ओखलढुगांको डाडा“हरु इलामै जस्तो
साउने भेलमा सुनकोशी अंजिं¨र जस्तो
पहाडमा ढुगांको ओखल ढुगांको लोहोरो
यहा“ भिर पाखा जताततै खोला र पहिरो
काव्यकुञ्ज ओखल ढुगां कविको जन्मभूमि
टार , बेंशी , वन , बाल्यकालको क्रिडाभूमि
बटुवालाई पानी मीठो पोकली झंर्नाको
स्वादिलो रै छ मकैको पिठो ओखल ढुगांको
ढाक्रे र नाम्लेको उकाली र ओरालीमा त“ाती
गाउ“ले स्वाभिमानलाई नलुकाउने उनको खुल्ला छाती
असारको पसिनाले माटो भिज्छ नंग्राले जोत्छ
ओठले होइन आ“खाको नानीले कथा व्यथा बोल्छ
भरियालाई बन्द विरोध केही थाहा छैन
ढुगां कुदने डकर्मीको आÏनै ढुंगे घर छैन
रातो सेतो कमेरो माटोले रगीएको पहाडे घर
शालिमको छाना मकै भर्ने माना शितल दिने वर
माना खाएर मुरी फलाउने हो यो अमृत असार
दिनभरि कोदाली खन्यो मानो खाई भुईमा लम्पसार
चुरिया पहाडको मकै बारी भित्र आमा रोप्छिन कोदो
केटा केटी खेल्छन् आ“गनमा दिन भरि हिलो
वारीपारी सानो सानो गाऊ“ वेशीमा किसानको रोपाई छ
ओखलढुगा“को सम्झनाले फेरी मनको ढोका ढकढक्याउ“छ
हेर त माझी दाईले तार्नै लाग्यो सुनकोशीमा ढुगां
नानीको आमा झैं प्यारो कर्मभूम ओखलढुगां
रमाइलो डाडा“को दृश्यहरु भू–स्वर्ग जस्तो
पहाडकी रानी ओखलढुगां नक“ुदिएको सुन जस्तो
ओखलढुगांको डाडा“हरु इलामै जस्तो २०६४
Showing posts with label Subash Rai Poem. Show all posts
Showing posts with label Subash Rai Poem. Show all posts
Thursday, February 26, 2015
कहा“ छ कविता
शब्दहरु मोलुङ खोलातिर बग्दैछ
पदरचनाहरु तलुवाको उकालोमा उक्लिदैछन्
वाक्यहरु त भरियाको पसिनामा पाइन्छ
शव्दहरु त रामपुरको खेतको आलीमा छ
शव्द त सुनकोशीका छालमा छ
वाक्य त पोकली झरनामा रहेछ
ओखलढुगांको शव्द त पैदल यात्राको घाऊमा छ
कविता त दुःखीको आ“शुमा झर्छ
कविता म स“ग छैन
कवितालाई मैले भेटेको पनि छैन
चिनेको पनि छैन किनेको पनि छैन
सा“च्चि मैले ढा“टेको होयन १
२०६४र४र२ ओखलढुगां
Labels:
Subash Rai Poem,
कबिता
तिम्रो लागि
माया विना म बा“च्न सक्दिन
कति लाग्छ माया भन्न सक्दिन
दोवाटोमा पर्खि बस्छु मुटु छोपेर
मेरो आ“खैमा आई आफै हेर
तिम्रो अदृश्यमा रात रुन्छ
संझनाले मेरो निन्द्रा खान्छ
सपनीमा त साथैमा आ“उछौं
बिहान नजिकैमा लाज मान्छौं
नजिक हु“दा परेलीले बोलाउ“छौं
एकान्तमा तिम्रँे यादले पोल्छ
यो गीतले मनको कथा बोल्छ
किन होला तिम्रो मात्रै माया लाग्छ
हजारमा अहिले त तिम्रै भर लाग्छ
जून तारा देखे पनि तिम्रै याद आउ“छ
वगैंच झंरना देख्दा तिम्रै माया लाग्छ
माया मीठो बात मीठो मेरी मायालुको
शितल सुन्दर जीवन मायालुको
अमूल्य माया अमूल्य जीवन प्रितीको
मोती होइन ठूलो माया संसारको
नियम यो प्राणीहरु लाउ“छन् प्रित
माया लाउने संसारको नै रीत
मेरो माया तिमीलाई नदिई कहा“ राखु“ ?
