभ्यास गरिसक्दा साँझको ५ बज्यो । हामी धेरै थाक्यौँ ।
“लेटअस मुभ ब्याक टु क्याम्प,” प्रशिक्षकले भने ।
पंक्तिबद्ध भएर उकालो लाग्यौँ । घुम्तीहरू धेरै थिए । रमाइलो कुरा गर्दै टेन्टमा पुग्यौँ । चिया–बिस्कुट खायौँ ।
साँझ ६ बजे सबै जना दाउरा खोजेर क्याम्प फायर गर्न थाले । ७ बजे सिटी बज्यो । किचेनमा दौडियौँ ।
मैले अर्को नयाँ अनुभव आज गर्न पाएँ । नदी तर्ने विधि, प्रक्रिया, आकर्षण र मनोरञ्जनपूर्ण क्रियाकलापदेखि म असाध्यै प्रभावित भएँ । पहाडको स्वच्छ पानी, झरना भएर बग्ने गोर्खे खोला, हिउँदे बारीका कान्लाहरू, कोणधारी सल्ला, कटुसका झुप्पाहरू थिए । साथीहरूले धेरै फोटो खिचे ।
राति डायरी लेखेर बल्ल स्लिपिङ ब्यागमा घुस्न पाइयो । मनमा कुरा खेलाउँदै सुतेँ ।
ऋषिमुनिको जस्तै एक्लो रात
१८ फेब्रुअरी १९९३ (२०४९÷११÷६)
एड्भेन्चर तालिम, सामरदिन
बिहान चिया पिउने सिटी बज्दा म स्लिपिङ ब्यागमै थिएँ । ६ बजिसकेछ । सूर्योदय देखेर रमाइलो लाग्यो । सामरदिन उपत्यकामा रातभर हुरी चले पनि बिहान भने सफा थियो । ऋषिमुनिले झैँ एक्लै एकान्तमा रात बिताउनुपर्ने दिन थियो । ओछ्यानबाट अनकनाउँदै जुत्ता लगाएर भान्सामा गएँ । राजेश प्रधान र मलाई गरी दुई कप चिया लिएर क्याम्पमा आएँ । चिया पिएर फुर्तीका साथ उफ्रँदै गिलास धोएर धाराबाट आएँ; लुगा मिलाएँ ।
बाहिर निस्केर डाँडातिर नियालें । फालौट (फालेलुङ)मा हिउँ देखियो । एचएमआईको होस्टल देखेँ । सबैले हिउँले ढाकेका पहाडको दृश्यावलोकन ग¥यौँ । थाहै नपाई समय बितेछ । खाजाको सिटी बज्यो । खाना खाएपछि अस्ति बनाएको पाल खोल्यौँ । किनकि, आज एकल क्याम्प बनाएर अर्को ठाउँमा सर्नुपर्छ । भाँडा, स्लिपिङ ब्याग, बुट, कपडालगायतका सामग्री मिलाएर रुकस्याकमा भ¥यौँ । परिस्थिति झर्कोलाग्दो भयो । रेडियो सुन्न र पत्रिका पढ्न पाइँदैनथ्यो । फुर्सदमा साथीहरू अनावश्यक गफ गर्थे ।
चौरमा घाम ताप्दैथ्यौँ । म एक्लै बसेको थिएँ । मेरो लगेज पनि सँगै थियो । देवज्योतिले मेरो फोटो खिच्यो ।
“थ्याङ्क यु,” भनेँ ।
किचेन स्टाफ, प्रशिक्षकहरू व्यवस्थापनमा दिनभर व्यस्त थिए । तसर्थ, हामीले फुर्सद पाएका थियौँ ।
‘तिरिरी...’
“फालिङ पेट्रोलवाइज,” आदेश आयो ।
हामी पंक्तिमा उभियौँ । टिम लिडर अघि र त्यस अगाडि लाटु शेर्पा थिए ।
“जसरी ऋषिमुनिहरू जंगलमा एक्लै बसेर तपस्या गर्छन् त्यसरी नै तिमीहरूले आज एक रात जंगलमा बिताउनुपर्छ । पदयात्री सधैँ साथीहरूसँग हुँदैन । तसर्थ, आज एक्लो जीवनको अभ्यास गर्नुपर्छ । यसबाट नौलो अनुभव लिनुपर्छ । यो प्रयास जीवनको आधार बन्नेछ । रातको प्रबन्ध सबैले आफैँ गर्नुपर्छ । डिनर यहाँ छ पालैसँग लेऊ,” प्रशिक्षकको आदेश आयो ।
प्रत्येकले रोटी चार÷चारवटा, मेगी, कफी, दूध, चिनी, सलाई र मैनबत्ती एक÷एक प्याकेट लियौँ । डिनर पकाउने भाँडा, खुकुरी, पोलिथिन पेपरलगायत अन्य आवश्यक सामग्री आफंै व्यवस्था गर्नुपर्ने थियो । हामीले यी सामान झोलामा राख्यौँ । जीवनलाई व्यावहारिक बनाउने यो रमाइलो अभ्यास हो ।
“अब प्रत्येक समूह आफ्नो प्रशिक्षकसँग नियमपूर्वक त्यो माथिको वन्यजन्तु संरक्षण वनमा जानुपर्छ,” निर्देशन भयो ।
“बाघ लाग्छ होला,” एक जना साथीले भने ।
“जंगलमा एकअर्काबीच भेट गर्न पाइँदैन । गीत गाउन पाइँदैन । वनपाले वा घाँसदाउरा गर्ने व्यक्तिसँग हतियार माग्न वा कुरा गर्न पाइनेछैन । यहाँ जंगली जनावरले केही गर्दैन । हामी निरीक्षण गरिरहन्छौं । समस्या परे सिटी बजाएर जनाउ दिन सक्छौ,’ प्रशिक्षकले भने, “ल लेऊ यो धागो, औषधि; टेन्टमा यी वस्तुको आवश्यकता पर्छ ।”
“आर यु रेडी ?,” उनले भने ।
“रेडी सर,” हामीले भन्यौँ ।
“मुभ,” आदेश आयो ।
५ नम्बर समूहमा गोर्खालीहरू थियौँ । हामी नेगी सरको कमान्डमा हिँड्यौँ । जंगलको उकालो ३० किलोको भारी बोकेर चढ्यौँ । पसिना बग्न थाल्यो । धुपी, सल्ला, कटुस, खराने आदिका ठूल्ठूला रूखले भरिएको घनघोर जंगलभित्र झाडी पेल्दै गोेरेटो बनाएर हिँड्नु अत्यन्तै जटिल काम थियो ।
“आइया ! काँडा रहेछ; रगत आयो,” म दुःखी भएँ ।
चिप्लिँदै हिँड्यौँ । टाटा कम्पनी जम्सेदपुरबाट आएका विद्यार्थीहरूलाई प्रशिक्षकले बासस्थान देखाए । बाँकी हामी पाँच जना थियौँ । मचाहिँ ठाउँ रोज्दै अगाडि गएँ । अगाडि सानो झरना पनि रहेछ । त्यसबाट पर उज्यालो डाँडा रहेछ । पहिरो गएर भीर पनि बनेको; मैले त्यही ठाउँ रोजेँ । म सबैभन्दा उचाइमा थिएँ । मलाई त फालौट नै पुगेजस्तो लाग्यो ।
“मिस्टर राई, यु आर हेयर ओके ?,” प्रशिक्षकले भने ।
“थ्याङ्क यू सर,” कृतज्ञता जनाएँ मैले ।
म प्रशिक्षकको प्यारो बनेको थिएँ । राम्रो ठाउँका साथै पानी पाइने उज्यालो स्थानमा पुगेँ । हल्लाले दिक्क मान्नुपर्ने थिएन । त्यो ठाउँ एकान्त थियो ।
रुकस्याक बिसाएँ । पसिनाले शरीर निथ्रुक्कै भिजेछ । वरपर हेरेर झोलाबाट सामान निकालेँ । रातिको बासका लागि ठाउँ छानेँ । त्यहाँ भलायो, एेंसेलु काँडा, अंगेरु झार छ कि भनेर नियालेंँ तर थिएन । कटुसको फेदमा रहेको पातपतिंगर हटाएँ । जमिन सफाचट भयो । मेट्रेसको नाप जमिनसँग मिलाई दुइटा मूल ठाडो किला र एउटा मूल तेर्सो बलो बनाएँ । किला बलियोसँग ठोकेर पाल माथिबाट ग्राउन्ड सिटले छोपेर तन्काउँदै चारैतिर बाँधेँ । हतारमा पालभित्र भुइँमा सुख्खा पातहरू, त्यसमाथि ढुंगा रूखबाट प्रशस्त झ्याउ बटुलेर ड्याम्म राखेँ । मेट्रेस बिछ्याएँ । राम्रो क्याम्प बनाउनेलाई उच्च अंक प्राप्त हुन्थ्यो । मलाई रमाइलो लागिरहेको थियो । पालको चारैतिर किला काटेर बलियोसँग ठोक्दै बाँधेँ; छेउ–कुना बन्द गरेर डोरीले पाललाई दुई तिरबाट रूखमा कसेँ । अझ बलियो भयो । म ढुक्क भएँ । जनावर वा मान्छेले भत्काउन पनि समय लाग्ने नै भयो । वर्षात् र शीतबाट बच्न वाटर सिट पोलिथिन पेपरले माथिबाट फिजाई बाँधेँ । सिरानीमा रुकस्याक राखेँ । खुट्टातिर कपडा र झोला राखेँ । क्याम्पबाहिर सर्प, बिच्छीबाट सुरक्षित हुन लसुन किच्याएर वरिपरि ढुंगा–ढुंगामा राखंँे । वन्यजन्तु तर्साउन पासो बनाएर रूखमा डोरी बाँधेँ । नजिकै खुकुरीले भुइँ खनेर तीनवटा कटुसको काँचो दाउरा ठोकेर भाँडा अड्याउने चुला बनाएँ । सुकेको दाउरा प्रशस्त पाइने रहेछ । सामान राख्ने आलमारी बनाएँ; ढुंगा ल्याएर बस्ने ठाउँ सजिलो बनाएँ । हातखुट्टा धोएर अल्मुनियम ताप्के र वाटर बोटल बोकेर पानी ल्याउन खोल्सातिर गएँ ।
प्रशिक्षक नेगी र दावा आए, “खै ! कलम देऊ न ।”
म सधैँ लेख्ने गर्थेँ भन्ने उनीहरूलाई लाग्थ्यो । उनीहरूले मेरो बास–घरको मूल्यांकन गरे ।
“म भरे राति आउँछु नडराऊ है !,” शारदाले भनिन् ।
शारदा आउँछिन् होला भन्ने सोचेको थिएँ । आउँछु भनेर किन आइनन् होला ? कठिन बाटोले गर्दा नै हुन सक्छ ।
“कफी म पकाउँछु है !,” हिँड्ने बेलामा शारदाले मलाई भनेकी थिइन् । उनी त्यही भनाइकै याद आइरह्यो । तालिम अवधिमा मसँग नजिकिएकी उनीमात्र त थिइन् । पहिले मैले कफी र रोटी तताएँ । शारदा खाजा खान आउँछिन् कि भनेर बाटो कुरेँ ।
उनी मलाई एकोहोरो हेरिरहन्थी र म लजाउँथेँ । उनले हेर्ने कुरा ममा के थियो ? मलाई थाहा भएन । म एक्लै भएको बेला उनी ‘के लेख्नुभएको’ भनेर सोध्दै नजिक आउँथिन् ।
ढ्याक–ढ्याक गरेको आवाज सुनेँ । नजिकै पंकज रहेछ । अर्को समूहको साथीसँग बोल्न नपाइने नियम थियो । हामी हाँस्यौँ मात्रै । ४ः३० मा म्यागी पकाएँ । साँझपख जाडो हुन थाल्यो । खुब स्वादसँग पिरो अनि तातो नुडल्स आगो ताप्दै खाएँ । जुठो बट्टा र भाँडा सफा गरेँ । गोठमा जस्तै आगो तापेँ । हावा चल्यो । मैनबत्ती निभ्यो । अँध्यारो बिस्तारै बढ्दै गयो । मसँग टर्चलाइट पनि थियो । आगो निभाएँ; किचेनका सामानहरू राखेंँ । सुत्ने विचार गरेँ । अरू साथी पनि मजस्तै गरी बसेका थिए; प्रशिक्षकहरू जाँचबुझ गर्न आइरहन्थे । डर नमानी सुत्न क्याम्पभित्र पसेँ । ढोका बन्द गरेँ ।
आकाशमा जूनतारा थिए । एकान्तमा किराको किरकिर आवाजमात्र सुनिन्थ्यो । भोलि बिहान ६ः३० बजे तल सम्पर्क क्याम्पमा ओर्लनु छ भन्ने सोच्दै थिएँ ।
ओख्रेमा गाउँघरको सम्झना
१९ फेब्रुअरी १९९३ (२०४९÷११÷७)
साहसिक कोर्स
ओख्रे, सिक्किम
मेरो एचएमटी घडी बिग्रेको थियो । तापनि, म प्रायः बिहान ५ बजे नै बिउँझन्छु । म जंगलभित्रको एकल क्याम्पमा बिउँझिए‘ । तल बस्तीतिर भाले बास्न थाल्यो । तब म ढुक्क भए‘ । अब उज्यालो पनि भयो । घरमा परेवा घुर्न थाल्यो होला । मलाई घरको हिउँदे सम्झना आउन थाल्यो । राति एक्लै सुत्दा यो कोर्ससम्बन्धी कर्नेल अजित दत्तले सोधेका प्रश्नहरू मनमा आइरह्यो ।
“यो एड्भेन्चर कोर्स गरेर तिमीलाई के फाइदा मिल्छ ? तिम्रो लक्ष्य के ? ट्रेकिङले सहयोग गर्छ ? ट्रेकिङमा अरू के कार्यक्रम दिए राम्रो होला ? समय कसरी उपयोग गर्न सकिन्छ ? विभिन्न परिवेशका मानिस एकै ठाउँमा हुँदा कस्तो वातावरण बन्छ ?”
