Monday, March 30, 2015

जीवनका पातहरु



अबोध र अचेत समय
हुर्कदा जन्मभुमि र आमाको प्रणय
निःस्वार्थ आत्मा सद्वाणी निर्धक्क जीवन
खोज्छन् सहरा निर्दोष यि नयन

नसामा रक्त वह“दा बल बैंश
हा“नै हुन्छ नाम यशसो खुशी आ
हाय १ तिम्रो जिन्दगी छ फूल झैं
सारा धर्ती तिम्रै फुटेको मुल झैं

ु आइया , मरे नी आमा ु भन्दै
लठ्ठी र सन्तानको सहारा लिदै
जिउ“छ ऊ सन्तानवाट अपहेलित हु“दै
जीवन जान्छ नदी झैं स्वर्ग र मृत्युलाई पुज्दै ।
              २०६३ , इशारा पत्रिका

हाइकू



प्रिय मनिता
सानुलाई विस्र्यौ कि ?
खोई कुन्नि त !
       २०६२–१२–०१

सावधान



अब अचम्मको दिन आउँदैछ
डरलाग्दो क्षण अघि बढ्दैछ
मैले ज्ञान पाएँ कानले सुने
बाँच्ने र बचाउने भाव नहुने
भयावह आवाज शुरु हुँदैछ
अस्त्रको प्रताप फैलिदैैछ
अकल्पनीय दृष्य देखिएला
लज्जीत जीवन भोगिएला
विनासले सृष्टिलाई चिर्ला !

कर्तव्य


आपूmले नकमाएको धन नचोर्नु
आपूmलाई चाहिएको समय चोर्नु
अर्कालाई धोका नदिनु
जीवनमा विद्या–ज्ञान चोर्नु ।

रच्नु सके रचना रच्नु
पढ्नु सके साहित्य पढ्नु
रंगाउन सके चित्र रंगाउनु
गाउन सके गीत गाउनु ।

जीवन


दुःख भए अरुलाई सुनाउनु
सुख भए सबैलाई सुनाउनु ।

भाई मिले बल पाइन्छ
काँध मिले ढुंगा बोकन्छ ।

सन्देश


कल्पनाको मनको कुरा लेखेर राख्नु
जीवनको कथालाई भन्दै गर्नु
इतिहास लेखी भावीलाई साँच्नु
ज्ञान बाँडी जीवनभर हाँस्नु

मुक्तक


थकाई मान्छौ भने ज्ञान भर्न सकिन्न
चाख राख्छौ भने पढेर जीवनभर सकिन्न

मलाई त आएन बुझिन नभन
खोजी गर ज्ञान अरुलाई बताउ न

मान्छेले मान्छेलाई नै गिज्याउँछ
प्रशंसा गर्नेले टिप्पणी पनि गर्छ

आपूm मौन भए मान्छेले नै लुच्छ
दाह्रा किटे आँखा च्यातेर हेरे पर सर्छ

राईभाई पढ्न लेख्न छ गाह्रो
रुखो बारीमा बीउ उम्रन साह्रो

 
 
Blogger Templates