हाम्रो माया बा“चिञ्जेल बा“डी राखु“
आरु फूल्दा तिम्रो माया संभmन्छु
नहु“दा तिमी आधा रातमा झस्कन्छु
बाडुली लाग्छ एक्लै बस्दा मलाई
नरुवाउ है माया टाढा बसी मलाई
नरुवाउ माया झुक्काएर मलाई
विश्वास छ सर्मपण छ मायालाई
बचाउनु छ यो हाम्रो अमूल्य प्रितीलाई
सर्मपण गर्छु यो जीवन तिम्रो लागि
यी अमर शव्दहरु पनि तिम्रो लागि ।
२०६४ र १२ इलाम
Labels:
Subash Rai Poem,
कबिता
गर्गा
गगन छुने हिमालयवाट
हिउ“ पग्लेर
कतै झर्ना बन्दै
छताछुल्ल
नाच्दै र गाउ“दै
बग्छिन् गंगा – यमुना ।
उषामा
निर्मल जलका थोपाहरु
मेरा कपालका राशीहरुमा
आत्मा आत्तिदै नदीका प्रवाहमा
आनन्द गंगा स्नानमा
अञ्जुलीमा जल
पवित्र
तन मन आत्मा पखालिएपछि
मोक्ष १
२०६४ बैशाख ,१ हरिद्धार
Labels:
Subash Rai Poem,
कबिता
विसंगति
सन्तान नै अभिशाप हुन्छ माकुराको
मान्छे मान्छेकै शत्रु गर्छ लडाई झैं कुकुर विरालाको
बिरालाका बच्चा खान्छ आङ्खनै ढाडेले
हात्ती रुन्छ जावो लामखुट्टेको टोकाईले
बा“दरले आङ्खनो घर बनाउ“दैन अर्काको पनि भत्काउ“छ
चरी लाटकोशेरोले अर्काको फूल खाई आङ्खनौ सन्तान दिन्छ
२०६३ साल
Labels:
Subash Rai Poem,
कबिता
कलिको मान्छे
रणभूमिमा
बम बारुद बोक्छ मान्छे
मन्दिरमा भेटिन्छ नास्तिक मान्छे
सभामा
भmुटो प्रचार गर्छ मान्छे
सडकमा
ठगि गर्छ त्यो मान्छे
भलाद्मी भन्ने पनि
बद्नाम गर्ने मान्छे
कलिको
कति अंहकारी मान्छे
झिंगा सरि फोहोरी मान्छे
आंतक रुचाउने मान्छे
अनिश्चित व्यभिचरी मान्छे
रुखो जीवन जिउ“छ मान्छे
विश्वासी मै हु“ भन्छ मान्छे
हतियार भन्दा घातक मान्छे
कहा“ जाउ“m रु
यहा“ त मान्छे नै त्यो मान्छे १११
२०६३
Labels:
Subash Rai Poem,
कबिता
वर पिपल
के दिएन वर पिपलले
वनकी चरीलाई फल
गोठालेलाई शितल
बटुवालाई छहारी
भरियालाई चौतारी
बर्षौ बित्यो
बसन्तको पालुवा
पूmल पूmल्यो फल पाक्यो
पुराना पात झ¥यो
के दिएन बर पिपलले
बीउ उम्रियो
विरुवा हुर्कियो
असिना बर्षा घाम सह्यो
स्वागतमा उभिरह्यो
चौतारीमा माया–प्रिती लाइरह्यो
सय बर्ष पछि
पात झ¥यो हाँगा झ¥यो
नांगिदै गयो
अब वर पिपलले चौतारी
नपर्खने भयो !