५ः३० मा उठेँ । आगो बालेर कफी पकाएँ; बे्रडसँग खाएँ । सेल्टरलाई बिस्तारै खोल्दै पट्ट्याएँ र बाँधेँ । सामान रुकस्याकमा मिलाएर राखेँ, ब्रस, मिस्टिन, प्यानबट्टा साइट पकेटमा राखेँ । लसुन, पासो, आगो, किला, फोहर व्यवस्थापन गरेँ । भुइँघाँसमा झरिला शीत र आकाशमा पातलो बादल थियो । क्याम्पमा पुग्ने व्यक्ति मै प्रथम हुन्छु भन्ने मलाई लाग्यो । सबै ठीक भएपछि मैले रुकस्याक उचालेर काँधमा लगाएँ; पेटी बाँधेँ । जुत्ताको तुना कसेँ । सल्लाको लौरो टेक्दै डाँडै–डाँडा जंगलको बाटो भएर झरेँ । कोही साथी निद्रामा थिए; कोही खोक्दै थिए । मलाई हाँसो उठ्यो; उठाउने कोही भएन भने ९ बजेसम्म साथीहरू सुत्न सक्छन् । म ग्राउन्डमा पुगेको बेला समूह ३ का तीन जना बिउँझिएका रहेछन् । उनीहरू ‘भूत आयो’ भनेर डराएर राति नै फर्केका रहेछन् ।
सबैले मलाई खुसीका साथ सोधे, “हेलो सुभाष, गुड मर्निङ; सोलो नाइट कस्तो भयो ?”
“गुड मर्निङ, मेरो त राम्रो भयो,” मैले भनेँ ।
चिया हातमा लिएकी शारदाले भनिन् “हाई सुभाष, सोलो कस्तो लाग्यो ?”
“राम्रो ! मेरो त यो एक्लो रात न पहिलो हो न त अन्तिम नै । घरमा बारीमा गोठमा एक्लै बस्नुपर्छ । यो त पत्तै भएन तर...,” मैले भनेँ ।
“चिया पिउनुभयो ?,” उनले सोधिन् ।
“अहँ; छैन,” भनेँ ।
“जाऊँ,” उनले आग्रह गरिन् ।
मलाई दौडन मन लाग्यो र स्कुलको चौरमा ३० फन्को लगाएँ; भोटे कुकुर पनि मसँगै दौडियो । ६ बज्यो । ब्रेकफास्टको सिटी लाग्यो । किचेन स्टाफले सल्लाह गरेर परिस्थितिअनुसार खाजा दिने समय निर्धारण गर्थे । साथीहरू जम्मा हुन थाले । खाजा खाने क्रम भयो ।
हिजो राति जोशी र मिश्रले राता–राता आँखा देखेर खतराको जनाउ सिटी बजाएछन् । खैलाबैला मच्चिएछ । तर, प्रशिक्षकहरूले त्यहाँ पुग्दा केही देखेनछन् । ‘हात्ती आयो–हात्ती आयो फुस्सा’ भनेझैँ भएछ । केटाहरू जंगल बस्न मन नलागेर हल्ला गरेका रहेछन् । हाँसो फैलियो ।
सोलो नाइटको रिपोर्ट सुनाउने काम भयो ।
“सबै आइपुग्यौ ?,” प्रशिक्षकले सोधे ।
“यस सर,” भन्यौँ हामीले ।
“समूह ५ मा सुभाष राईको बास राम्रो तर ‘नो फायर’ आगो बालेको थिएन,” रिपोर्ट आयो । मलाई उक्त रिपोर्टले नरमाइलो महसुस गरायो ।
अन्य समूहका चार जनाको ‘राम्रो’ र बाँकी सबैको बास ‘सन्तोषजनक’ थियो । सोलो नाइट तीन जनाको असफल भयो ।
“सोलो क्याम्पमा शान्त वातावरणमा बसेर आफ्नो योजना बनाउन सकिन्छ । हिमालमा एक्लै बास बस्नुपर्छ । तसर्थ, यो आधारभूत बासको अभ्यास हो; आत्मनिर्भर बनाउन यो अभ्यास गरिएको हो । अब आज हाम्रो लन्च रिप्दीमा हुन्छ । रिप्दी सिक्किममा पर्छ । बास बस्न ओख्रे, सिक्किम पुग्नुपर्छ,” योजना सुनाइयो, “औषधि चाहिने भए यहाँ आऊ ।”
रातमा जोसेफलाई किरिनाले टोकेछ । रूपेशको अनुहारमा फोकाफोका उठेको देखियो । मलाई त केही भएन । हाम्रो समूहमा फस्ट एड बक्स थियो । लाटु शेर्पाको कमान्डमा रुकस्याक बोकेर हिँड्यौँ । सबैसँग धुपीका लौरा थिए । गोर्खे खोला तरेर सिक्किमको विशाल वनमा प्रवेश ग¥यौँ । बाटो ओरालो थियो । बिहानीको चिसो हावामा हिँडाइ रमाइलो भयो । नयाँ डाँडा, खोला, गुम्बा, गाउँ हेर्दै अघि बढ्यौँ । करिब दुई घन्टापछि उकालो बाटोमा जुस पियौँ । एक घन्टाको दूरी हिँडेपछि रिप्दी बस्ती पुग्यौँ । सानो हरियो डाँडामा भारी बिसायौँ । पसिना सेलाउनासाथ खाना खाने सिटी बज्यो ।
हात धुन पानीको अभाव थियो; चम्चाले खाना खायौँ । १२ बजेको भोक साह्रै मीठो भयो । रिप्दीको रमाइलो पहाडी गाउँबस्ती, घुमाउरो बाटोको दृश्य हे¥यौँ । गर्मी हावापानी भएको ठाउँ रहेछ । घुम्ती सडकै–सडकमा पंक्तिबद्ध भएर हिँड्यौँ । नयाँ ठाउँमा रमिता हेर्न पाउँदा कसलाई आनन्द लाग्दैन र ! हामी स्वतन्त्र भएर हिँडेका थियौँ । गाउँमा बिजुली बत्ती, पिउनेपानीको सुविधा रहेछ । आलु र मटर खेती देखिन्थ्यो । भस्मे बारी, पाखोबारीमा हिउँदे खेती थियो । दोकान प्रायः नभएको; टिनले छाएको; बाँसले बनेको घर; साधारण किसानको जनजीवन र रहनसहन भएको देख्दा नेपालजस्तै लाग्यो । राई, लिम्बू, सिकर्मी, डकर्मीको बसोबास रहेछ ।
अपराह्न २ः३० बजे ओख्रे पुग्यौँ । साथीहरू सबै आइपुगेका थिएनन् । भरियाले जस्तै गरी भारी बिसाएँ । म सबैभन्दा अगाडि पुगेकाले फुर्सदमा धारामा खुट्टा धोएर घाम तापेँ । यात्राले थाकिएछ । वरिपरि रमिता हेरेँ । यहाँ ओख्रे सरकारी स्कुल रहेछ । आज यही स्कुलमा बास बस्नु छ । साथीहरू आउँदै थिए । यतिबेलासम्ममा साँझ भइसकेको थियो । स्कुलको कोठाभित्र जाडोमा खाना खाएर बंगाली साथीहरूसँग सुत्न गएँ ।
तालिम भनेको यस्तो मानवीय क्रियाकलाप रहेछ जसबाट छुट पनि नपाइने रहेछ । बस्नु, हेर्नु, खानु, हिँड्नु पनि सिकाइ रहेछ । काम पूरा गर्नु विद्यार्थीको कर्तव्य रहेछ । त्यसबेलासम्म म स्वस्थ थिएँ । हुन त अनकन्टार डरलाग्दो जंगलको बाटोमा एक्लै हिँड्न सक्ने साहस सजिलै आउँदैन । ओढार, भीर, अन्धकार वनले निराश बनाउँथ्यो । डाँडा, पत्थर, पहरा, छाँगा, पुल, वृक्ष, भोटे कुकुर, बारीले कतै आनन्द त कतै त्रास दिन्थ्यो । घरमा घाँसदाउराको काम र जंगलभित्र लोकगीत गाएको याद आउँथ्यो ।
मालिंगो काटी नि लै लै बिनायो बाजा
कर्दैले कपेर ए नि हजुर
एकचोटि आउँछ नि लै लै अल्लारे बैंस
आउँदैन फिरेर ए नि हजुर ।
हिउँ–यात्रादेखि थर्पुमा गर्मीको स्पर्श
२० फेब्रुअरी १९९३ (२०४९÷११÷८)
थर्पु वेस्ट प्वाइन्ट, सिक्किम
ओख्रे लोवर सेकेन्डरी स्कुलको कोठाभित्र साथीहरूसित लहरै म पनि सुतेको थिएँ । तल ग्राउन्डमा किचेन थियो । बिहान ‘बेड–टी’को सिटी ५ बजे लागे पनि उठ्न मन लागेन । कोही किचेनमा नगएपछि कुकले नै चिया ल्यायो ।
“चिया, चिया...,” कुक करायो ।
“आफैँ खाँ ,” केही साथी भन्दै थिए ।
मैले दुई कप पिएँ । म खानमा अल्छी गर्दिनथेँ । चिया पिएपछि मात्र उठेर धारामा गएँ । टवाइलेट सामग्री मसँगै थियो । हरियो चौरमा दौडेँ । अब शरीर जाँगरिलो भयो ।
ब्रेकफास्ट सुरु भयो । त्यसपछि मैले आफ्नो ओछ्यान उठाएँ । रुकस्याकमा लगेज सधैँझैँ मिलाएँ । एक घन्टा ३० मिनेटमा मात्र साथीहरू हिँड्न तयार भए । मचाहिँ हिँड्ने काममा छिटो गर्थेँ ।
“अब लन्च थर्पुमा मात्र पाइन्छ; बाटोमा किनेर खान पाइन्छ । रमाइलो गर्दै प्रशिक्षक सोनाम शेर्पासँग हिँड ।”
किचेन स्टाफ गाडीमा अघि गए । हामीचाहिँ घुमाउरो बाटो हिँड्नुपथ्र्यो । पहाडमा बस्ने आठ जना अगाडि हिँड्यौँ ।
ओख्रेबाट सोमबारे बजार तल्तिर पर्छ । छोटो बाटो खोज्दै हामी ओरालो झर्न थाल्यौँ । पहाडको गाउँबस्ती, मानिस, बगैंचा, फूल, खेतबारी, आँगन, धारा, गाईगोठ, सुँगुरको खोर, बाख्रा खोर, पुराना घर, रातो माटोले पोतेको घर, मौरीको घार, सिँगाने बालबालिका, घाँस¬–दाउरामा जाने मान्छे, बूढापाका, बाँसघारी, मोही पारेको, गोरु जोतेको, मकैको थाँक्रो, किशोरकिशोरीको फुटबल, गुम्बा, मन्दिर हेर्दै १० बजे बिहान सोमबारे पुग्यौँ । त्यहाँ कालोपत्रे सडक भेटियो । करिब ५० घर सडकको दुवैतिर थिए । मैले एउटा घरमा पानी मागेँ । साथीले उखु किन्न मागे ।
“म नेपालबाट आएको,” मैले आफ्नो परिचय दिएँ ।
“हामी पनि नेपालबाटै दुई वर्षअघि बसाइँ आएको हो नि !,” एक जना नेवार महिलाले भनिन् ।
उखुको दामस्वरूप भारु १० दियौँ तर उनले लिन मानिनन् । उखु टोक्दै तल बजारमा पुगेर बिश्राम ग¥यौँ । त्यहाँ समोसा, चिया, तरकारी किनेर खायौँ । यो सानो पहाडी बजार रहेछ । बजारमा बंैक, पुलिस थाना, अस्पताल, संग्राम परिषद्को झन्डा थियो ।
म, क्याजोल र राजेश दरमदिन जाने बाटो सोध्दै ओरालो झ¥यौँ । घाम लागेको थियो । गर्मी क्षेत्र रहेछ । झन् गर्मी ठाउँतिर झर्दै थियौँ । बाटो डाँडाबाट ओरालो लाग्यो । पारि पहाडको फेदमा आमबोटे बस्ती देखियो । त्यहाँ धान फल्ने समतल टारबारी रहेछ । यो साँघुरो उपत्यकाजस्तै छ ।
हामी दरमदिन बजार पुग्यौँ । धान, तोरी, सब्जी नै मुख्य बाली रहेछ । त्यसबेला आरु गुलाबी रंगमा, टारमा पँहेलपुर तोरी फुलिरहेको थियो । यो त मलिलो, गर्मी उपत्यका रहेछ । पक्की सडक, घरेलु उद्योग कार्यालय, सफा चोक बजार थियो । भर्खरै भएको चुनावमा हातले लेखेर प्रचार गरिएको पोस्टर देखेँ । लेखन कला शुद्ध नेपालीमा थिएन । बाटोको कठिनाइ र गर्मी हावापानीले दिक्क भएँ । तापनि, सिक्किम पुग्न पाएको यो पहिलो अवसरमा ज्यादै खुसी लाग्यो । सोमबारेबाट एउटा अभ्रख ढुंगा बोकें । भौगोलिक दृष्टिमा भिरालो धरातल छ । यहाँ बलौटे माटो पाइँदोरहेछ । सिक्किमकोे पहाडी गाउँघर, बेंसी, खोला, सडक, बिजुली, ग्रामीण जीवनशैली प्राकृतिक रूपले सुन्दर छ ।
बाटोमा आरामसँग हिँड्यौँ । साथीहरू अघि–पछि छरिएर हराए । थर्पु खोला पारि रहेछ । अझै बाटो धेरै लामो थियो । थाकेर भारी फ्याँक्नुजत्तिकै लाग्थ्यो । घुम्ती बाटो, केराघारी, भालुबाँसको झ्याङ देखियो । हिँड्दा बाटोमा एउटा पक्की ठूलो घरमा पहेंलै फूल फुलेको थियो– डिसेम्बर फूल । गेट, बरन्डा, भित्तामा लहरा फैलिएर सुन्तला रंगमा टम्म फुलेको मैले पहिलो पटक देखेँ । क्याजोल दत्तलाई पनि यो फूल साह्रै सुन्दर लागेछ । उसले अनुमति मागेर फूलसँग मेरो फोटो खिच्यो ।
घरबेटीले हामीलाई सोधे, “तपाईंहरू कहाँबाट आउनुभएको ?”