२०६३ मंसीर
Labels:
Subash Rai Poem,
कबिता
तिमीले मेरो निम्ति
आपूmलाई मैले भाग्यमानी ठानेको छु
तिमीले मेरो निम्ति मोती जन्माइ दिँदा
त्यति मै जीवन सफल र सन्तोष मानेको छु
तिमीले मलाई काखभरीको सृष्टि राखिदिँदा ।
आपूmलाई मैले भाग्यमानी ठानेको छु
बाबु जस्तै छोरी ओठ खोलेर हाँस्दा
यहि मैले पूर्खाको वरदान पाएछु
फेरि कान्छी छोरी तिम्रो काखमा पाउँदा
साधुवाद १ दुई मोती उपहार तिमीले मेरो निम्ति दिंदा ।
२०६३
Labels:
Subash Rai Poem,
कबिता
जनआन्दोलन जुलुश
साङ्गले जुलुश
नाङ्गलो जुलुश
कुच्चो जुलुश
थाल–भाँडा बजाउने जुलुश
सुँगुर–जुलुश
जुत्ता चप्पलको माला जुलुश
गाई–गोरु जुलुश
गधा–राँगा जुलुश
कुकुर जुलुश
अर्ध नाङ्गो जुलुश
झाक्री जुलुश
ज्योतिष हेर्ने जुलुश
शंख जुलुश
पुत्ला जलाउने जुलुश
सिटी बजाउने जुलुश
रातको राँके जुलुश
टायर बाल्ने जुलुश
व्यङ्ग्य कविता जुलुस
दोहोरी गीत जुलुश
युवा जुलुश
नारी जुलुश
लोकतन्त्र जिन्दावाद !!!
२०६३÷०१
Labels:
Subash Rai Poem,
कबिता
Monday, February 23, 2015
डढेलो
जेठको खडेरी हो यो
देश रोयो माटो रोयो
बिहानै वायूमा बारुद गनायो
कुन्नि कताबाट डढेलो आयो
पूmलफलका वृक्ष सुक्यो
सिर्जनाको श्रोत सुक्यो
डाँडा कन्दरा सुख्खा भयो
कुन्नि कताबाट डढेलो आयो
कसरी बच्ने, कसलाई बचाउने हो ?
सम्यतामा डढेलो लाउने को हो ?
अज्ञानतामा नै हिजो राती डढेलो गो
मानवताको चिनारी कलिले देखाउने भो ।
२०६३
देश रोयो माटो रोयो
बिहानै वायूमा बारुद गनायो
कुन्नि कताबाट डढेलो आयो
पूmलफलका वृक्ष सुक्यो
सिर्जनाको श्रोत सुक्यो
डाँडा कन्दरा सुख्खा भयो
कुन्नि कताबाट डढेलो आयो
कसरी बच्ने, कसलाई बचाउने हो ?
सम्यतामा डढेलो लाउने को हो ?
अज्ञानतामा नै हिजो राती डढेलो गो
मानवताको चिनारी कलिले देखाउने भो ।
२०६३
Labels:
Subash Rai Poem,
कबिता
प्रिती
माया भए
भेटन आउनु ,
गोप्य भए
आँखा झिम्काउनु ,
घुम्ने भए ,
समय मिलाउनु ,
विश्वास भए
पूmल दिनु ,
प्रिती लगाई
सधैं बाँच्नु ।
Labels:
Subash Rai Poem,
कबिता
हामी त खोइ कस्तो मान्छे ?
अर्काले दुःख पाउँदा आपूm हा“स्ने मान्छे
अर्काले श्रम गरी धन कमाउँदा डाह गर्ने मान्छे
अर्काको कुरा बोकी हिड्ने सुन्ने–डुल्ने मान्छे
आफ्नो खानु छैन अर्काको चासो गर्ने मान्छे
हामी त खै कस्तो मान्छे ?
आफ्नो माना खानु छ अर्काको काखी च्याप्ने मान्छे
आफ्नो स्वास्नी हुँदा हुँदै अर्काको राम्रो देख्ने मान्छे
आफ्नो नदेख्ने अरुको मात्रै राम्रो धन देख्ने मान्छे
घरको साँढे बाहिरको बिरालो बन्ने मान्छे
हामी त खै कस्तो मान्छे ?