हामीले भन्यौँ, “हिमाल चढ्ने अभ्यास गरेर आएको; अब रंगिट नदीमा ¥याफ्टिङ अभ्यास गर्न जाँदै छौँ ।”
उनीहरू अचम्मित भए । हामीसँग कुरा गर्न पाउँदा खुसी पनि देखिए । हाम्रो भेषभूषा विदेशी पर्यटकको जस्तै थियो । बाटोदेखि माथि भिरालो बारीमा चिलाउनेको रूख देखेर मलाई घरको याद आयो । तल्लो क्षेत्रमा भित्री मधेसजस्तै आँप, लिची, मेवा हुने हावापानी पाइन्छ । माटोकोरे, रुपी, बकुल्ला पाइने रहेछ । त्यहाँको बलौटे माटो चिनीझैं रहेछ । बाटो तेर्सो आयो । भोक, तिर्खा र थकाइ खप्न नसकिने भयो । बल्लतल्ल दिउँसो १ बजे थर्पु सेकेन्डरी स्कुल पुग्यौँ । रुकस्याक कोठाभित्र राखेर मिस्टिन, चम्चा, गिलास निकालेर पसिना नसेलाई नै तात्तातो भात, दाल, तरकारी, चट्नी भरपेट खायौँ । खाना खाँदा झन् गर्मी भयो । मजस्तो पहाडेलाई त गर्मीले आपत्ै पा¥यो । म छटपटाएँ । पानीमा हातखुट्टा, मुख धोएँ ।
यो हाई स्कुलको आँगनमा बसेर ट्रेकिङ किताब पढेँ । नेपालले सिक्किमसँगै दार्जिलिङलाई सन् १७८० मा गाभेको थियो र सुगौली सन्धिपछि नेपालले सिक्क्मिसँगै दार्जिलिङलाई पनि गुमाएको थियो । सुगौली सन्धि हालको बिहारको सुगौली भन्ने स्थानमा भएको थियो । पारि भित्तामा दार्जिलिङ सहर भव्य सुन्दर देखिँदोरहेछ । मलाई जीवनमा पहिलोपटक ‘पहाडकी रानी’लाई देखेँझैँ अनुभूत भयो । थर्पु स्कुलका शिक्षकहरू होस्टलमा बस्दा रहेछन्; उनीहरूसँग सद्भावपूर्ण चिनारी र कुराकानी भयो ।
विभिन्न प्रजातिका सुनाखरी त्यहाँ पाइँदोरहेछ । सुनाखरी प्रशस्त पाइने हुनाले सिक्किमलाई ‘सुनगाभाको भूमि’ भनिन्छ । साँझमा वरपरको बस्तीमा घुमफिर गरेँ । हिमालको एकान्त वातावरण, हिमशृंखला मेरो मानसपटलमा छाया परिरहेको थियो । मलाई दरमदिन मन प¥यो । घमाइलो दिनमा क्षितिजमा खुला आकाशमा बादलका धब्बाहरू चित्ताकर्षक देखिन्थे । त्यो देखेर म रमाएँ; थकाइ बिर्सिएँ । त्यहाँबाट दार्जिलिङ र सिक्किमको दृश्य जति हे¥यो उति हेरूँ लाग्ने रहेछ । रातमा झिलिमिली दार्जिलिङ सहर सपनामा झैँ लाग्ने । धेरै दिन जंगलमा बसेर आज थर्पु आइपुग्दा ‘गाँजलु ती ठूला–ठूला आँखा’ गीत मनभरि गुञ्जिरह्यो । डायरी लेखेर आफ्नो भाग्य र जीवन सम्झँदै–सम्झँदै निद्रादेवीको काखमा लुटपुटिएँ ।
रंगिट किनारमा क्याम्प बनाउने प्रतिस्पर्धा
२१ फेब्रुअरी १९९३ (२०४९÷११÷९)
एड्भेन्चर कोर्स
सिगंला, बंगाल
बिहानदेखि सिगंला यात्राको तयारीमा सबै जना सलबलायौं । थर्पुदेखि सिगंला १९ किलोमिटरको दूरीमा रहेछ । थर्पु बजारमा एक रात बिताएपछि बिहान ७ बजे पंक्तिबद्ध भएर उभियौँ ।
“आजको लन्च सिगंलामा मात्र पाइन्छ । जोरथाङ बजारमा केही किनमेल गर्न एक घन्टाको समय छ । सिक्किम पुलिसले समात्यो भने एचएमआईको परिचय दिनू र लाटु शेर्पालाई भेट गराउनुपर्छ,” हामीलाई निर्देशन भयो ।
त्यस दिन कालोपत्रे गरिएको सडकमा हिँड्नुपर्ने भयो । पैदल यात्राका लागि पक्की सडक उपयुक्त हुँदैन । पदयात्रा गर्न घाँसको बाटोमा सहज हुन्छ । लौरोको सहारा भए यात्रा अझ बेस हुन्छ । धेरै साथीले थर्पु बजारमा लौरो फ्याँकिसकेका थिए; लामो यात्राको थकाइले लौरोसमेत भार भयो । यो बाटो रामम नदीको किनारै–किनार रहेछ । यो किनारमा रमणीय जंगल थियो । ओरालो झर्दा कतै चोरबाटो भएर हिँड्यौँ । यो क्षेत्रमा पहेंला पात हुने सुरिला रूख पाइँदोरहेछ । टाढाबाट यसको दृश्य आकर्षक देखिन्थ्यो । जति कम उचाइमा झ¥यो उति गर्मी हावापानी थियो । दुई घन्टाको पैदलयात्रापछि त्यहाँ गाडी, भ्यान, टयाक्सी, बसको हर्न, भीडको कोलाहल, हाई भिजन हलको हिन्दी गीत सुनिन थाल्यो । उता रंगिट नदी सुसाइरहेको थियो । बल्ल सिक्किमको जोरथाङ आइपुग्यौँ । रंगिट नदी किनारमा यो बजार अवस्थित छ । त्यहाँ नेपाली भाषा बोलिँदोरहेछ । पहाडको भित्तामा सफा सानो बजार; मिलेका ससाना घरहरू; सिक्किम–दार्जिलिङ जोड्ने ठूलो रंगिटको विशाल एकखम्बे पक्की पुल, सिपाही उभिएझैँ सडक किनाराका वृक्ष, बगैंचा । आहा ! रमणीय फूलबारी भएको नामगेल होटल, रेस्टुरेन्ट । रंगिट र कर्णाली नदीको पुल उस्ताउस्तै लाग्यो ।
जोरथाङमा प्रहरीले सोधे, “तिमीहरू कता हिँडेको ?”
“हामी एचएमआई दार्जिलिङबाट आएका हौँ । एड्भेन्चर फिल्ड ट्रेनिङ फालौट र सामरदिनमा गरेर फर्किँदै छौँ,” भन्यौँ हामीले ।
“ए ! तिमीहरू अब सेन्ट जोसेफ स्कुलको होस्टल सिगंंला जाऊ,” प्रहरी अधिकारीले भने ।
म साथीहरूसँग रंगिट नदीको निर्माण र भौगोलिक स्थान हेर्दै हिँडेँ । जोरथाङबाट ग्यान्टोक, पेदोङ, नाम्ची, गेजिङलगायतका सहर जाने बाटाहरू रहेछन् । हामीले आफ्नो बाटो समायौँ । १२ बजे सिगंला होस्टलमा पुगेर रुकस्याक बिसाएँ । त्यहाँ बिमिरो, मेवा, आँप, लिची र अम्बाको बगैंचा रहेछ । काग र भँगेरा बगैंचामा प्रशस्त थिए । मालीसँग पहिले नै चिनारी भएकाले बाथरुममा तातो पानीले नुहाएँ । १० दिनको हिमाली लेउ, पसिना, रुघाखोकी, सिँगान पखालेँ । सबै लुगा धोएँ । त्यस समयमा त्यहाँको तापक्रम ३२ डिग्री सेन्टिग्रेड थियो । तापक्रम अधिकतम ३८ डिग्री सेन्टिगे्रडसम्म पुग्दोरहेछ । माली दाजुका श्रीमती र छोराछोरीसँग पनि चिनाजान भयो । भाउजूले चिया दिएर स्वागत गरिन् । उनले मलाई खाना खान अनुरोध गरिन् । तर, म शाकाहारी हुनाले हाम्रो किचेनमै गएँ ।
प्रशिक्षक प्रतापसिंह राईले रंगिट नदीपारिको झाडीबाट क्याम्प बनाउन चाहिने किला, काठ, बार काटेर ल्याउने निर्देशन दिएपछि हामी खुकुरी लिएर खोलापारि गयौँ । मैले लामो एउटा बाँस काटेर ल्याएँ । रंगिट किनारमा एकान्त ठाउँ थियो ।
“क्याम्प कहाँ बनाउनु सर ?,” मैले सोधेँ ।
“यहाँदेखि क्रमशः पेट्रोल १, २, ३, ४ र ५ को बनाउनू,” निर्देशन आयो । लाटु, सोनाम, निमा शेर्पा ल्होसार (नयाँ वर्ष) मनाउन गए । बौद्धमार्गीको मुख्य चाड ल्होसार हो । नेपालमा पनि यो चाड मनाउने गरिन्छ ।
प्रशिक्षक थोरै भएकाले केटाहरू अल्छी गर्न थाले । मैले चाहिँ मेरो समूहका साथीहरूलाई अनुरोध गरेँ, “छिटो गर; राम्रो क्याम्प बनाएर पारि घुम्न जाउँला ।”
दुई धुरी खम्बा, चार छेउ खम्बा जोड्न थाल्यौँ । तीन जनाले ग्राउन्ड सिट डोरीले जोड्न थाले । भित्रको सुत्ने सतह मिलायौँ । ढोकाको किल्ला अड्यायौँ ।
“यहाँ बाँध है ! नत्र राति खोलाको हावाले उडाउँछ,” मैले सुझाएँ ।
पाल माथिबाट ड्याम्म ढाक्यौँ र बाँध्यौँ । खम्बा र पाल क्लाइम्बिङ रोपले साना छड्के किला ठोकेर चारतिर तन्काएर कस्यौँ । पानीको भल बगाउन कोदालोले नालीे बनाई पाललाई भुइँमा ढुंगाले थिचेर बलियो क्याम्प बनायौँ । छानामाथि पोलिथिन कागजले ढाकेर वर्षात्का लागि सुरक्षित क्याम्प बनाइयो ।
“अस्तिको जस्तो दुःख अब हुनेछैन,” हामी ढुक्क भयौँ ।
भित्र १० जना सुत्न प्रशस्त ठाउँ भएछ । ग्राउन्ड सिट पाल ओछ्याएर रुकस्याकबाट स्लिपिङ ब्याक निकालेर छेउमा राखेँ । सबैले सामान मिलाए । अब क्याम्प तयार भयो । विदेशी क्याम्पजस्तै रंगिन घरहरू ।
“क्याम्प बनाइसक्यौँ सर,” मैले प्रशिक्षकलाई जानकारी गराएँ ।
“ओके ! तिम्रो पेट्रोल नम्बर कति हो ?,” प्रशिक्षकले सोधे ।
“फाइभ,” भनेँ ।
कोही क्याम्प बनाउन थाल्दै छन्; कोही रम्बा खोज्दै छन्; कसैलाई भने किला बनाउनै आउँदैन अनि हेरेर बसेका छन् ।
“ओ ! सुभाष, खै मेरो त साथी नै छैन । ल्होसार मनाउन गयो,”............भन्यो ।
मैले सबैलाई सहयोग गरेँ । मैले गरेको सहयोगको मूल्यांकन हुनेछ भन्ने आशामा छु । पंकजलाई फोटो खिच्न मन लागेछ । हतारमा फोटो खिचियो । पारि जोरथाङ बजार प्रस्ट देखिन्थ्यो । हामी खोंचमा थियौँ ।
“फालिङ”.......... ।
“यो क्याम्प बनाउने कम्पिटिसन हो । यसमा २४ अंक ल्याई समूह ५ प्रथम भयो; .... क्रमशः द्वितीय र तृतीय भए । यसको पुरस्कार २६ तारिख ‘कन्भोकेसन डे’मा दिइनेछ,” प्रशिक्षकबाट जानकारी भयो ।
पुरस्कार जित्न सफल भएकोमा म खुसी भएँ ।
“राति क्याम्प जाँच गरिनेछ । क्याम्प छाडेर कोही जोरथाङ वा सिगंला बजार जान पाउनेछैन, याद राख्नू,” प्रशिक्षकले कडा निर्देश गरे ।
यस्तो कडा निर्देशन आए पनि बेलुका ७ बजे खाना खाएपछि आधाजति प्रशिक्षार्थी सिनेमा हेर्न भागे । केही साथी लिएर म क्याम्पमै आएँ । साथीहरूले जम्सेदपुर र कोलकाताका गफ सुनाउन थाले । म पढ्न थालंँे । साथीहरू सिगरेट पिउँदै बगरै–बगर लुकेर सिगंला बजार गएछन् । प्रतापसिंह र शारदाबाट ८ बजे क्याम्प जाँच भयो ।
शारदाले भनिन्, “सुभाषमात्र लेखिरहेको छ ।”
प्रतापसिंहले हाँस्दै सोधे, “तिम्रा साथी कहाँ छन् ?”