आफ्नो घर नबनाउने अर्काको पनि भत्काउने मान्छे
आफ्नो चलाउन नजान्ने अर्काको खर्च गर्ने मान्छे
अर्काको लाभमा चोर बन्ने मान्छे
अर्काको प्रगतिमा बाधा हाल्ने मान्छे
हामी त खै कस्तो मान्छे ?
२०६३
Labels:
Subash Rai Poem,
कबिता
तिमीले भने जस्तो म छैन
मलाई कसैले खाना खुवाउनु परेको छैन
मलाई कसैले अह्राएकमो पनि छैन
मलाई चिन्ता छैन दुःख पनि छैन
म मोटाएको पनि छैन
म दुब्लो छु रे !
म खान नपाएको छु रे !
म जे छु ठीकै छु
म तिम्रो लागि कच्चा छु
तिमीले भने जस्तो म छैन
अर्काको मैले इष्र्या गर्ने पनि होइन
अर्काको खोसेर खाने पनि होइन
कसैको धम्कीबाट डराउने पनि होइन
म निहुँ खोज्दै हिड्ने पनि होइन
उसले भन्थे म दुब्लो छु रे
म मुटु विनाको छु रे
म जे छु ठिकै छु
तिम्रो कुरा ठीकै हो म सुन्दै छु
अरुले मलाई मोटो होस् भन्ने चाहन्छन्
अरुले म जड्याँहा होस् भन्ने चाहन्छन्
कसैले चाहे जस्तो म हुन सक्दिन
किनकी म भ्रष्टले हिडाएको बाटोमा हिड्दिन
२०६३÷०२÷३१
Labels:
Subash Rai Poem,
कबिता
आशाको दीयो
भवँरा भई वगैंचामा घुम्दा
पूmलमा हाम्रो भेट भयो
तिम्रो नयनभित्र म खेल्दा
मनभित्र कत्रो भूकम्प गयो ।
जीवनभरि तिमीलाई पाउँदा
सुखको बहार आयो
प्रेम डाँडा दार्जिलिङ्गमा पुग्दा
स्वर्गको आभास भयो ।
पिर लाग्थ्यो कन्या हुँदा
तिम्रो खुशी मेरो गीत भयो
तिमीलाई सदा आफ्नै साथ पाउँदा
बगरमा पनि खुशीको बहार आयो
फेरि तिमीले चोरी चोरी हेर्दा
मुटुभित्र सुटुक्कै गोली लाग्यो
आफ्नै हो भनि नजिक आउँदा
सर्माएर मुस्काउँदै यता हे¥यो
तिमी आँखाको इशाराले बोल्दा
विश्वास र आशाको दियो सल्कियो
तिमी र म सँगसँगै हिड्दा
इष्र्यालुको आँखा जल्यो ।
२०६२ चैत्र १
Labels:
Subash Rai Poem,
कबिता
सदा अभाव
म खेल्छु मनमा
ससुराली घरमा
ऊ परी शोकमा
पापाको अभावमा
विछोडको घडीमा
मरेर बाँच्नु पर्ने जिन्दगीमा
दर्द भो साउनमा ।
जिउँदै वास्ता भएन
गुमेपछि खोज्दा पाइएन
रंगबुल चौतारा स्मृतिम
पितृ आत्मा पुज्दा श्राद्धमा
२०६२ साउन
Labels:
Subash Rai Poem,
कबिता
स्रष्टा
तिम्रो प्रतिभाको सम्मानमा
तिमी हिड्ने बाटोमा पूmलहरु ओच्छ्याएको छु
तिमी आउने प्रतिक्षामा नयनहरु डुलाएको छु
मोति टिप्न सागरमा जून–तारा खसाएको छु
अँध्यारोलाई चिर्न आज दीप भेट्टाएको छु
सिर्जनाको लागि कलम उपहार दिएको छु
तिम्रो सरस सुन्दर सिर्जनालाई स्वीकारेको छु
तिम्रो कल्पना, भावना, चिन्तनलाई स्वागत गर्छु
तिमी कतै अल्पे पनि ।
तिम्रो पाईलाहरु युग–युग नमेटियोस्
अब तिम्रो सुनाम, सुकृति अमर बनोस्
समाजले तिम्रै बाटो खोजिरहोस्
तिम्रो लागि चाँप पैयूँ पूmलेका छन्
तिमीलाई भेट्न रहरहरु पलाएका छन्
सुन्दर, सत्य, कोमल हृदय लिएर
स्वतन्त्र शुशिल चेहरा लिएर,
अंजुलीभरि सयपत्रीको गुच्छा लिएर
तिम्रो स्वागतमा उभिएको छु–
प्रकृतिको छटाले सजिएको पावनभूमिमा
तिम्रो सिर्जनाको स्वागतमा
स्रष्टाको गौरवमय सम्मानमा ।
Labels:
Subash Rai Poem,
कबिता
देवीदेवता विक्रीमा
ईश्वरले प्राणी बनाउँ छ की ?