“आई एम नट सिअः सर,” मैले अनभिज्ञता जनाएँ ।
राति १० बजे सिगंला सिनेमा हलमा जाँचबुझ भएछ । २३ जनाजति गाली खाँदै क्याम्पमा आए । २१ जना खाना नखाई जोरथाङ सिनेमा हलतर्फ गएका रहेछन् । उनीहरूले ‘सिक्किम रम’ क्याम्पमै ल्याएर पिएछन् । उनीहरूको झगडा पनि भएछ । १० बजेपछि साथीहरू आएको अलिअलि थाहा पाएँ । शून्य बगरमा म एक्लै थिएँ । रातको १० बजे दोस्रोपटक जाँच हुँदा ममात्रै निदाइरहेको शारदाले भेटिछन् । मेरो योजना उत्कृष्ट ट्रफी र सर्टिफिकेट हात पार्नु थियो । त्यसकारण म इमानदार र विश्वासी बन्ने प्रयासमा थिएँ ।
सिगंलामा कुकिङ कोर्स
२२ फेब्रुअरी १९९३ (२०४९÷११÷१०)
११५ एड्भेन्चर
सिगंला
बिहान ६ बजे चियाको सिटी बज्यो । धेरै जना सानो रंगिट खोला किनारमा सरसफाइका लागि गए । क्यान्टिनको चिया पिएपछि म नजिकैको सिगंला बजार मर्निङवाकमा निस्किएँ । बजार सानो भए पनि पक्की सडक थियो । मैले नयाँ वातावरणको अवलोकन गरेँ । सिगंला चिया बगानमा रमिता हेर्दा मन आनन्दित भयो । त्यसपछि म साथीहरूसँग क्याम्पमा फर्किएँ । पारि सिक्किम वारि दार्जिलिङबीचको सिगंला संगमस्थल रहेछ ।
७ बज्यो । किचेन अगाडि बसेर सबैले ब्रेड, खीर, नमक, नौनी घिउ र चिया खायौँ ।
“आज खाना पकाउने प्रतिस्पर्धा छ, सबैले आफ्नो क्याम्प अगाडि ऊ त्यो रंगिटपारिको वनबाट दाउरा खोजेर ल्याऊ,” प्रशिक्षकले भने, “समूह १, २, ३, ४ र ५ ले यहाँ क्रमशः चुला र भान्सा बनाऊ । ल जाऊ, होसियार भएर हतियार चलाउनू, हरियो रूख काट्न पाइँदैन ।”
“कसरी खोला तर्नु ?,” ........भनिन् ।
“खोला तर्न डराउनेले कसरी दाउरा ल्याउँछौ ?,” सोधनी भयो ।
आदेश हो मान्नैप¥यो । लेउ लागेको ढुंगामा टेकेर रश्मी खोलामा लडिन् ।
“अहिल्यै माछा मार्न थालेकी रश्मी ?,” एक जनाले जिस्क्यायो ।
“बिचरी ! खोला तर्ने बानी छैन होला; नजिस्क्याउन,” मैले भनेँ, “यहीँ बस । तिम्रो लागि मै दाउरा ल्याइदिउँला ।”
सबै जना खोलापारि दाउरा काट्न लागे । काँचो रूखको दाउरा खोज्न थाले ।
त्यो देखेर पासाङले भन्यो, “स्टेभले त आज काँचो भात खाने हो कि क्या हो ?”
“नो प्रब्लम यार !,” स्टेभले भन्यो ।
कसैले सिन्का भाँचेर तयार पारेको बिट्टालाई लहराले बाँधेका थिए; कसैले बाँस, पुराना हाँगा–ठुटा र मूढा भेटाए । म एक अँगालो दाउरा बोकेर आइसकेको थिएँ । लामो बाँस बोकेर आउँदै गरेका दुई जना खोलामा चिप्लेर लडे । दाउरा खोलाले बगायो । उनीहरूले समाउन सकेनन्; सहयोगको याचना गरे ।
“जसले दाउरा ल्याउँदैन आज उसले भात खाँदैन,” पासाङले भन्यो । उनीहरू बिलखबन्दमा परे ।
१० बजे ५ जनालाई अलग–अलग चामल, दाल, तरकारी, मसला, नुन, दाउरा, तीनवटा भाँडा र डाँडु दिए । एक समूहमा नौ जना थिए । प्रत्येक समूहले चाँडै खाना पकाउन थाले ।
“समय, स्वाद अनि सहयोगको जाँच गरिन्छ । खाना पाकेपछि जाँच गराउनका लागि त्यो टेबलमा ल्याउनू,” प्रशिक्षकले भने ।
सबैलाई खाना पकाउने ज्ञान थिएन । उनीहरूमा त्यसप्रति रुचि पनि देखिँदैनथ्यो । हामी समूहमा खाना पकाउन व्यस्त भयौंँ ।
“फस्र्ट हुनुपर्छ छिटो गर न !” मैले साथीहरूलाई भनेँ ।
आगो बाल्ने; चामल केलाउने; पानी ल्याउने; दाल केलाउने; तरकारी काट्ने; मसला पिस्नेलगायतका काम फटाफट भयो । म रहेको समूह ५ यस कार्यमा छिटो थियो । तर, हतारिएर समूह २ ले खाना जाँच गराउन भात, दाल र तरकारी टेबलमा पु¥यायो । त्यसपछि हामीले राम्ररी पकाएर भिन्नाभिन्नै प्लेटमा खाना राखेर टेबलमा पु¥यायौँ । अन्य समूहले पनि क्रमशः खाना तयार पारे ।
प्रतापसिंह राईले सबैको खाना जाँच गरे । भोक र गर्मीले सबैलाई सतायो ।
“छिटो भात खाऊँ न ! अरू कुरा पछि गर्नू,” साथीहरू कराए ।
“पेट्रोल २ प्रथम (२५ अंक), पेट्रोल ५ दोस्रो (१८ अंक), पेट्रोल ३ ले १६ अंक, पेट्रोल १ ले १४ अंक र पेट्रोल ४ ले १२ अंक । सबैलाई बधाई,” राई सरले नतिजा सुनाए ।
वाह ! वाह !! भन्दै सबैले ताली बजाए ।
सामूहिक काममा एक जनाको कमजोरीले समूहलाई प्रभाव पार्छ । हार–जितमा सबैको बराबर भूमिका रहन्छ । घामले पोलेर शरीरबाट पसिनाको मूल फुट्यो । खाना पकाउँदा र दाउरा खोज्दा नै सबै थकित भएका थिए । बफे शैलीमा आफैं पस्केर रुचिअनुसार खाने सल्लाह भयो । त्यो दिनको खाना स्वादिष्ट भयो । सबै खुसी भए ।
त्यसपछि कोही नुहाउने; कोही पौडी खेल्ने र कोही लुगा धुने भए । पौडी खेलेको हेर्न मलाई रमाइलो लाग्थ्यो । खोलाभर छरिएका साथीहरू आनन्दले चिच्याउन, गीत गाउन र फोटो खिच्न थाले ।
म साथीहरूसँग २ बजे जोरथाङ बजार घुम्न गएँ । रंगिट नदीको पुलमा पाँच जनाले फोटो खिच्यौँ । सिगंलाबाट जोरथाङ हेर्दा सानो सुन्दर सहर देखिन्थ्यो । ट्याक्सी लाइन, सब्जी लाइन, हुँदै हामी सिनेमा हलमा पुग्यौँ । एउटा रेस्टुराँमा मैले भारु ५ को खाजा खाएँ । आज कसैले पनि एचएमआई किचेनमा गएर खाजा खाएनन् । त्यसबाट गाली पाइने भयो भनेर मन बिचलित पनि थियो । मैले आफ्नो घडीको नयाँ चेन भारु ७ मा किनेँ । साँझको फिल्म हेर्न साथीहरू सिनेमा हलतिर लागे । मलाई लाग्यो हामीले अनुशासन भंग गर्दै छौँ । साँझ ५ः३० मा म एक्लै क्याम्प फर्किएँ । मसँग रमाइलो गर्न पैसै थिएन । आफ्नो विवशताप्रति म खिन्न थिएँ । क्याम्पमा कोही थिएनन् । म एक्लै भएपछि नरमाइलो लाग्यो ।
६ बजे खानाको सिटी लाग्यो । बजारमा खाजा खाएकाले भोक लागेको थिएन । भोलि बिहान सिगंलादेखि दार्जिलिङसम्म उकालो हिँड्न बे्रड लन्चको भरमा गाह्रो पर्ला भन्ने डरले खाना खान गएँ । हुुन त गर्मीमा खाना रुच्दैन पनि । खाना खान २६ जनामात्र आए । खानापछि दिनमा ल्याएको दाउराले क्याम्प फायर बनाइयो । अँध्यारो रातमा हाँस्दा, गाउँदा, गफ गर्दा–गर्दै साथीहरू हराए । मचाहिँ क्याम्पभित्र पसेर आजको दैनिकी लेख्न बसेँ । नेगी सरले ‘फालिङ’ भने । कोही थिएनन्, पालघरबाट ममात्र निस्केँ ।
“अरू कहाँ गए ?,” उनले सोधे ।
“म लेख्दै छु सर; मलाई थाहा भएन,” मैले भनेँ ।
उनले अनुपस्थितको नाम टिपे । पल्लो क्याम्पमा चार जना सिगरेट तान्दै रहेछन् । महिला प्रशिक्षार्थी पनि जोरथाङ बजार गएका थिए ।
शारदाले भनिन्, “सुभाष तिमी एक्लै ?”
“हजुर, म एक्लै छु । कसलाई साथी खोजूँ त !,” मैले भनेँ ।
“धत्तेरी !,” उनले भनिन् ।
राति प्रशिक्षकहरू विद्यार्थीहरूलाई खोज्न गए । म खोला किनारमा एक्लै पढ्दै थिएँ ।
“सुभाष तिमी यहीँ बस्यो ?,”........भने ।
“हो,” मैले भनेँ ।
“हामीलाई त नेगीले सिगंला सिनेमा हलबाट तानेर निकाल्नुभयो,” उनले रिपोर्ट सुनाए ।
“ला ! क्यारेक्टर खत्तम !”
नेगी सर फेरि जोरथाङ बजारको सिनेमा हल गए । अब हल्ला सुरु भयो— नेपाली, हिन्दी, बंगाली, अंग्रेजीमा । कोही पढ्न थाले । म स्लिपिङ ब्यागमा पसेँ ।
रंगिट किनारदेखि एभरेस्ट संग्रहालयमा
२३ फेब्रुअरी १९९३ (२०४९÷११÷११)
११५ एडल्ट एड्भेन्चर कोर्स
एचएमआई, दार्जिलिङ
बिहान ५ः३० मा चियाको सिटी बज्यो । कोही उठेनन्; सबै मस्त निद्रामा थिए । प्रतापसिंह राई प्रत्येक पेट्रोल क्याम्पमा सिटी बजाउँदै ‘चिया पिउन उठ–उठ’ भन्दै गए । दार्जिलिङ जान पाउने भएपछि म आज बिहान निक्कै खुसी थिएँ । मलाई दार्जिलिङ घरजत्तिकै प्यारो लाग्थ्यो । धेरै दिनसम्मको जंगलको बास, खाना अनि हिँडाइले वाक्क थिएँ । मैले भान्सामा चिया पिएँ । लथालिंग सामानलाई रुकस्याकमा मिलाएँ ।
बिहान ७ बजे ब्रेकफास्टको सिटी लाग्यो । आनन्दसँंग खाजा खाएँ । सेन्ट जोसेफ स्कुलका माली र उनको परिवारलाई भेटेँ । मैले उनीहरूसँग बिदा मागेँ । मैले बाटोको लन्चका लागि चारवटा रोटी बट्टामा राखेँ । सबैले ‘आआफ्नो क्याम्प खोल्नू; पन्साउनू, फोहर फ्याँक्नू,’ भन्ने आदेश आयो । ढुंगा, काठ, बाँस, कागजलगायतका सामान हटाएपछि रंगिट नदी किनार पुनः खुला चौरजस्तो देखिन थाल्यो । त्यसबेलासम्ममा हामी तयार भइसकेका थियौँ । हामीलाई दार्जिलिङ कति बेला पुगौँ र आनन्दसँग बसांँैला भन्ने भइरहेको थियो । लाटु शेर्पा ट्रकमा हामीलाई ल्याउन रंगिट खोलापारि आए ।
“सबैले रुकस्याक ब्याग, लगेज बिस्तारै खोलापारि ल्याऊ,” हामीलाई माथिबाटै नियालेर उनले निर्देशन दिए, “अर्को पटक ल्याउन आउनुपर्छ; एकै पटकमा बोक्न सकिँदैन ।”
सामान लिएर खोला तरेपछि ट्रकमा ग्राउन्ड सिट पाल राख्यौँ । फालिङमा समूह नेतासहित पंक्तिबद्ध भएर उभियौँ ।
लाटु शेर्पाले गाली गर्न थाले, “हिजो राति खाना र खाजा पनि नखाई जोरथाङ जाने बदमासहरू ! फिल्म हेर्न कसले आदेश दियो ? क्याम्प छाडेर पाँच जना केटा रातमा गोठमा सुत्ने कारण के हो ? सिगरेट र सिक्किम रम पिएर बाहिर सुत्दा हत्या भएको भए के हुन्थ्यो ! कसले रम पिएको थियो ? भन । अनुशासन भंग गर्ने; अनुमति नलिने; प्रशिक्षकको इज्जत नराख्ने ! ४५ जनालाई नै सजाय दिन्छु । सबै जना भारी बोकेर चार घन्टा उकालो हिँड । खाजा नदिने र ट्रकमा पनि नलैजाने । एचएमआईको प्रिन्सिपलबाट सर्र्टिफिकेट रद्द गराउँछु ।”
उनले ब्रान्डी रमको नौवटा खोल जलाउन लगायो । डरले कोही बोलेनन् । अरूको हीन कामले गर्दा मैले पनि दुःख पाउनुप¥यो । एउटाले बिराउने शाखा पिराउने भनेजस्तै भयो ।
काँँधमा गह्रौँ रुकस्याक राखेर उकालो लाग्यौँ । डाँडै–डाँडा चियाबारी बीचमा उकालो बाटो थियो । दार्जिलिङमा सर्वप्रथम चियाको बिरुवा परीक्षणका लागि दार्जिलिङकै बर्चउडमा रोपिएको थियो । यो चियाको बिरुवा चीनबाट ल्याइएको थियो । दार्जिलिङमा चिया खेती गराउने व्यक्ति डा. क्याम्बेल रहेछन् । पहिलोपटक चिया खेती सन् १८४१ मा आलुबारी र फूलबारीमा गरिएको थियो । आलुबारी र फूलबारी चिया बगानलाई सन् १८५७ मा दार्जिलिङको पहिलो चिया बगान घोषणा गरियो । टक्बर चिया फ्याक्ट्री आउन लामै बाटो तय गर्नु थियो । म अघि–अघि हिँड्दै थिएँ । बाटोमा पर्ने बस्तीको रहनसहन, जनजीवन, संस्कृति सबै नियाल्दै आउन पाएँ । सजाय भोग्नुपरेकोमा दोषारोपण हुँदै थियो ।
बल्लतल्ल टक्बर कमान आइपुग्यौँ । गर्मीले गाला रातो–रातो भयो । पसिना आयो । तिर्खा लाग्यो, भोक लाग्दैथ्यो ।
नेगी सरले भने, “सुभाष भोक लागेन ?”
“भोक त लाग्यो नि ! मसँग पैसा छैन सर,” भनेँ मैले ।
“तिमीहरूले सही काम गरेको भए गाडी चढेर जान पाउने थियौ तर यही सजाय भोग्न नै खराब काम ग¥यौ । सम्झ यो पनि त तालिम नै हो,” उनले भने ।
हिमाल देखिन थाल्यो ।
सोनाम शेर्पाले मलाई चिनायो, “त्यो अग्लोे पान्दिम हिमाल, यताको नोरसिंह हिमाल हो । त्यहाँ ब्यासिक र एड्भान्स पर्वतारोहण तालिम गर्नुपर्छ ।”
माथि आएपछि खुट्टा काम्न थाल्यो; ठेसमात्र लाग्न थाल्यो । खाजा–पानी खाएरमात्र हिँड्न सक्ने स्थिति आयो । उकालोमा भारी साह्रै गह्रौं भयो । पसिनाले शरीरको भेस्ट, भारी, रुमाल सबै भिज्यो । आँखा पोल्यो ।
“अब एचएमआई कति टाढा छ ?,” प्रत्येक घरमा सोध्दै हिँड्नुप¥यो ।
मैले सल्लाको लौरो फालौटमा बनाएको थिएँ । त्यही लौरोले उकालोमा हिँड्न सहयोग ग¥यो; ओरालोमा पनि उत्ति नै सजिलो हुँदोरहेछ । मुस्किलले ३ बजे म एचएमआई पुगेँ । हे भगवान ! भारी होस्टलको कोठामा राखेर ३ः१५ मा चिया पिउन गएँ ।
“ओहो ! भाइ आइपुग्यो ? कस्तो भयो ट्रेकिङ ?,” दीपक दाजुले सोधे ।
“सुख र दुःख जीवनका दुई पाटा रहेछन् । जीवन एउटा पुस्तक रहेछ । पढेर मात्र होइन हिँडेर, आफ्नै आँखाले देखेर मात्र जीवनको यथार्थ कथा लेख्न सकिने रहेछ । मलाई यो तालिमले धेरै ज्ञान दिलायो; रमाइलो भयो; कहिलेकाहीँ त एक्लो पनि महसुस गरेँ,” मैले आफ्नो अनुभव सुनाएँ ।
“ल ल ! चिया खाऊ,” उनले भने ।
१२ दिनपछि ४ बजे मेरो लगेज, रुकस्याक फेरि तेस्रो तलाको १५ नम्बर कोठामा मिलाएर राख्न थालेंँ । अब त गुराँस पनि फुल्न थालेछ । क्या राम्रो ! इलामको आइतबारेको गुराँस फुलेर ढकमक्क भएको होला । करफोकमा सेतो चाँप फुल्छ । यस्तै सोच्छु । साथीहरू अझै आइपुगेका छैनन् ।
साँझ ५ बजे सबै जना एचएमआईको मुख्य भाग ‘सगरमाथा संग्रहालय’मा प्रवेश ग¥यौँ । यो संग्रहालय भवनमा दुई तला छन् । भवनबाहिर पनि हिमालसम्बन्धी महत्वपूर्ण कलाकृति छन् । त्यहाँ दुर्लभ, ऐतिहासिक, प्रथम सगरमाथा आरोही तेन्जिङ शेर्पा र एडमन्ड हिलारीद्वारा संकलित बहुमूल्य वस्तु, कागजपत्र, औजार, उपहार, सामग्रीहरू, एभरेस्ट अभियानमा पाइएका प्रमाणहरू संग्रहित छन् ।
कोठाभित्र सर जर्ज एभरेस्टको मूर्ति रहेछ । एभरेस्टले नै यो हिमालको अंग्रेजी नाम माउन्ट एभरेस्ट राखेका थिए । यो संग्रहालयमा यी सामग्री सुरक्षित राखिएका छन् ः–
१. पहिलो ब्रिटिस अभियान १९२१
२. तेन्जिङ नोर्गेको १९५३ मे २९ एभरेस्ट अभियान
३. नौ जना भारतीय एभरेस्टको शिखरमा १९६५
४. सगरमाथाको शिखरबाट देखिने अन्य हिमशृंखलाका दृश्य
५.हिममानव यतीको खप्पर, चित्र र जानकारी–पत्र
६. एभरेस्टबाट हिमचुलीको दृश्य
७. डाँफे, मुनाल, चमेरा, चिलिमे, कालिज, काला, चितुवा, पान्डा, बिरालो, सर्प आदि
८. क्रमपङ, क्यारेबिनर, हार्नेस, ग्यास चुला, सिलिन्डर, चस्मा, स्लिपिङ ब्याग, जुत्ता, पाल, स्नोएक्स, डोरी आदि
९. शेर्पा लुगा, गहना, बाजा, भाँडा आदि
१०. हिमालका चित्रहरू, भू–दृश्यहरू
११. हिमाली चट्टान, कोबाल्ट, सेल्वाज, क्वार्ज, म्याग्नेसाइट, चुनढुंगा इत्यादि
१२. अर्नाको सिङ, भेडाको सिङ, वनभेडाको सिङ, याकको सिङ, थारको सिङ, सालकको छाला आदि
कर्नेल सर जर्ज एभरेस्टले सन् १८३० देखि १८४३ सम्म भारत सर्भे गरे । उनी ब्रिटिस सर्भेयर थिए । भारतीय सर्भे टिमले हिमालयको मौसम, धरातल, क्षेत्रफलबारे २५ वर्ष अध्ययन गरेको पाइन्छ । सन् १८६५ मा जर्ज एभरेस्टको नामबाट विश्वको सर्वोच्च शिखरको नाम ‘माउन्ट एभरेस्ट’ राखियो । ४ जुलाई १७९० मा जन्मेका उनको १ डिसेम्बर १८६६ मा मृत्यु भएको रहेछ । इतिहासकार सूर्यविक्रम ज्ञवालीले नेपालीमा एभरेस्टको नाम ‘सगरमाथा’ वि.सं. १९९५ मा राखे भने तिब्बती भाषामा चिनियाँले ‘झ्यामोलोङमा’ (पवित्र देवी) भन्दछन् । किरातीहरूले यसलाई चोमोलुङ्मा भन्दै आएका छन् । सगरमाथा नेपालको पूर्वपट्टि महालंगुर हिमशृंखलामा पर्छ ।
तेन्जिङ नोर्गे एक विश्वविख्यात नेपाली शेर्पा पर्वतारोही हुन् । उनको जन्म सन् १९१४ मे महिनामा खुम्बु नेपाल वा तिब्बतको खार्ता बेंसीमा भएको हुनुपर्छ । उनी ७१ वर्षको उमेरमा सन् १९८६ मे ९ तारिखमा दार्जिलिङमा स्वर्गवास भए । उनको समाधिस्थल वर्च हिलमा बनाइयो । १९५३ मे २९ तारिख प्रथमपटक तेन्जिङ नोर्गे र एडमन्ड हिलारी सगरमाथा आरोहण गर्न सफलता प्राप्त गरेका आरोहीहरू हुन् । तेन्जिङका बुबा याकपालक थिए । उनका १३ सन्तानमध्ये तेन्जिङ ११ औं हुन् । तेन्जिङका चार जना छोराछारी छन् । उनी दार्जिलिङको तुङसुङ बस्तीमा बस्थे ।
तेन्जिङले १९३५ मा प्रथमपटक ब्रिटिस दलसँग सगरमाथा अभियानमा मौका पाए तर सफल भएका थिएनन् । उनी भरियाको काम गर्थे । १९४७ मा उनले सगरमाथामा दोस्रो प्रयास गरे तर हिउँ आँधीले गर्दा ६७०० मिटरबाट फर्किए । सन् १९५२ मा तेस्रोपटक स्विस टिमसँग सगरमाथा चढ्ने अभियानमा ८५९९ मिटरसम्म पुगे । १९५३ मा सातौंपटकको सगरमाथा अभियानमा उनी गए । १९५३ मार्चमा उनीहरूले सगरमाथा बेस क्याम्प बनाए ।
बिस्तारै काम गर्दै दक्षिण मोहडाको ७८९० मिटरमा अन्तिम क्याम्प बनाए ।
२६ मेमा जोन हन्टले हिलारी र तेन्जिङलाई भने, “मौसममा सुधार आएपछि शिखर जाऊ । हिउँ र हावाले गर्दा दुई दिन पर्ख ।”
२८ मेमा ८५०० मिटरमा क्याम्पबाहिर हिलारीको बुट छाडिएर हिउँ जम्यो । हिलारीले आफ्नो हिउँले पुरिएको बुटलाई दुई घन्टा स्टोभमा तताए । त्यसपछि उनीहरू अघि बढे । बाटोमा १२ मिटर लामो पत्थर चढ्न कठिन थियो । त्यस भीरलाई ‘हिलारी स्टेप’ भनिन्छ । यो भीर चढ्न हिलारी सफल भए । त्यही भीरको बाटो तेन्जिङले पछ्यायो । भीर पार गरेपछि दुवै जना ८८४८ मिटर अग्लो विश्वको सर्वोच्च बिन्दुमा बिहान ११ः३० बजे मानव पाइला राख्न सफल भए । ‘आइस एक्स’लाई हिउँमा गाडेर दुवै १५ मिनट चुलीमा उभिए । तेन्जिङले आइस एक्स हिउँमा गाडेर नेपाल, बेलायत र संयुक्त राष्ट्रसंघको झन्डा फहराए ।
सगरमाथा शिखरमा हिलारीले आइस एक्ससँग तेन्जिङको फोटो खिचे । तेन्जिङ क्यामेरा चलाउन जान्दैनथ्यो र हिलारीको आरोहण तस्बिर खिचिएन ।
“तेन्जिङले फोटो खिच्न जान्दैनथ्यो र शिखरमा क्यामेरा चलाउन सिकाउने ठाउँ पनि थिएन,” हिलारीले भनेको थियो ।