मान्छेले देवी देवता बनाउँछ ?
आजकल कलाकारले ईश्वर बनाउँछ
ईश्वरले त खै के बनाउँछ ...?
मान्छेले मन्दिर मुत्र्ति बनाउ“छ
व्यापारीले सरस्वतीको चित्र वेच्छ
सरस्वतीको चित्र पाँच रुपैयाँ
सरस्वतीको मूर्ति पाँच सय रुपैयाँ
विक्रीमा छन् सबै देवी देवता
सृष्टिकर्ताको जोड घटाउ छ बजारमा भने
कहाँ अस्तायो विश्वास आस्था
Labels:
Subash Rai Poem,
कबिता
म देशको पीडा भित्र
खोइ मेरो छोरो कहा“ गयो ?
पापी आई उसलाई भगाई लग्यो
जबरजस्ती तानेर राती वनतिर लैजादा“
गुहार पाइन नी घरैमा छिमेकी हुदा“
उसको बुबा पोहर साल अरवमा वित्यो
अहिले मलाई एक्लै छोडी छोरा बेप्ता पा¥यो
दिनहु“ पर्खिन्छु सुन्छु रेडियो खवर
पुछनु प¥यो मेरो भाग्यको सिन्दुर
चिरिन्छ मुटु छिया छिया म छु विव्हल
संझी बस्छु उसको देहलाई हर पल
अन्याय त मलाई मात्र भो है दैव
अरु त हा“सी खुशी नै छन् सदैव
दिनमा न रातमा निन्द्रा छैन खानु छैन
उसलाई अब मैले संसारमा कतै पाउने होइन
भाग्य पनि कति क्रुर मलाई जिउ“दै मारेर
के पाउ“छौं अत्याचारीहरु दाजु भाई मारेर
मैले एक्लै बा“च्नु के अर्थ छ र ?
बुभ्mने होइन हिस्रंकहरुले मानव अधिकार
संसार खायो कलिले नाश गाउ“mघर चिन्ता र त्राश
पा¥यो नि पापीले मलाई एक्लो जिउ“दो लाश १
२०६२ साल असार १
Labels:
Subash Rai Poem,
कबिता
बाह्र बज्यो
रातको हुरीले
छाना नै उडायो
यसपालीको हिउँदले
घाउ नै पलायो
औंसीको रातले
आँशु नै बगायो
चुहेको भाँडाले
आशा नै हरायो ।
घण्टा घरको घडीले
देशको बाह्र बजायो ।
२०६२–७–२४ घर
Labels:
Subash Rai Poem,
कबिता
गाउँ शहरको सिमाना
गाउँ पस्दा,
साथी संगी साथैमा
स्वतन्त्र मन चाहना
स्वतन्त्र हाँस्यो खेल्यो
उत्साह र उमंगको मूल
वर्षापछिको क्षण झैं
वसन्त बहार
सुख शान्ति विश्वास ।
शहर पस्दा,
पेट पोल्यो
सिस्नोले चिल्यो
हात मुख चलेन
जहाँ जाँदा पनि पेट सँगै
पेट खुम्चियो
अशान्ति, भोक, निन्द्रा ...
साथीले धोका
जीवन चलेन
विचलन ।
२०६१
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Posts (Atom)