दुवैलाई ओर्लने बाटो पत्ता लगाउन गाह्रो भयो । जताततै हिउँ थुप्रिएको थियो । संसारमा तेन्जिङ र हिलारी नै सगरमाथाका प्रथम आरोहीहरू थिए । उनीहरू आजीवन मित्र भए । तेन्जिङलाई रानी एलिजावेथ द्वितीयबाट १९५३ मा ‘ब्रिटिस सम्राट मेडल’ र ‘कोरोनेसन पदक’, राजा त्रिभुवनले १९५३ मा ‘सुप्रदीप्त मान्यवर नेपाल तारा’ र भारतले १९५९ मा ‘पद्मभूषण र तेस्रो सर्वोच्च नागरिक अर्वाड’बाट सम्मानित ग¥यो । तेन्जिङले पढ्न–लेख्न कहिल्यै सिकेनन् तर शेर्पा, तिब्बती, नेपाली र अंग्रेजी भाषा राम्ररी बोल्न सक्थे । हिमाल चढ्ने हिमसरदारको काम उनले भुटान र सिक्किममा गरिरहे । १९७८ मा उनले ‘नोर्गे एड्भेन्चर तालिम’ हिमालयमा गराउन थाले र उनी एचएमआईका निर्देशक भए ।
यो संग्रहालय हेरेपछि ममा वस्तुको संग्रह गर्ने रुचि बढ्यो । प्रशिक्षकले एचएमआईको पर्वतारोहणसम्बन्धी परीक्षा ४० प्रश्न दिएर हामीलाई लिए । उक्त प्रश्न अनुभवका आधारमा लेख्नुपर्ने भएकाले अप्ठयारा नै थिए । ७ बजे खाना खाई ७ः३० मा थकाइका कारण म ओछ्यानमा पसेर सोच्न थालेँ ।
भाग्यवस ट्रेकिङबाट सकुशल फर्केँ । यसमा दंग भएँ । जाडो बढ्दै थियो । भोलि पाँच किलोमिटरको दौड प्रतियोगिता हुनेछ । दौडमा टन्डन शर्मा र पासाङ शेर्पाले मलाई जित्लान् र मेरो श्रम व्यर्थै होला भन्ने चिन्ता थियो । जसरी भए पनि जित्न सकूँ भन्ने योजना बनाएँ । प्रत्येक क्षण हिमाली यात्रामा सहयोग चाहिने रहेछ । क्याम्प बनाउन फुर्तिलो हुनुपर्ने रहेछ । यात्राभरि हिमालका बारेमा कथा, कविता लेखूँ भन्दा–भन्दै समय पुगेन । पासाङ शेर्पाले लाटु शेर्पाको चित्र बनायो । मैले सकिनँ । जे भए पनि अब सुत्नुपर्ला किनकि भोलि बिहान मैले बाटो नभुली दौडेर सबैलाई जित्नुपर्छ ।
नेचरल हिस्ट्री संग्रहालय भ्रमण
२४ फेब्रुअरी १९९३ (२०४९÷११÷१२)
साहसिक तालिम, दार्जिलिङ
बिहान ५ बजे घन्टी बज्नेबित्तिकै जुरुक्कै उठेँ । चिया पिउन तल भान्सामा झरेँ । तेस्रो तलाको कोठा नम्बर १५ मा गई हाफ पेन्ट, सर्ट, मोजा–जुत्ता, घडी लगाएर केश कोर्दै दौडका लागि तयार भएँ । शरीर दुखेकाले बरन्डामा बबलगम चपाउँदै हल्का शारीरिक अभ्यास गरेँ । ज्यादै जाडो थियो । ६ बजे अफिस अगाडि फालिङमा सबै उभियौँ । यहाँ दुई पंक्ति थियो ।
“आज कसले जित्ला ?” साथीहरूबीच कुरा चलिरहन्थ्यो । त्यसबारे मचाहिँ टिप्पणी गर्दिनथेँ ।
“ल ! सबैले यो चेस्ट नम्बर बाँध । आज पाँच किलोमिटरको क्रसकन्ट्री रनिङ फाइनल कम्पिटिसन हुन्छ । प्रथमले स्वर्णपदक जित्नेछ,” लाटु सरले भने ।
मेरो छातीमा ३६ नम्बर टाँसियो; मैले त्यो नम्बरमा नाम लेखेर टाँसेको थिएँ । जाडो भए पनि अल्छी नगरी दौडमा जानैपर्ने भयो । अल्छी गर्दा त आफैँ पछि पर्ने काम हुन्थ्यो ।
“ओके ! यहाँबाट चौरास्ता पुग्नलाई बाटोमा प्रशिक्षकहरू ठाउँ–ठाउँमा छन् । घडी, पेटीले अप्ठेरो भयो भने प्रशिक्षकले सहयोग गर्नेछ । चौरास्ताबाट देब्रे मोडिएर लेबुङतिर फर्की फेरि देब्रे बाटो हुँदै एचएमआईको तल्लो भागबाट सिंढी चढेर यहीँ आइपुग्नु र नाम दर्ता गर्नुपर्छ । यस दौडमा प्रत्येक समूहको व्यक्तिगत र सामूहिक मूल्यांकन र स्थान तोकिनेछ । भुलिन सक्ने बाटोमा नेगी शर्मा, सोनाम लेप्चा र शारदा गुरुङ हुुनेछन् । रेडी ?,” लाटु सरले भने, “रेडी गो...।”
म एचएमआईको ओरालो कंक्रिट बाटोमा बिस्तारै दौडेँ । कंक्रिटमा ओरालो दौडँदा छिटो थाकिन्छ र खुट्टा दुख्छ । लामो दौडमा बिस्तारै दौडनुपर्छ र अन्त्यमा तीव्र गतिमा दौडिनुपर्छ । साथीहरू मप्रति ईश्र्या गर्थे । मलाई बंगाली, गोर्खालीहरूले उछिने; छिर्के लगाएर लडाउन प्रयास गरे । म छिटो उफ्रन सक्थेँ; म तर्किन सक्थेँ; त्यही कारण केही भएन । उनीहरूले ओरालोमै मलाई उछिन्ने प्रतिस्पर्धा गरेको देखेर मलाई हाँस उठ्यो । मैले हाँस्दै ‘गो..गो’ भन्दै उनीहरूलाई पछ्याउन थालेँ । तल चिडियाखानाको गेटदेखि उकालो बाटो थियो; मोटा तिघ्रा भएका साथीहरू ढिलो भए । त्यही भीडबाट सबैलाई छलेर एक्कासि अगाडि गएँ । अब म ढुक्क भएँ । चौरास्तामा मेरो घडी दावा सरलाई दिएँ ।
दावा सरले मलाई बाटो देखाउँदै भने, “नअडी दौड ।”
मलाई एक्लै दौडिरहन लाज पनि लाग्यो । साथीहरू गफ गर्दै दौडँदै थिए । रविन सरलाई भेटेँ तर नरोकिई दौडिरहेँ । लेबुङ लेफ्टमा म एक्लै थिएँ, शारदाले हाँस्दै थपडी लगाउँदै ‘फुल चान्स ! अघि बढ; अघि बढ’ भनेर प्रोत्साहन दिइन् ।
“थ्याङ्क यु,” मैले आभार व्यक्त गरेंँ ।
कुकुरले पछ्याएर मलाई दौडन बाधा ग¥यो । बिहान कुकुरहरू खुला थिए । कत्ति कुकुरलाई लात हान्दै र बालबालिकालाई ठेल्दै अगाडि हेरेर दौडिएँ । भोटे कुकुरले टोक्न खोज्थ्यो । त्यसलाई फकाएर ‘टाइगर’ भन्दै बोलाएर भागेँ । २७ मिनेटमा म एचएमआईको ग्राउन्डमा पाँच किलोमिटर दौडेर आइपुगेंँ । लाटु सरलाई भान्सामा भेटेँ ।
“कति समय भो आएको ?,” उनले सोधे ।
“पाँच मिनेट भयो,” भनेँ मैले ।
तर, रेकर्डमा तीन मिनेटमात्र लेखियो ।
“पाँच किलोमिरटको दूरी सुभाषले २७ मिनेटमा पूरा ग¥यो । नयाँ रेकर्ड भयो,” सरले खुसी व्यक्त गरे ।
पासाङ दोस्रो भयो (३३ मिनेट), तेस्रोमा टन्डन (३३ मिनेट नै) । पासाङ र टन्डन एउटै पेट्रोलको स्थान धेरै आएकाले समूह ४ प्रथम, समूह ३ दोस्रो, समूह ५ तेस्रो, समूह २ चौथो, समूह १ पाँचौँ स्थानमा आए ।
“सुभाष राईले प्रथम पदक जित्यो,” लाटु सरले भेलामा घोषणा गरे ।
‘सुभाष फस्र्ट’ भयो भन्दै सबैले मलाई बधाई दिए । हात मिलाउने धेरै भए । म हाँस्दै हात मिलाउँथेँ । जोशी ‘हाम्रो समूह ५ को सुभाष हो’ भन्दै मलाई बोकेर हिँड्न थाल्यो । अर्को जना ‘सुभाष फस्र्ट’ भन्दै आयो । नारा पो सुरु भयो । म अति हर्षित थिएँ । शारदाले पनि बधाई दिइन् । मलाई लाज लाग्यो । मैले भनेँ, “नबोक न साथी हो ।”
त्यस्तो सम्मान मैले पहिलोपटक पाएको थिएँ । म धेरै क्रियाकलापमा प्रथम भएकाले ईष्र्या गर्ने र दौडमा लडाउन खोज्नेले पनि मलाई बधाई दिए । मेरो फोटो खिच्ने ताँती लाग्यो । मलाई बोकेर फोटो खिचे । बिहान प्रशिक्षकहरूसँग रंगिन टीभी हेर्दै मीठो गरी खाजा खायौँ ।
दार्जिलिङ बजार घुम्न स्टाफ प्रशिक्षक रविन र सोनामसँग गयौँ । पुरानो घरको बनावट, वृक्ष र जनजीवनबारे जानकारी प्राप्त भयो । हामीले विभिन्न जिज्ञासा राख्यौँ । दार्जिलिङको पुरानो नाम गुन्द्री बजार हो । दोर्जे शेर्पाको पहिलो बस्ती यहाँ भएकाले ब्रिटिसले यस ठाउँलाई दार्जिलिङ भन्न थाले । चौरास्ताको वर्णन सुन्दै हामी प्राकृतिक इतिहास संग्रहालय हेर्न गयौँ । त्यहाँ हिमाली मृत पशुपन्छी रहेछन् । यिनीहरूका बासस्थान, जीवनचक्रको चित्र बनाइएको रहेछ । विभिन्न प्रजातिका किरा, माहुरी, भमरा, बारुला, अरिंगाल, खपटे किरा, पुतलीको संग्रह रहेछ । हिउँँचितुवा, गोही, सालक, हात्तीको दाह्रालाई संरक्षण गरेर राखिएको रहेछ । बाघ, भालु, जंगली भैंसी, भेंडा थारको टाउको सजाएर राखिएका छन् । सर्पका धेरै प्रजाति सिसाको भाँडाभित्र प्रदर्शनीमा राखिएका छन् । पन्छीहरूका गुड र अन्डा पनि संग्रह गरिएका छन् । यस्ता वस्तुहरूको उचित व्यवस्थापन, सफा वातावरण, संग्रह, संरक्षण देखेर म धेरै प्रभावित भएँ । यी सबै प्रकृतिका उपहार हुन्; दुर्लभ वस्तुहरू रहेछन् । प्राकृतिक सम्पत्तिहरूको बारेमा मलाई र साथीहरूलाई ठूलो ज्ञान भयो । प्रवेश शुल्क प्रतिव्यक्ति १ रुपैयाँ लाग्थ्यो ।
कृष्ण भिल्ला, डालीमा कान्छी मुमाको घरमा खाना खाएर फर्केपछि म २ बजे एचएमआई लाइब्रेरी गएँ । साथीहरू पुस्तकालय नजाने खालका रहेछन् । उनीहरूको पढ्ने, खोज्ने रुचि मेरो भन्दा धेरै होला भन्ने म सोच्थेँ । दुई÷चार जना गए पनि चाँडै लाइब्रेरीबाट निस्किहाल्थे । मैले दिनभर हिमाल, संस्कृति, पर्यटन, राजनीति, विज्ञान क्षेत्रका पुस्तकहरू पढेँ । पर्वतारोहणबाहेक गान्धीको पुस्तकले मलाई निकै प्रभाव पा¥यो । म किताबभित्र आफ्नो रुचिका विषय खोज्ने गर्थेँ । विज्ञान क्षेत्रका पुस्तकमा पत्थर एवं पहिलो र दोस्रो विश्वयुद्धका हातहतियारलगायत पुराना वस्तु हेर्न चाहन्थेँ ।
६ बजे साँझमा भेला बोलाइयो । त्यहाँ भोलिको ढुंगा चढ्ने अभ्यास कार्यक्रमबारे जानकारी पायौँ । ७ बजे खाना खाएपछि ओछ्यानमा पसेर म सोच्न थालेँ— सुरुवातको मेरो सपना साकार भयो । त्यो दौड मैले नै जितंँे । यस्तो मिश्रित संस्कारमा बस्ने दिन अझै लामो भए हुन्थ्यो भन्ने लाग्थ्यो । वन्यजन्तु संग्रहालयले मेरो दुर्लभ वस्तु संकलन गर्ने इच्छा बढ्यो । दार्जिलिङमा कलाकारका कलालाई मैले देख्ने मौका पाएँ । बिहान ससना हिमाली चरी, भँगेराको चिरबिर मलाई मीठो लाग्थ्यो । म कल्चुडा, भद्रायो, भ्याकुरासँग एकैछिन भुल्थेँ, आत्मालाई शान्ति दिने प्राकृतिक वस्तुहरूमा म आँखा डुलाउँथेँ । होस्टल अगाडिको गुलाबी गुराँसले फागुनमा रूखै रंगीन बनाएछ । फूल मेरो खुसीको वस्तु थियो । दार्जिलिङको फूल, वृक्ष, डाँडा, चिया बगान, खोल्सा मेरो आँखाको भोज थियो; मनका लागि मोज थियो । मजस्ता अतिथिको सत्कारको कोसेली थियो । दार्जिलिङ कविको लागि कविता, सभ्यताको प्रतीक, कलाकारको लागि बाजा हो र भँवराको लागि सुगन्ध हो ।
मलाई सफा लुगा लगाउन मन पथ्र्यो । मेरो मनपर्दो यूसी लेखेको भेस्ट, कंगारु जुत्ता, खाकी टोपी, निलो सुरुवाल, मोजा, ज्याकेट, पाइन्ट थियो । कपाल बायाँ सिउँदो राखेर कोर्थेँ । टर्च र घडी बोक्थेँ । म धेरै बोल्न नचाहने स्वभावको थिएँ । जुँगा आएको थिएन । सबैलाई विभिन्न क्रियाकलापमा जित्छु भन्ने आत्मबल थियो । दुब्लो भए पनि पछाडि पर्छु होला भन्ने लाग्दैनथ्यो । सुटुक्कै छिर्ने मौका खोज्ने खालको थिएँ म त्यसबेला ।
तेन्जिङ ढुंगा चढ्ने–झर्ने र अप्ठेरो दौड प्रतियोगिता
२५ फेब्रुअरी १९९३ (२०४९÷११÷१३)
एड्भेन्चर कोर्स
लेबोङ रोड, दार्जिलिङ
भोलि त हाम्रो छुट्टी हुन्छ । घर फर्किने दिन भोलि । बिहान खुसी हुँदै उठेँ । तर, हिजोको क्रसकन्ट्री दौडका कारण खुट्टालगायत शरीर दुखिरहेको थियो । खुट्टामा मालिस गरेँ । यो दुखाइबाट मुक्त हुन चिया पिउँदै शारीरिक अभ्यास गरेँ । बिहान सबैले आराम गर्ने समय पायौँ । यो सस्ंथा भारतीय सेनाद्वारा सञ्चालित भएकाले सबै नियम सेनाकै छ । यस कोर्समा मिलिटरी जीवनको अनुभव हुन्छ । ६ः३० मा म गिलास, चम्चा, पानीको भाँडा बोकेर साथीहरूसँग भान्सा हलमा गएँ ।
“अब हामी दुई दिनमात्र बस्न पाउँछौँ, हगि !”
“तिमी भोलि नै घर जान्छौ सुभाष ?”
“हो । मलाई त हतार छ, म चिठी लेखुँला, ठेगाना दिनू है ।”
“ओके तिम्रो पनि देऊ ।”
साथी–साथीबीच यस्तै संवाद चल्यो । हामी बेडमै कुरा गर्दै थियौँ । खुट्टा दुखिरहेकै थियो । मलाई दक्षिण भारतबाट आएका युवायुवतीसँग तालिम गर्न पाएकोमा गर्व लागेको थियो । ठीक ८ बज्यो ।
प्रशिक्षकले ‘फालिङ’ भने । “डाङ्ग्री लगाएर जाऊ,” निर्देशन आयो ।
खागी कपडाको डाङ्ग्री लगायौंँ । सबै पंक्तिबद्ध भएर उभियौँ ।
दावाले प्रत्येकलाई दुई–दुईवटा छोटो सिलिङ डोरी दिँदै भने, “आज ढुंगामा लामो दूरी ओर्लनुपर्छ ।”
‘ला ! कसरी ¥याप्लिङ गर्नु ?’ डर लाग्यो । हामी सबै लेबुङ रोडतिर पंक्तिमा सेनाजस्तै कुरा गर्दै अघि बढ्यौंँ । हातमा एटनट, क्यारेबिनर र सिलिङ डोरी थियो ।
तेन्जिङ ढुंगामा त्यस दिन भारतीय सेनाहरू क्लाइम्बिङ र ¥याप्लिङ अभ्यास गर्दै रहेछन् । गम्बु रकमा प्राइभेट क्यानिडेटहरू ढुंगा चढ्दै थिए । नयाँ ढुंगा चढ्ने बाटा नम्बर १, २, ३, ४, ५, ६, ७ र ८ रहेछन् । यति अग्लो भीरको ढुंगामा कसरी झर्नु भन्ने डर लाग्यो ।
प्रशिक्षकहरू सय मिटर लामो क्लाइम्बिङ रोप, क्लाइम्बिङ पञ्जा, हार्नेस, क्यारेबिनर मिलाउँदै थिए । हामीलाई पनि आआफ्नो औजार लगाएर तयार हुन आदेश दिए । प्रत्येक समूहले पालैपालो अनिवार्य अभ्यास गर्नुपर्ने भयो । एउटा विशाल पहाडजस्तो ढुंगाको रुट नम्बर ८ त धेरै भिरालो र १८ मिटर तल पछाडि झर्नुपर्ने अभ्यास अत्यन्तै चुनौतीपूर्ण काम थियो । बीचमा गुफाजस्तो अप्ठेरो भाग छ जहाँबाट हात र शरीरको सन्तुलन बनाएर पछाडि फाल हान्नुपर्छ । यो कठिन तालिम हो; फेरि जीवन–मरणको दोसाँधमा पुगेझैँ भयो । डोरी नियन्त्रण गर्न नसकिए; लापरवाही गरेर ढुंगामा टाउको ठोकिएर चेतना हराए के होला ? तल रिंगटा लाग्ने भीर छ । सर्वप्रथम स्टाफ सोनामले विधि बताउँदै अभ्यास गरेर देखाए । मैले टाढाबाट हेरेँ ।
त्यसपछि पटनाबाट आएकी रेश्माले ¥याप्लिङ गरेर साहस प्रदर्शन गरिन् । ताली बज्यो । दोस्रोपटक टन्डनले पञ्जा लगाएर डोरी समायो । हार्नेसलाई क्यारेबिनरमा जोड्दै मुख्य डोरीमा जोडेपछि पछाडि ढल्किँदै १–२ खुट्टाको चाल गर्दै, हातले डोरी छोड्दै–छोड्दै जानुपर्ने रहेछ । मेरो पालो आयो । मैले दृढ विश्वास बनाएँ । प्रशिक्षकले सबै जाँच गरी ‘ओके’ भएपछि ‘पछाडि ढल्क र जाऊ’ भने । तेन्जिङ ढुंगाको शिरमा मैले खुट्टा चालेँ । यति लामो र अग्लो ढुंगा मैले जीवनमा कहिल्यै देखेको थिइनँ । पछाडि फर्कंदा ‘भगवान मलाई बचाऊ’ भन्दै ओर्लिएँ । त्यसबेला मलाई डर र आनन्द दुवैको महसुस भयो । जब म केभ प्वाइन्टमा पुगेँ तब एकैपटक फाल हानेर पिङ खेलेझैँ झुन्डिएछु । ‘हात छोड’ भन्ने निर्देशन आयो । हातले डोरी खुकुलो पार्दै गएँ । म डोरीमा घुम्दै चिप्लिएर तल झरेँ । नत्र म चट्टानमा ठोकिने खतरा थियो । एकै क्षणमा सबै डर समाप्त भयो । तल अँध्यारो खोंचमा ओर्लिएँ । ताली बज्यो । यो सफलताले मलाई आनन्द दियो । तलै बसेर अन्य साथीको उद्धार गरेँ । अरूलाई सिकाएँ ।
रमाइलो लागेकाले यो अभ्यास दोहो¥याएँ । दोस्रोपटक मैले सहज र सरल तरिकाले गरेँ । अब पेटमा डोरी राखेर अगाडि फर्केर तल झर्नुपर्ने अभ्यास बाटो नम्बर २ मा गर्नुपर्ने भयो । मैले डोरीलाई हार्नेसमा बाँधेँ र लामो बिले डोरी पेट र शरीरमा क्रस आकारमा बेरेर ओर्लने अभ्यास देखाएँ । यसलाई ‘स्टोमक रेप्लिङ’ भनिन्छ । प्रशिक्षकले अवलोकन गरे । मैले चारपटक साथीहरूका लागि यस्तो साहसिक रेप्लिङ गरेँ । त्यस दिन कसैलाई चोट लागेन । ११ बजे हामी होस्टल फर्कियौँ ।
“२ बजेसम्म आराम गर । त्यसपछि डाङ्ग्री लगाएर परेड सभामा आउनू,” प्रशिक्षकबाट निर्देशन आयो ।
२ बज्यो । हामी भेला भयौँ ।
“आजको अब्स्टेकल दौड प्रतियोगितामा व्यक्तिगत र सामूहिक प्रतिस्पर्धा हुनेछ । प्रथम हुनेलाई ठूलो गोल्ड ट्रफी र दोस्रोलाई सानो सिल्भर ट्रफी (फिर्ता गर्नुपर्ने) दिइनेछ,” जानकारी गराइयो ।
चार जनाले व्यक्तिगत प्रतिस्पर्धा गर्न नाम दर्ता गरे । मेरो नाम पनि व्यक्तिगत प्रतिस्पर्धामै दर्ता भयो । तर, मेरो खुट्टा दुखिरहेको थियो । यो ‘अब्स्टेकल कोर्स’ बाँदर डोरीमा हिँड्ने; ह्याबिङमा झुन्डिने; बाँदर पिङ खेल्ने; घुँडा–हातले घस्रने; उफ्रेर खाडल नाघ्ने; बांगोटिंगो उफ्राइ; सात फिटको बार उफ्रेर नाघ्ने; काठमा हिँड्ने; १० फिटको पर्खाल चढ्ने र चिप्लेर झर्ने; झुन्डिएको गाडीको टायरमा छिर्ने र बांगोटिंगो एकल काठमा छिटो दौडने क्रियाकलापमा समाप्त हुन्छ ।
“ओके, स्टार्ट,” प्रशिक्षकले निर्देशन दिए ।
सबैभन्दा पहिले मैले सहभागिता जनाएँ । जाडो मौसमका साथै शरीर दुखेकाले मैले बिस्तारै गरेँ । यो सबै कार्य मैले दुई मिनेटमा पूरा गरेर १६३ अंक प्राप्त गरेँ । क्रमशः साथीहरूले पनि भाग लिए । सामूहिक प्रतियोगिता मैले बसेर अवलोकन गरेँ । कोही डोरीमा बटारिन्थे; कोही उफ्रनै नसक्ने थिए; तिनीहरूलाई बोकेर पर्खाल पार गराएँ । हाँस्नुको दोहोलो हुन्थ्यो । यो साहस प्रदर्शन हेर्न संस्थाका प्रिन्सिपल कर्नेल अजित दत्तलगायत अन्य स्टाफ पनि आएका थिए । दुई घन्टाको संघर्षपछि यो प्रतिस्पर्धा सकियो । कसैको हातखुट्टा मर्कियो; कसैको टाउको ठोकियो । म खुट्टा खुम्च्याउँदै हिँडेँ । ग्राउन्डमा भेला भयौँ ।
प्रशिक्षक दावाले भने, “एकल प्रतिस्पर्धामा प्रथम राजेश प्रधान, दोस्रो पासाङ हयाल्मो, तेस्रो सुभाष राई । सामूहिक प्रतिस्पर्धामा प्रथम समूह २, दोस्रो समूह ५ र तेस्रो समूह ४ भए । विजेता सबैलाई बधाई ।”
यो रिपोर्टपछि बैठक कक्षमा सबै जना आआफ्ना समूहमा मिलेर पछाडि बसेका थियौँ । अगाडि प्रशिक्षक, स्टाफ प्रशिक्षक एकै पंक्तिमा कुर्सीमा बसेका थिए । वातावरण मौन भयो । एचएमआई प्रमुख कर्नेल दत्तको प्रवेशसँगै हामी सबै उभियौँ । उनी मञ्चको टेबल–कुर्सीमा पुगेपछि बस्ने अनुमति पायौँ । टेबलमा कलम र नोटकापी, पुष्पगुच्छा र पानी थिए । हाम्रो अन्तर्वार्ता सुरु भयो ।
कर्नेलले सोधे, “यो कोर्सबाट के फिडब्याक पायौ ?”
बिस्तारै उत्तर दिएँ, “यस हिमाल यात्राबाट पहिले त मैले हिउँको परिचय, हिमाली वन्यजन्तु, वनस्पति, पर्वतारोहणका सामग्रीका उपयोगबारे ज्ञान र अनुभव लिन पाएँ ।”
“यो कोर्स कस्तो लाग्यो ?,” उनले सोधे ।
“कुशल पर्वतारोही बन्न यो कोर्स आधार रहेछ; दार्जिलिङको उच्च पहाडहरू चिन्ने अवसर पाएँ, धेरै खुसी लाग्यो,” जवाफ दिएँ ।
“यो कोर्स गर्नुको लक्ष्य के हो ?,” उनले सोधे ।
“हिमाली साहित्य सिर्जना गर्ने मेरो लक्ष्य छ,” मैले स्पष्ट पारेँ ।
“तिम्रो उद्देश्यलाई यो कोर्सले कसरी सहयोग गर्छ ?,” उनले स्पष्टीकरण मागे ।
“हिउँ, हिमाल, पान्डा, चराचुरुंगी, जंगल, जनजीवन, उचाइमा चाहिने सामग्री, औषधि, समस्या, बाटोमा देखेर÷भोगेर ममा विश्वास बढेको छ । अब म केही लेख्न सक्छु,” मैले दृढता जनाएँ ।
“यो कोर्स कसरी पूरा ग¥यो ?,” सोधियो ।
“हिउँमा खेलेँ । फालौटमा हिउँ–वर्षा, कुहिरोमा म हराएँ, दुःख लाग्यो । सामरदिनमा एकल रात बिताएँ । तेन्जिङ ढुंगा चढेँ । सुख र दुःखका बिर्सिनसक्नु थुप्रै घटना छन् मेरो मनभित्र । दौडमा प्रथम भएँ, यी खुसीका सम्झना लिएर भोलि आफ्नो देश नेपाल जाँदै छु । यस उपलब्धिको लागि सलाम छ साहेब,” स्पष्ट पारेँ मैले ।
“नाउ यु क्यान गो,” उनले भने र
बल्ल मुक्ति मिल्यो ।
साँझ ६ बजे अन्तर्वार्ता सकियो । हामी खानातिर लाग्यौँ । भोलि कस्तो पुरस्कार पाइने हो ? घर फर्कने कुरा सम्झँदै सुतेँ । अब्स्टेकल कोर्समा मेरो छाती, हातखुट्टा ठोकिएकाले अहिले दुखिरहेको छ, बोल्न पनि मन लागेन । पाँच जना सुतेर गफ गर्दै थिए ।
सम्मानसँगै बिदाइको बेला
२६ फेब्रुअरी १९९३ (२०४९÷११÷१४)
एड्भेन्चर कोर्स, दार्जिलिङ
यो विजयोत्सवको दिन थियो । यो खुसीको दिन थियो । बिहान ५ बजे जोशजाँगरका साथ उठेर मेरा सामान एकातिर र एचएमआईको फिर्ता गर्ने सामान अलग–अलग राखेँ । आज २० दिनपछि घर फर्कने दिन भएकाले खुसीको सीमा थिएन । ओछ्यान मिलाएँ । बिहान म फुर्तिलो थिएँ । कोठामा जम्मा पाँच जना साथी थिए । साथीहरूले मेरो ठेगाना मागेका थिए । उनीहरूले नेपाल घुम्न आउने बताए । मैले पनि साथीहरूका ठेगाना संकलन गरेँ । मलाई पत्र–व्यवहार मन पथ्र्यो ।
म साथीहरूसँग भुलिरहेको थिएँ; शारदा रातो सुइटर र निलो जिन्स पाइन्ट लगाएर आइन् । मैले भेट हुँदा हाँसेर ‘गुडमर्निङ’ भनेँ तर उनले हाँस्न गाह्रो गरी ।
मेरा धरै साथी थिए– तालिमका सहभागीहरू, किचेन स्टाफ र प्रशासनका कर्मचारी अधिकृतहरू । संग्रहालय भवन अगाडि खुला मैदानमा तालिमको ‘ग्र्याजुएसन सेरेमनी’का लागि हामी सबै मञ्च सजाउन बिहानैदेखि व्यस्त भयौँ । अगाडि तीनवटा टेबल, पछाडि कुर्सीहरू पंक्तिबद्ध र फूलको गमला अगाडि राख्यौँ । हामीले मञ्च अगाडि समूहमा उभिएर भारतीय राष्ट्रगान गाउन अभ्यास ग¥यौँ ः
‘जन–गन–मन– अधिनायक जय हे...।’
परेड अभ्यास ग¥यौँ । हाम्रो डे«समा एचएमआई लेखेको निलो सुइटर थियो । प्रशिक्षक दावाले कार्यक्रम सञ्चालन गर्दै थिए । हामी सबै घर फर्कने समयको फोटो खिच्ने तयारी र हतारमा पनि थियौँ ।
फागुन १५ गते १० बजे बिहान घाम लागेको थिएन । दार्जिलिङमा फागुनभर जाडै हुन्छ । लन्च खाएर हामी औपचारिक पोसाकमा एचएमआई मञ्चमा पुग्यौँ । तालिमको समापन तथा सम्मान कार्यक्रमको मञ्च भारतीय सेनाले पूर्ण तयारी गरिसकेको थियो । गमलाहरू मञ्चका अगाडि माइक्रोफोन डेक्समाथि; पछाडि सिटहरू र आर्मी ब्यान्डको टुकडी विभिन्न बाजाहरू लिएर एक छेउमा थियो ।
हामी मञ्च अगाडि पंक्तिमा उभियौँ । एक पंक्तिमा प्रशिक्षकहरू लाटु शेर्पा, दावा शेर्पा, सोनाम शेर्पा, सुवेदार नेगी, प्रतापसिहं राई, रविन लाप्चा र शारदा गुरुङ उभिए । मञ्चको अग्रपंक्तिमा कर्नेल अजित दत्त र म्याडम, प्रमुख अतिथि, सेकेन्ड लप्टन कर्नेल, आर्मी मेजर, क्याप्टन, लप्टन, मेडिकल डाक्टरहरू, जुनियर अफिसरहरू, एचएमआईका विशिष्ट प्रशासकीय अधिकारीहरूलगायत अतिथिले आसन ग्रहण गरेका थिए । सिनियर प्रशिक्षक दावाले प्रतिस्पर्धीका रिपोर्ट रेकर्डहरूसहितको फाइल हातमा लिएर कार्यक्रम अगाडि बढाउन थाले ।
“हाम्रो एडभेन्चर समूहले राष्ट्रगाना सुरु गर्ला...।”
एड्भेन्चर समूह नेताले कमान्ड गरे, “सावधान ! सुरु...।”
ब्यान्ड टुकडीले संगीत दिए ।
“जन–गन–मन–अधिनायक जय हे, भारत भाग्यविधाता, जय हे ; जय हे ! जय हे ! जय, जय, जय, जय हे !”
हामीले एकसाथ राष्ट्रगान गायौँ । यस्तो भव्य कार्यक्रममा मैले पहिलो पटक भाग लिन पाएँ । सम्मान कार्यक्रम सुरु भयो । मुख्य अतिथि पश्चिम बंगाल सरकारका सेक्रेटरी जनरलबाट सबै प्रशिक्षार्थीलाई ‘एचएमआई स्मृतिचिह्न’ले सुशोभन कार्यक्रम सम्पन्न भयो । टाइगर हिल टपमा टी कुकिङ कम्पिटिसनमा प्रथम ‘सुभाष राई, इलाम नेपाल’ नाम आयो । म ब्याच–चिह्न र पुरस्कार लिन मञ्चमा पुगेर सलाम गर्दै उभिएँ । पुरस्कार लिएर सलाम गर्दै सेनाको गोडाचालमा फर्किएँ । सिगंलामा जंगल क्याम्प बनाउने प्रतियोगितामा समूह ५ का प्रथम हुनेहरूलाईं ‘बेस्ट क्याम्पिङ मनोग्राम चिह्न र पुरस्कार’, सिगंलामा कुकिङ कम्पिटिसनमा दोस्रो स्थानमा आएको समूह ५ लाई ‘स्नो एक्स ब्याच चिह्न र पुस्तकहरू’ दिए । क्रसकन्ट्री रनिङ पाँच किलोमिटर दौडमा प्रथम सुभाष राईलाई गोल्ड मेडल, अब्स्टेकल कोर्समा तेस्रो सुभाष राई (समूह ५) लाई ‘एचएमआई लोगो ब्याच’ दिए । ११५ एडभेन्चर कोर्सका पाँचवटै समूहमा प्रथम सुभाष राई (नेपाल)लाई ‘बेस्ट अलराउन्ड मनोग्राम चिह्न र पुस्तक’ दिए । अब फिर्ता गर्नुपर्ने सर्तमा ‘एचएमआई ट्रफी र सिल्भर सिल्ड’ समूह ५ का सुभाष राई र साथीहरूलाई दिए । समूह ५ लाई ‘ए’ ग्रेड र अन्यलाई ‘बी’, ‘सी’ ग्रेडको प्रमाणपत्र र बधाई दिँदै आजको कार्यक्रम समाप्त भएको कुरा एचएमआईका प्रिन्सिपल कर्नेल दत्तले घोषणा गरे ।
फोटो खिच्ने काम भयो । पहिलो ११५ एड्भेन्चर एडल्ट ग्रुप, दोस्रो ११५ एड्भेन्चर र प्रशिक्षकहरू, तेस्रो ११५ एड्भेन्चर, प्रशिक्षक, प्रिन्सिपल र सुभाष, चौथो प्रशिक्षकहरू, पाँचौँ म र मेरा साथीहरू ट्रफी र सिल्ड उचालेर ऐतिहासिक महत्व राख्ने फोटो खिचेर एचएमआईले राखेको छ । शारदाले फोटो खिच्न मन पराइनन् । उनी निराश देखिन्थिन् ।
सुबेदार नेगीले भने, “सुभाष बधाई ! फेरि आऊ है !”
“हवस् साब,” मैले भनेँ ।
म भने घर फर्किने हतारोमा थिएँ । मलाई जीवनमा यस्तो विजयको सुख कहिल्यै मिलेको थिएन । हातभरि पुरस्कारै–पुरस्कार ! साथीहरू मलाई बोकेर हिँड्न थाले; कति खुसी छन् आज साथीहरू ! फोटो खिच्ने र ‘हाम्रो जित, हुर्रे !’ भन्ने साथीहरूको भीड लाग्यो । हात मिलाएर यो खुसी निकै बेरसम्म मैले बाँडेँ । म पहिलो प्रशिक्षार्थी थिएँ । मैले भारतीय भूमिमा आएर पनि पर्वतीय साहस देखाएँ । मलाई गर्व लाग्यो । अन्त्यमा प्रिन्सिपलले खुसी भएर सबैलाई फेरि शुभकामना तथा बधाई दिँदै सबैलाई घर जाने समस्या भए रेल टिकट निःशुल्क उपलब्ध गराउने जानकारी गराए । त्यसपछि एक दिन बस्नेलाई खाने–बस्ने सुविधा पनि भयो । सबै अतिथिहरूसँग मैले हलभित्र मिठाई र चिया पिएँ ।
१२ बजेतिर सबै जना एचएमआई स्टोरमा आफूले चलाएका सामग्री फिर्ता गर्न पंक्तिमा उभियौँ । मैले सबैभन्दा अघि सामान बुझाएँ ः चम्चा १, ीगलास १, पानीको भाँडा १, रुकस्याक झोला, स्लिपिङ ब्याग, इनर, सिलिङ डोरी, रोप, ग्राउन्ड सिट पाल, सिरानी, मेट्रेस, सिटी, नेम प्लेट, चेस्ट नम्बर, सुइटर, उलन सुइटर, पञ्जा । पुुस्तकालयमा हिमाल, पर्वतीय यात्रासम्बन्धी किताबहरू फिर्ता गरेँ र क्लियरेन्स चिठी लिएँ । साथीहरूले पनि यसै गरे । यो तालिमका लागि सहयोग गर्ने सहयोगी सुवेदार पञ्च गुरुङ, जीवन राई, निलम राई, किचेन टोली, प्रशिक्षक शारदा मिसलाई विशेष धन्यवाद दिँदै बिदा भएँ । म हाँस्दै आफ्नो प्यारो नेपाल इलाम फर्किएँ ।
क्याम्पसको पढाइ छुटेकोमा बुवाले गाली गर्लान् भन्ने डर लागिरहेको थियो । मैले आफ्नो मुटु छामेँ; मुटु ढुकढुक गरिरहेको थियो । त्यस रात म कृष्णभिल्ला डाली फाटकस्थित कान्छी मुमाको घरमा बसेँ । बिदाइ कार्यक्रमको एकमात्र फोटो लिएर भोलिपल्ट घर आइपुगेँ ।
सुभाष राई
जन्म ः २०२४÷०८÷१० गते
आमा ः चन्द्रमाया राई
पापा ः कमलबहादुर राई
ठेगाना ः पञ्चकन्या–८, भित्री, इलाम
शिक्षा ः बीएड, एमए
संलग्नता ः
नवीन साहित्य प्रतिष्ठान, इलाम
वीरेन्द्र माध्यमिक विद्यालय, पञ्चकन्या
किरात लेखक संघ, इलाम
पंक्षी संरक्षण संघ, नेपाल
नेपाल स्काउट, इलाम
नेपाल रेडक्रस सोसाइटी, कन्याम
प्रकाशन ः
सृष्टि कविता संग्रह २०६६
दार्जिलिङको हिउँ–यात्रा २०६८
फुटकर प्रकाशन ः
कथा, कविता, निबन्ध, गजल, एकांकी, यात्रा संस्मरण, पर्यटन तथा पर्यावरणसम्बन्धी रचना ।
सम्मान तथा अभिनन्दन ः
सम्मानपत्र– देवकोटा सतवार्षिकी समिति, इलाम ।
सम्प्रति ः करफोक बहुमुखी क्याम्पस, इलाम ।
समाप्त
गौतम बुद्ध नेपालको लुम्बिनिमा जन्मेका थिए।
ॐ मानी पद्मे हुँ...
नेपालको राष्ट्रिय चरा
डाँफे
ईलाम जिल्ला भन्ने बितिकै अधिकम्सले चियाबारी सम्झन्छन्।
पुर्वी नेपाल ईलाम
नेपालको राष्ट्रिय फुल
लालीगुँरास